लकडाउन नियमलाई लिएर भिक्टोरियाली प्रिमियर र संघीय सरकार बीच बहस

A group of men are seen lined up outside a barbershop as they wait to get their haircut on 19 October, 2020 in Melbourne.

A group of men are seen lined up outside a barbershop as they wait to get their haircut on 19 October, 2020 in Melbourne. Source: Getty

मेलबर्नवासीहरु अब देखि आफ्नो घर बाट २५ किलोमिटर टाढा सम्म जान पाउनुका साथै उनिहरुले आफ्नो घर बाहिर बिताउन पाउने समयसीमा पनि अन्त्य भएको छ र कपाल काट्ने सलूनहरु पनि खुलेका छन्।


भिक्टोरियामा कोरोनाभाइरसका कारण थप दुई जनाको मृत्यु र सङ्क्रमणका चार नयाँ केसहरुको पुष्टि भएको अधिकारीहरुले बताएका छन्। गत चौबीस घण्टा भित्रको उक्त नतिजाका साथ् राज्यमा कोरोनाभाइरस अन्तर्गतको मृत्यु दर ८१७ पुगेको छ भने राष्ट्रियस्तरमा उक्त संख्या ९०५ मा उक्लिएको छ।

यसका साथ् मेलबर्नमा १४ दिने औसत सङ्क्रमण दर ७.२ मा र ग्रामिण भिक्टोरियामा ०.५ मा झरेको छ।

गए राति देखि राज्यमा कोरोनाभाइरस अन्तर्गतका लकडाउन नियमहरु थप खुकुलो बनाइदा पछिल्लो सङ्क्रमण सङ्ख्या सार्वजनिक भएको हो।

हिजो भिक्टोरियाली प्रिमियर डानिएल एन्ड्रुजले गरेका घोषणाका अनुसार मानिसहरुले आफ्नो घर बाट ५ को सट्टा २५ किलोमिटर टाढा सम्म जान पाउने छन्। साथै आफ्नो घर बाहिर मानिसहरुले कति समय बिताउन पाउने समयसीमा अन्त्य हुनुका साथै काम, स्वास्थ्य उपचार र स्याहारका लागि चाहिं पच्चिस किलोमिटर को सीमा लागु हुनेछैन।

दुई घरका दस जना सम्म भवन बाहिर एकै स्थानमा भेला हुन पाउने, टेनिस कोर्ट, भवन बाहिर रहेका स्विमिङ्ग पूल, गल्फ र कपाल काट्ने सलोनहरु पनि भौतिक दुरीका नियमहरुका साथ् खुलेका छन्।

आफ्नो घरको मर्मतसंहार, लिलामी र सवारीसाधन सफाई गर्ने व्यवसायहरु पनि मध्यरात देखि खुलेका छन्।

नियम खुकुलो बनाउने आफ्नो घोषणाले सुरक्षालाई ध्यान दिनुका साथै कोरोनाभाइरसलाई नियन्त्रणमा ल्याउन भिक्टोरियावासीहरुले गर्नुपरेको त्याग र मेहनतलाई पनि खेर जान नदिने डानिएल एन्ड्रुजले हिजोको आफ्नो दैनिक पत्रकार सम्मेलनको क्रममा बताएका थिए।

प्रिमियरको उक्त कदमले लकडाउन नियमहरुलाई पूर्णरूपमा हटाइनु पर्ने विपक्षी समूहहरुका मागलाई चाहिं हालको लागि पन्छाएको छ।

तर उनले आगामी नभेम्बर १ को मध्यरात देखि खुद्रा बिक्रेता, व्यक्तिगत स्यायर र हस्पिट्यालिटी व्यवसायहरु पनि खुल्न पाउने छन्। जस अन्तर्गत भवन भित्र २० जना सम्म र बाहिर चाहिं ५० जना सम्मको संख्यामा ग्राहकहरुलाई ती व्यवसायहरुले बसाउन पाउने छन्।

साथै कोरोनाभाइरसको नयाँ सङ्क्रमण दर घट्दै गए आगामी आइतबार पनि प्रतिबन्धका थप नियमहरु खुकिलो बनाइन सकिने पनि भिक्टोरियाका प्रिमियर डानिएल एन्ड्रुजले बताएका छन्।

墨爾本進一步放寬限制,有待宣布。
Covid 19 restrictions, relaxed in Melbourne this Monday Source: AAP

एन्ड्रुज सरकारको संघीय सरकार द्वारा आलोचना

भिक्टोरियामा कोरोनाभाइरस प्रतिबन्धहरुलाई खुकुलो पार्न धेरै ढिलो गरेको आरोप लगाउदै संघीय ट्रेजरर जोश फ्राईडेनबर्गले प्रिमियर डानिएल एन्ड्रुजको पछिल्लो कदमको कडा आलोचना गरेका छन्।

गत केहि हप्ता देखि प्रधानमन्त्री स्कट मोरिसन देखि संघीय मन्त्रीमण्डलका अन्य सदस्यहरुको पनि आलोचनाको पात्रो बन्दै आएका एन्ड्रुज प्रति आफ्नो विचारलाई पनि फ्राईडेनबर्गले दोहर्याएका हुन्।

एन्ड्रुजले साना व्यवसायीहरुको समस्यालाई "कठोरतापुर्वक नजरअन्दाज" गरेको आरोप लगाउदै उनले बिना कुनै सोचविचारका साथ् नियमहरु बनाइरहेको संघीय ट्रेजररले आरोप लगाए।

"यस्तो अडानलाई माफ गर्न सकिन्न," फ्राईडेनबर्गले भने।

लकडाउनमा रहेको अवस्थामा भिक्टोरियामा प्रत्येक दिन १००० जनाले आफ्नो जागिर गुमाउने चेतावनी पनि उनले दिएका छन्।

Treasurer Josh Frydenberg addresses media on arrival ahead of Budget 2020 at Parliament House.
Treasurer Josh Frydenberg. Source: AAP

तर डानिएल एन्ड्रुजले चाहिं जोश फ्राईडेनबर्ग द्वारा उक्त विषयलाई राजनीतिकरण गरिएको आरोप लगाएका छन्।

आजको पत्रकार सम्मेलनको क्रममा बोल्दै एन्ड्रुजले भने, "उनले त्यस बाहेक अरु केहि गर्दैनन्, उनि नेता हैनन्, उनि खालि एक लिबरल हुन्।"

"भिक्टोरियालीहरु यस्ता गतिविधि बाट थाकिसकेका छन्। आफ्नो परिवारलाई सुरक्षित राख्नुपर्ने भिक्टोरियावासीहरुको चाहना रहेको छ," उनले भने।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दाअरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।

मेलबर्न महानगरीय क्षेत्रमा हाल चौथो चरणको प्रतिबन्ध लागू छ र त्यहाँका बासिन्दाहरूले प्रत्येक दिन बेलुकी ८ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कर्फ्यु आदेशको पालना गरेर घरबाट निस्कन हुँदैन।  

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now