अस्थायी भिसाधारीलाई निःशुल्क सेवा दिँदै एक चिकित्सक

Dr. Syed Zia Hussain, Western Sydney

Dr. Syed Zia Hussain in Western Sydney provides free medical treatment to TR holders struggling financially. Source: SBS

पश्चिमी सिड्नीमा रहेको आफ्नो क्लिनिकबाट एक डाक्टरले अस्थायी भिसाधारीलाई निःशुल्क स्वास्थ्य जाँचको सेवा दिइरहेका छन् ।


डाक्टर सियद जिया हुसैनको कार्यालय व्यस्त देखिन्छ ।

उनी आर्थिक रूपमा समस्यामा परेकाहरूलाई निःशुल्क स्वास्थ्य जाँचको सेवा दिइरहेका छन् ।

र महामारीको सुरुवात भए सँगै उनी कहाँ सेवा लिन आउने मानिसहरूको सङ्ख्या पनि बढिरहेको छ ।

परमजित कौर गत वर्ष आफ्नो परिवारलाई भेट्न पर्यटक भिसामा अस्ट्रेलिया आएकी हुन् तर कोरोनाका कारण अन्तर्राष्ट्रिय सीमाहरू बन्द हुँदा उनी आफ्नो देश भारत फर्कन सकिनन् ।
Paramjit Kaur with her nephew Gaganjot Singh at home in Western Sydney.
پارامجیت کاور (راست) و خواهر/برادرزاده‌اش گاگانجوت سینگ Source: SBS News
रक्तचाप र आर्थराईटीसको बिरामी भएकाले उनले नियमित स्वास्थ्य जाँच गराउनु जरुरी थियो तर मेडीकेयर नभएका कारण स्वास्थ्य जाँच महँगो पर्न जान्थ्यो ।

तर डक्टर जिया कहाँ परिवारले ल्याइदिएपछि भने उनको समस्या केही हल्का भएको छ ।

“डाक्टर जिया आफ्नै परिवारको सदस्य जस्तै व्यवहार गर्छन्,समस्याहरू राख्न सजिलो हुन्छ ।” उनी भन्छिन् ।

तर डाक्टर जियाको परोपकारको यो काम नौले भने होइन पाकिस्तानमा रहँदा उनी कहाँ आउने ४० प्रतिशत बिरामीको उनी सितैमा उपचार गर्दिन्थे ।

यो भावना अस्ट्रेलियामा आफ्नो कामका दौरान पनि उनले प्रस्तुत गरेका छन् ।
Aisha Bah is a receptionist at iFamily Medical Centre.
عایشه باه مسئول پذیرش درمانگاه آی‌فامیلی است. Source: SBS News
उनको क्लिनिकमा कार्यरत मेडिकल रिसेप्सनिस्ट आयसा बाह भन्छिन् की महामारी पछि पश्चिमी सिड्नीका समुदायमा स्वास्थ्य र वित्तीय चिन्ताको भावनाले तीव्रता पायो ।

समस्यामा परेका समुदायका सदस्य माझ डाक्टर जिया सान्त्वना बनेर आएको उनी बताउँछिन् ।


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand