Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

SBS Examines: अस्ट्रेलियन स्कूलहरूमा यौन शिक्षा कस्तो हुन्छ?

Busy school yard, pavement or footpath. Legs in motion

From pre-school to year 12, sexual education is part of the school curriculum in Australia. Source: Getty / Lincoln Beddoe

अस्ट्रेलियामा यौन शिक्षाको महत्त्व ठुलो भएता पनि यो अपूरो र विवादास्पद विषयको रूपमा रहँदै आएको छ। प्रि-स्कूलदेखि १२ क्लाससम्मैको पाठ्यक्रममा समावेश यौन शिक्षा किन छ त विवादास्पद? एसबीएस एग्जामिन्सको यो अङ्कमा हामी अस्ट्रेलियाको स्कूलहरूमा यौन शिक्षाका बारे चर्चा गर्दैछौं।


Published

Updated

By Olivia Di Iorio

Presented by SBS Nepali

Source: SBS




Share this with family and friends


अस्ट्रेलियामा यौन शिक्षाको महत्त्व ठुलो भएता पनि यो अपूरो र विवादास्पद विषयको रूपमा रहँदै आएको छ। प्रि-स्कूलदेखि १२ क्लाससम्मैको पाठ्यक्रममा समावेश यौन शिक्षा किन छ त विवादास्पद? एसबीएस एग्जामिन्सको यो अङ्कमा हामी अस्ट्रेलियाको स्कूलहरूमा यौन शिक्षाका बारे चर्चा गर्दैछौं।


इलिन चाङ फ्यामिली प्लानिङ अस्ट्रेलियामा हेल्थ प्रोमोसन म्यानेजरकी रूपमा काम गर्छिन्।

चाङ विभिन्न सांस्कृतिक वा धार्मिक पृष्ठभूमिका समूहहरूसँग काम गर्छिन्।

उनले प्रमाणमा आधारित रहेर प्रजनन तथा यौन शिक्षा सम्बन्धी जानकारी ती समूहहरू समक्ष उनीहरूको आवश्यकता अनुरूपले उपलब्ध गराउँछिन्।

इलिन चाङ भन्छिन् कि सबैको आवश्यक्ता एउटै हुँदैन र यसलाई बुझेर ती आवश्यक्ता सम्बोधन गर्नु जरुरी हुन्छ।

मोन्याश युनिभर्सिटीको स्कूल अफ एजुकेसन, कल्चर एन्ड सोसाइटीमा एसोसिएट प्रोफेसरको रूपमा काम गर्ने फिदा सान्जाक्दार भन्छिन् कि यौन शिक्षा अस्ट्रेलियामा एक विवादग्रस्त विषय हो।

उनका अनुसार समुदायमा यो विषयलाई लिएर धेरै चिन्ताहरू व्याप्त छन्।

थुप्रै स्कूलहरूमा यौनलाई राम्रो कुराको रूपमा बुझाउने चलन रहेको सान्जाक्दार बताउँछिन्।

र, यसका पछाडि, किशोर-किशोरीहरू यौनजन्य क्रियामा सक्रिय छन् र उनीहरू यौनानन्द एवं यौनिक इच्छा जस्ता विषयहरूको बारेमा जान्न चाहन्छन् भन्ने प्रमाणहरूलाई आधार बनाइने गरिएको उनको भनाई छ।

अनि, यस्तो कदमलाई विभिन्न आस्थाका मानिसहरू प्रगतिशील रूपमा लिने गरेको पनि फिदा सान्जाक्दारको भनाई छ,

अस्ट्रेलियाको राष्ट्रिय पाठ्यक्रमले हाल संयुक्त राष्ट्रसङ्घले सिफारिस गरेको ‘कम्प्रिहेन्सिभ सेक्सुआलिटी एजुकेसन’ भनिने बृहत् यौन शिक्षाका केही भागहरू मात्र समावेश गरेको छ।

एसोसिएट प्रोफेसर फिदा सान्जाक्दारका अनुसार अस्ट्रेलियामा बृहत् यौन शिक्षा लागू गर्न पाठ्यक्रमले सांस्कृतिक तथा भाषिक रूपमा फरक पृष्ठभूमिका मानिसहरू सहित सबैलाई समावेश गर्न सक्नुपर्छ।

उनी भन्छिन् कि यो सधैँ सुधार गरिने विषय हो।

अनि, तपाईँको उमेर बढ्दै जाँदा कस्तो थियो तपाईँको यौन शिक्षा सम्बन्धी पठनपाठन?

अहिले तपाईँको वरपर बसेको अर्को मानिसभन्दा पक्कै पनि त्यो, फरक थियो होला।

अस्ट्रेलियामा हुर्के बढेका मानिसहरूका लागि पनि यो विषयको अनुभव त्यस्तै हो, एक जनाको अनुभव अर्कोसँग मेल नखाने।

सान्जाक्दार भन्छिन् कि अस्ट्रेलियामा राष्ट्रिय पाठ्यक्रम भएता पनि हरेक राज्य अनि प्रदेशहरूले यसलाई आफ्नै तरिकाले लागू गरे।

डा डेभिड रोड्स चाहिँ एडिथ कोवन युनिभर्सिटीको स्कूल अफ एजुकेसनमा सिनियर लेक्चरका रूपमा काम गर्छन्।

उनी पनि अस्ट्रेलियाभर यौन शिक्षामा एकरूपता नभएको बताउँछन्।

उनका अनुसार यसलाई निकै साँघुरो भएर हेर्ने चलनले गर्दा बालबालिकालाई सरकारले सिकाउन खोज्ने दायरा सीमित भएको हो।

तपाईँले अस्ट्रेलियामा पाउने यौन शिक्षा कस्तो हुन्छ भनेर थुप्रै कुराहरूमा निर्भर गर्छ, जस्तो कि तपाईँ पब्लिक वा प्राइभेट अनि धार्मिक वा धर्म लाई निरपेक्ष राखेर पठनपाठन सञ्चालन हुने स्कूल जानु हुन्छ कि वा तपाईँका शिक्षक-शिक्षिकाहरू, सामुदायिक नेता वा अभिभावक कस्ता सोचका छन् भन्ने।

अनि यसले पनि समस्या खडा गर्छ।

सबैले एक खालको जानकारी नपाउँदा, भविष्यमा कोही काखा कोही पाखा हुने गरेको बताउँछन् डा रोड्स।

उनी अगाडी भन्छन् कि नवयुवाहरू आफ्नो शारीरिक विकासलाई लिएर एकदमै जिज्ञासु हुन्छन्।

उनका अनुसार स्कूलबाट खोजेको ज्ञान नपाए, उनीहरू अन्तै बाट जान्न खोज्छन्।

र, त्यस्ता स्रोत सही नहुन पनि सक्ने उनी बताउँछन्।

यसले गर्दा बालबालिकाहरू मिस्इन्फर्मेसन वा भ्रामक जानकारीको शिकार हुन सक्ने डेभिड रोड्सको भनाई छ।

उता, फ्यामिल प्लानिङ एलायन्स अस्ट्रेलियाका अनुसार यस्तो कुराले किशोर-किशोरीहरूमा यौन दुर्व्यवहार, लैङ्गिक हिंसा अनि योजना बिनै हुने गर्भाधान तथा यौन रोगको जोखिम बढाउँछ।

अनि यस्ता समस्याको सूचि पनि लामै छ।

डा रोड्सका अनुसार बालबालिकाको आवश्यक्ता अनुरूप उनीहरूलाई उचित रूपमा सही जानकारी दिनु सबैभन्दा राम्रो उपाय हो।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now