SKIP TO MAIN CONTENT

पोखरा विमान दुर्घटना: “एउटा ऊर्जावान् र व्यावसायिक मित्र गुमाएका छौँ”

MicrosoftTeams-image (23).png
मनऋषि धितालसँग स्वर्गीय पत्रकार त्रिभुवन पौडेल(दाँया)

गत आइतबार पोखरामा भएको यति एयरको विमान दुर्घटनामा नेपालका एक जना सक्रिय पत्रकार त्रिभुवन पौडेलको पनि ज्यान गएको छ। उनी पछिल्लो पटक अस्ट्रेलिया आउँदा टास्मेनिया घुम्न गएको स्मरण गदै पत्रकार धितालले क्षमतावान् पत्रकार गुमाउँदा निकै पिडा भएको एसबीएस नेपालीलाई बताएका छन्।


Published

Updated

By Sunita Pokharel

Presented by Krishna Pokhrel

Source: SBS


Skip to podcast episode content

गत आइतबार पोखरामा भएको यति एयरको विमान दुर्घटनामा नेपालका एक जना सक्रिय पत्रकार त्रिभुवन पौडेलको पनि ज्यान गएको छ। उनी पछिल्लो पटक अस्ट्रेलिया आउँदा टास्मेनिया घुम्न गएको स्मरण गदै पत्रकार धितालले क्षमतावान् पत्रकार गुमाउँदा निकै पिडा भएको एसबीएस नेपालीलाई बताएका छन्।


६८ यात्रु सहित चार जना चालक दलका सदस्य सवार रहेको विमान पोखरा विमानस्थल भन्दा करिब २ किलोमिटर पर सेती नदिका खोचमा दुर्घटनामा परेको थियो।

स्थानीय समय अनुसार आइतबार बिहान १०:३२ बजे काठमाडौँबाट पोखरा उडेको यती एयरको एआरटी ७२ विमान पोखरा महानगरपालिका १५ नयाँ गाउँस्थित सेती नदीको खोचमा दुर्घटना भएको हाे।

उक्त दुर्घटनामा नेपालका एकजना सक्रिय पत्रकार त्रिभुवन पौडेलको पनि ज्यान गएको छ।

निकै लामो समय अस्ट्रेलिया बसेर फर्किएका पत्रकार मनऋषि धितालले त्रिभुवन पौडेलसँग आफ्नो व्यक्तिगत र व्यवसायीक सम्बन्ध रहेको बताएका छन्।

सन् २००१ देखिनै त्रिुभवनसँग समाप्यता भएका धितालले उनलाई व्यवसायीक र ऊर्जावान् पत्रकार भएको बताए।

“उहासँग मेरो सन् २००१ यतादेखि चिनजान थियो, हामीले सँगै काम पनि गर्‍यौ, टेलिभिजन, रेडियो र छापा पत्रकारिता पनि उहाँको प्रतिभा थियो,” धितालले एसबीएस नेपालीसँग भने।

“नेपाली पत्रकारिता क्षेत्रले एउटा ठुलो नोक्सानी बेहोरेको छ, एक जना युवा पत्रकार साथीको निधनबाट।”

कुराकानी सुन्नुहोस्:

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ 

थिच्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now