Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

नेपालमा गोपनीयताको हक सम्बन्धी छुट्टै कानुन

Nakul Aryal

नयाँ मुलुकी ऐन कार्यान्वयनमा आउनु पूर्व नै यसमा समावेश गरिएका केही बिषयहरुमा संसोधन हुनु पर्ने धारणाहरु आइरहेका छन्। गत बर्ष असोजमा पारित भएको मुलुकी ऐनमा रहेका केही व्यवस्थाबारे पत्रकार, चिकित्सक र प्रहरीबाट असन्तुष्टिहरु व्यक्त भए।   कसैको मन्जुरी बिना तस्वीर खिचेमा वा निजको तस्वीरमा फेरबदल गरेर अरुसंगको तस्वीरमा मिलाई अर्को तस्वीर बनाएमा एकवर्ष वा दश हजार रुपैयाँ जरिवाना लाग्ने वा दुवै सजाय हुनसक्ने भनिएको छ । पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्यले सामाजिक संजाल फेसबुक मार्फत मुलुकी संहितामा धेरै बिषयहरु सकारात्मक भए पनि केही प्रावधानहरु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित पार्नसक्ने किसिमको भएको बताएका छन्। पत्रकार महासंघका केन्द्रिय सदस्य नकुल अर्यालले एसबीएस नेपालीसंगको कुराकानीका क्रममा संहिताको दफा २१ देखि दफा ३०६ भित्र समावेश विभिन्न प्रावधानहरु स्वतन्त्र प्रेस विरोधी हुनसक्ने तर्फ महासंघले सरोकारवालाहरुको ध्यानाकर्षण गराइसकेको जनाएका छन्। गोपनियताको हकको नाममा खोजि पत्रकारिता गर्ने देखि फोटो पत्रकारहरु र कार्टुन सामाग्रीहरु सम्मलाई यो ऐनले संकुचित पारेको अर्यालको भनाइ रहेको छ। "ती प्रावधानहरु सामान्य दैनिकीको हिसाबले सहि देखिएता पनि पत्रकारिताको हकमा आपत्तिजनक छ", भन्छन् पत्रकार अर्याल। उनले अहिले महासंघ र सरोकारवाला पक्ष संसोधनका लागि छलफलमा रहेको भएपनि यदि संसोधनको सम्भावना नदेखिए महासंघले आन्दोलन गर्ने बताए।

Published

Updated

By SBS Nepali

Source: SBS

Share this with family and friends

अर्यालसँगको हाम्रो कुराकानी सुन्न माथिको प्लेयरमा प्ले बटन थिच्नुहोस्

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now