अस्ट्रेलियामा उत्पादकत्व वृद्धिका लागि भन्दै प्रमुख अर्थविद्, व्यवसायी र विभिन्न सङ्गठनका प्रतिनिधिहरूसँग सङ्घीय सरकारको तीन दिने गोलमेच सम्मेलन क्यानबरामा सम्पन्न भएको छ। आर्थिक विकास तथा उत्पादकत्वमा देशले केही दशकयता नगण्य प्रगति गरेको सूचकाङ्कहरूले देखाउँदै गर्दा लेबर सरकारले ‘प्रडक्टिभिटी राउन्डटेबल’को आयोजना गरेको थियो। सरल भाषामा ‘प्रडक्टिभिटी’ भनेको के हो र यसको मापन कसरी हुन्छ भन्ने बारेमा हामीले अर्थशास्त्री कृष्ण हमालसँग गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





