भिजिट नेपाल २०२० स्थगित र कोभिड-१९ माथि निगरानी बढाउने निर्णय: गए ७ दिन नेपालमा

Visit Nepal 2020

Source: Bikram Rai

चीन सहितका तेश्रो देशबाट नेपाल भित्रने मानिसहरू बाहेक देशभित्रै देखा पर्नसक्ने शङ्कास्पद घटनाहरूबारे निगरानी बढाउने र नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै विदेशमा गरिने प्रचारप्रसारका सबै कार्यक्रम स्थगित। यी लगायतका गए ७ दिनका नेपालका प्रमुख समाचारहरु यहाँ सुन्नुहोस्।


कोभिड-१९ माथि निगरानी बढाउने निर्णय

कोरोनाभाइरसले विश्वव्यापी महामारीको रूप लिएसँगै चीन सहितका तेश्रो देशबाट नेपाल भित्रने मानिसहरू बाहेक देशभित्रै देखा पर्नसक्ने शङ्कास्पद घटनाहरूबारे निगरानी बढाउने निर्णय भएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

अधिकारीहरूले कोभिड१९ सङ्क्रमणसँग मिल्दा जुल्दा सङ्केतहरू मानिसहरूमा देखिए त्यसबारे अध्ययन अघि बढाउन जाँचहरू गर्ने भन्नेबारे यसै साता छलफल भएको जनाएका छन्।

त्यो छलफलमा कोरोना भाइरस सङ्क्रमणको पूर्वसावधानी र जनचेतना बढाउने विषयलाई प्राथमिकतामा राख्ने निर्णय भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रबहादुर श्रेष्ठले भने "देशभित्र कोही शंकास्पद बिरामी छ भने, चाहे त्यो जो कोही होस्, पहिले हामी चीनबाट आएका बिरामीलाई मात्रै टेस्ट गर्थ्यौं। अब स्याम्पलको रुपमा अरु टेस्टहरु पनि अध्ययन गर्ने भन्ने छलफल भाको छ। अनि अब इण्डिया, चीन सबै बोर्डरमा अलि कडाई गर्ने र जनचेतना जगाउने।"

कोरोनाभाइरसका सङ्क्रमित विरामीको उपचारका लागि चिकित्सक र स्वास्थ्यकर्मीलाई अत्यावश्यक पीपीई भनिने व्यक्तिगत सुरक्षा सुनिश्चित गर्ने पोशाक सहितको उपकरण पर्याप्त संख्यामा नरहेको अधिकारीहरू बताउँछन्।

कोभिड १९ को सङ्क्रमणलाई नजिकबाट नियालीरहेका विज्ञहरू कोरोनोको सङ्क्रमण रोक्न सक्ने स्तरको क्षमता कुनै एक देशसँग नहुने भन्दै जनचेतना र सामुदायिक प्रयासहरूलाई अघि बढाइनुपर्ने बताउँछन्।
New data from the Department of Home Affairs on who has been allowed to leave Australia, which countries they are going to, and why, has revealed some "concerning trends".
Passengers wearing face masks arrive at Tribhuwan International airport in Kathmandu, Nepal, Tuesday, Jan. 28, 2020.(AP Photo/Niranjan Shrestha) Source: AAP

भिजिट नेपाल २०२० स्थगित

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै विदेशमा गरिने प्रचारप्रसारका सबै कार्यक्रम स्थगित गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बताएका छन्।

कोभिड १९ नाम दिइएको कोरोना भाइरसले चीनलगायत विश्वका थुप्रै देशमा असर पारिरहेको भन्दै सरकारले विदेशमा हुने पर्यटन प्रचारप्रसार तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको उनले बताए।

त्यसको सट्टा आन्तरिक पर्यटन प्रवर्द्धन गरिने उनले बताए।

सरकारले सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरी २० लाख पर्यटक भित्र्याउने योजना सार्वजनिक गरेको थियो। तर गत वर्षको अन्त्यदेखि चीनमा देखा परेको कोरोना भाइरसको सङ्क्रमण नेपालमा भ्रमणका लागि आउने अन्य देशमा पनि देखापरेपछि त्यसको असर नेपालको पर्यटनमा पनि परेको छ।
Visit Nepal 2020
Source: Bikram Rai

प्रमको जन्मदिन सम्बन्धि कार्यक्रमको आलोचना

प्रधानमन्त्री के पी ओलीले आफ्नो ६९ औं जन्मदिन निकै तडकभडक साथ खर्चिलो र विवादित रुपमा मनाएको भन्दै नेकपाकै कतिपय नेता लगायत प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाएका छन्।

जन्मदिनका दिन हेलिकोप्टरमा विवादित कम्पनी यति होल्डिङ्ग्सले नेपालको नक्सा भएको केक प्रधानमन्त्री ओलीको जन्मघर पुर्याइदिएको भनेर सामाजिक सञ्जालमा पनि चर्को आलोचना भएको थियो।

उक्त जन्मोत्सव कार्यक्रममा तेह्रथुम आठराइ गाउँपालिकाका दुई सय वृद्ध महिलालाई पच्छ्यौरी र सारी, दुई सय वृद्ध पुरुषलाई भादगाउँले टोपी र ज्याकेट अनि दुई हजार विद्यर्थीलाई प्रधानमन्त्रीको तस्बिर छापिएको नोटकपी बाँडिएको थियो।

