Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्थायी भिसाधारीलाई निःशुल्क सेवा दिँदै एक चिकित्सक

Dr. Syed Zia Hussain, Western Sydney
Dr. Syed Zia Hussain in Western Sydney provides free medical treatment to TR holders struggling financially. Source: SBS

पश्चिमी सिड्नीमा रहेको आफ्नो क्लिनिकबाट एक डाक्टरले अस्थायी भिसाधारीलाई निःशुल्क स्वास्थ्य जाँचको सेवा दिइरहेका छन् ।


Published

Updated

By Jen Scherer

Presented by Krishna Pokhrel

Source: SBS




Share this with family and friends


पश्चिमी सिड्नीमा रहेको आफ्नो क्लिनिकबाट एक डाक्टरले अस्थायी भिसाधारीलाई निःशुल्क स्वास्थ्य जाँचको सेवा दिइरहेका छन् ।


डाक्टर सियद जिया हुसैनको कार्यालय व्यस्त देखिन्छ ।

उनी आर्थिक रूपमा समस्यामा परेकाहरूलाई निःशुल्क स्वास्थ्य जाँचको सेवा दिइरहेका छन् ।

र महामारीको सुरुवात भए सँगै उनी कहाँ सेवा लिन आउने मानिसहरूको सङ्ख्या पनि बढिरहेको छ ।

परमजित कौर गत वर्ष आफ्नो परिवारलाई भेट्न पर्यटक भिसामा अस्ट्रेलिया आएकी हुन् तर कोरोनाका कारण अन्तर्राष्ट्रिय सीमाहरू बन्द हुँदा उनी आफ्नो देश भारत फर्कन सकिनन् ।

Paramjit Kaur with her nephew Gaganjot Singh at home in Western Sydney.
پارامجیت کاور (راست) و خواهر/برادرزاده‌اش گاگانجوت سینگ Source: SBS News

रक्तचाप र आर्थराईटीसको बिरामी भएकाले उनले नियमित स्वास्थ्य जाँच गराउनु जरुरी थियो तर मेडीकेयर नभएका कारण स्वास्थ्य जाँच महँगो पर्न जान्थ्यो ।

तर डक्टर जिया कहाँ परिवारले ल्याइदिएपछि भने उनको समस्या केही हल्का भएको छ ।

“डाक्टर जिया आफ्नै परिवारको सदस्य जस्तै व्यवहार गर्छन्,समस्याहरू राख्न सजिलो हुन्छ ।” उनी भन्छिन् ।

तर डाक्टर जियाको परोपकारको यो काम नौले भने होइन पाकिस्तानमा रहँदा उनी कहाँ आउने ४० प्रतिशत बिरामीको उनी सितैमा उपचार गर्दिन्थे ।

यो भावना अस्ट्रेलियामा आफ्नो कामका दौरान पनि उनले प्रस्तुत गरेका छन् ।

Aisha Bah is a receptionist at iFamily Medical Centre.
عایشه باه مسئول پذیرش درمانگاه آی‌فامیلی است. Source: SBS News

उनको क्लिनिकमा कार्यरत मेडिकल रिसेप्सनिस्ट आयसा बाह भन्छिन् की महामारी पछि पश्चिमी सिड्नीका समुदायमा स्वास्थ्य र वित्तीय चिन्ताको भावनाले तीव्रता पायो ।

समस्यामा परेका समुदायका सदस्य माझ डाक्टर जिया सान्त्वना बनेर आएको उनी बताउँछिन् ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now