बिहीवार काठमाडौंमा भएको नेकपा वाग्मती प्रदेशस्तरीय प्रशिक्षण उद्घाटन कार्यक्रममा नेकपा नेतृ अष्टलक्ष्मी शाक्यले भनिन्, "केक काटेर जन्मदिन मनाउने चलन हाम्रो संस्कृति होइन। होइन कमरेड यो। नेपालको नक्शा बनाएर आमालाई चिरा चिरा पार्ने काम कहाँबाट आयो? नेपाल भनेको आमा हो। जन्मदिनमा बत्ती ननिभाइदिनु होला। बत्ती बाल्दिनुहोला। मैले यति मात्रै भन्न चाहें।"

त्यो कार्यक्रममा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड पनि सहभागी थिए। सत्तापक्षका नेताबाहेक पनि विभिन्न दलका नेताहरूले त्यसको आलोचना गरेका छन्।
PM KP Sharma Oli cutting cake for his birthday celebrations.
PM KP Sharma Oli cutting cake for his birthday celebrations. Source: Facebook

टी २० मा नेपाल मलेशियासंग पराजित

एशिया इस्टर्न रीजन ट्वेन्टी२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा मलेशियाले नेपाललाई २२ रनले पराजित गरेको छ। जित्नको लागि १५५ रनको लक्ष्य पाएको नेपालले १९.५ ओभरमा सबै विकेट गुमाइ १३२ रन मात्रै बनाउन सक्यो।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीले समान ३८ रन र पवन सर्राफले १९ रन बनाए। अन्य ब्याट्सम्यानहरूले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

मलेशियाका लागि सबैभन्दा सफल बलर सर्भिन मुनियान्डी रहे जसले १३ रन खर्चेर ४ विकेट लिए।

यसअघि थाइल्यान्डमा भइरहेको खेलमा मलेशियाले नेपालविरुद्ध २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो।

नेपालका लागि स्पीनर सन्दीप लामिछानेले तीन, अविनाश बोहराले दुई र करण केसीले एक विकेट लिए। नेपालले अब आइतवार हङ्कङसँग खेल्नेछ।
Nepal lost against Malaysia in the T20 game held on 29 Feb 2020
Nepal lost against Malaysia in the T20 game held on 29 Feb 2020 Source: Cricket Association of Nepal

गोकुल बास्कोटा द्वारा मुद्दा दर्ता

गत साता एउटा विवादास्पद अडिओ सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आफूमाथि नियोजित रुपमा झुठो लाञ्छना लगाइ गाली बेइज्जती गरेको भन्दै स्वीस कम्पनीको एजेन्ट दाबी गर्ने विजयप्रकाश मिश्रविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेका छन्।

बाँस्कोटाका तर्फबाटराजेन्द्र बोगटीले मुद्दा दर्ता गरेका हुन्।

विभिन्न प्रसङ्गमा आफूले बोलेको विषयलाई आधुनिक प्रविधिको दुरुपयोग गरी बदनाम गराउने उद्देश्यले चरित्रहत्या गरेको मुद्दामा उल्लेख छ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा घुस लिने विषयमा मोलमोलाइ गरेको सम्बन्धी अडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालदेखि सदनसम्म बाँस्कोटाले राजीनामा दिनुपर्ने माग भइरहँदा उनले सोही दिन राजीनामा दिएका थिए।

तर प्रतिपक्षी दल काङ्ग्रेसलगायत अन्य पार्टीले भने केवल राजीनामाको भरमा बाँस्कोटाले उन्मुक्ति पाउन नहुने भन्दै उनीमाथि छानबिन गरिनुपर्ने माग गर्दै आएका छन्।
Gokul Baskota was forced to resign as minister after leaked audio alleged corruption
Gokul Baskota was forced to resign as minister after leaked audio alleged corruption Source: Facebook

राष्ट्रिय गौरवका आयोजनाको काम तीब्र रुपमा "अघि बढ्दै"

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले राष्ट्रिय गौरवका आयोजनाको पूर्वाधार निर्माणको काम तीब्र रुपमा अघि बढिरहेको बताएका छन्।

सरकारले राष्ट्रिय गौरवका आयोजनाहरू मध्यपहाडी राजमार्ग, हुलाकी सडक, उत्तरदक्षिण राजमार्ग, गल्छी–रसुवागढी सडक, मदन भण्डारी राजमार्ग, कालिगण्डकी करिडोरलगायत आयोजनाको पूर्वाधार निर्माणमा विशेष चासोका साथ काम गरिरहेको उनले बताएका हुन्।

सात महिनामा सडक विभागअन्तर्गत सञ्चालित आयोजनामा २४.१३ प्रतिशत पूँजीगत खर्च गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सङ्गठन सुधार र नीतिगत व्यवस्थापनलाई चुस्त पार्दै सञ्चालित आयोजनाको भौतिक प्रगतिलाई परिणाममुखी बनाउन लागेको बताएको हो।

समृद्धिको आधार नै पूर्वाधार भएको उल्लेख गर्दै मन्त्री नेम्वाङले आवश्यकता अनुसार कर्मचारी नहुँदा केही समस्या रहेको बताए।

सङ्घीयता कार्यान्वयनसँगै केही सडक प्रदेश र स्थानीय सरकारको क्षेत्रमा परे पनि ८० मार्गको १५ हजार किलोमिटर सडक क्षेत्र हेर्ने जिम्मेवारी संघीय मन्त्रालयको छ।


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand
भिजिट नेपाल २०२० स्थगित र कोभिड-१९ माथि निगरानी बढाउने निर्णय: गए ७ दिन नेपालमा | SBS Nepali