प्रमुख विषय:
- बेलायतका राजा अस्ट्रेलियाली राज्यका प्रमुख हुन्।
- कमनवेल्थ भित्रका सबै मुलुकहरू सार्वभौम राष्ट्रहरू हुन्।
- अस्ट्रेलियाको दैनिक गतिविधि सञ्चालनका लागि बेलायती राजाको भूमिका रहन्न।
- अस्ट्रेलियालीहरू आफ्नो राज्यका प्रमुख आफैले रोज्नुपर्दछ भन्नेमा विश्वास राख्दछन्।
म्युजियम अफ अस्ट्रेलियन डेमोक्रेसीकी अनुसन्धानकर्ता क्याम्बेल रोड्स अस्ट्रेलिया ग्रेट ब्रिटेनको उपनिवेशका रूपमा स्थापित भएकाले धेरै बेलायती परम्पराहरू अनुकूल गरेको बताउँछन्।
त्यस मध्ये राजतन्त्र पनि एक भएको उनको भनाई छ।
उनको भनाइमा बेलायतका राजा, अस्ट्रेलियाका प्रमुख पनि हुन्।
एलिजाबेथ एलेक्सेन्ड्रा मेरी विल्जरले सन् १९५२ को फेब्रुअरीमा शासन सुरु गर्दा बेलायत लगायत कमनवेल्थ अन्तर्गतका अन्य १४ राष्ट्रहरूकी महारानी थिइन्।
एलिजाबेथ द्वितीया बेलायती इतिहासमै सबैभन्दा लामो समयसम्म राजकाज गर्ने महारानी थिइन् भने उनको मृत्यु परान्त राजा चार्ल्स तृतीयाले शासन सुरु गरेका छन्।
कमनवेल्थ अन्तर्गतका सबै देशहरू आफ्नै कानुन र सरकारद्वारा सञ्चालित मुलुकहरू हुन्।
अस्ट्रेलिया सरकारको संरचना र शक्तिहरू संवैधानिक कानुन अन्तर्गत चल्ने गरेको अस्ट्रेलियन रिपब्लिक मुभमेन्टकी (आर्म) राष्ट्रिय निर्देशक स्यान्डी बियार बताउँछन्।
“अस्ट्रेलियासँग लिखित संविधान छ र यो कानुनले सबै कानुनहरूलाई नियन्त्रित गर्दछ, संविधान अनुसार हाम्रो मुलुकको सबैभन्दा वरिष्ठ व्यक्ति भनेको बेलायती राजा वा महारानी हुन्,” उनले भने।
“यद्यपि राज्यको वरिष्ठ व्यक्ति दुनीयाको अर्को भागमा बस्ने भएकाले उनको प्रतिनिधिका रूपमा गभर्नर जनरल राखिएको हो।”

राजा अस्ट्रेलियाका राज्य प्रमुख भएकाले अस्ट्रेलियालाई 'संवैधानिक राजतन्त्र'भनिन्छ।
ला ट्रोव विश्वबिद्यालयकी राजनीतिशास्त्रकी प्राध्यापक जुडीथ ब्रेट, राज्यको प्रमुखको भूमिका सेरोमोनियल भएको बताउँछिन्।
“उनीहरूसँग(राजा वा महारानी) कार्यकारी शक्ति छैन, सरकार प्रमुखसँग भने कार्यकारी अधिकार रहन्छ, त्यसैले पनि एकताको प्रतीकका रूपमा प्रतीकात्मक राज्य प्रमुख र प्रतिस्पर्धात्मक सरकार प्रमुखको छुट्टाउन सकिन्छ,” जुडीथ ब्रेट भन्छिन्।
अस्ट्रेलियाको दैनिकी चलाउन उनीहरूको कुनै हात हुँदैन भने यहाँको समाज, अर्थ व्यवस्था वा सरकारमा प्रत्यक्ष प्रभाव पदैन।
यद्यपि राजाले अस्ट्रेलियाका मामिलाहरूमा राम्ररी जानकारी राख्दछन् भने प्रधानमन्त्रीका सल्लाहकार वा विश्वासपात्रका रूपमा कार्य गर्दछन्।
गभर्नर जनरलको भूमिका के हो?
राष्ट्रिय रूपमा क्यानबेरा स्थित गभर्नर जनरलले बेलायती राजा चार्ल्स तृतीयाको प्रतिनिधिका रूपमा काम गर्दछन्, यसै गरी प्रत्येक राज्यमा त्यहाँका गर्भनरहरु पनि उनका प्रतिनिधिहरू हुन्।
तर गभर्नर जनरलको सिफारिस गर्ने काम भने अस्ट्रेलियाली सरकारबाटै हुने गर्दछ।
स्यान्डी बियारका अनुसार गभर्नर जनरलको दैनिक राज्य सञ्चालनमा कुनै भूमिका हुँदैनन् तर महत्त्वपूर्ण भूमिकामा भने रहन्छन्।
प्रत्येक चोटि कानुन पारित गरिँदा वा चुनावमा जानु अघि, राजाका प्रतिनिधिबाट अनुमोदन गरिन्छ।स्यान्डी बियार, अध्यक्ष अस्ट्रेलियन रिपब्लिक मुभमेन्ट
उनका अनुसार राजाका प्रतिनिधिले अस्ट्रेलियाका प्रधानमन्त्रीको नियुक्ती पनि गर्दछन्, “अधिकांस समयमा संसद्मा सबैभन्दा बढी सिट जितेको पार्टीका सदस्य प्रधानमन्त्रीमा नियुक्त हुन्छन्,”

सम्बन्ध टुङ्ग्याउँदै
सन् १९८६ मा अस्ट्रेलियाको एक कानुन मार्फत राजसंस्था बाहेक, अस्ट्रेलिया र बेलायती सरकारबिचको सम्बन्धलाई तोडिएको छ।
धेरै बेलायती उपनिवेशहरूले राजतन्त्रसँगको सम्बन्ध तोडेका छन्, यसको पछिल्लो उदाहरण बार्बाडोस् हो।
साथै, अस्ट्रेलियाले पहीलोपटक लेबर सरकारबाट म्याट थिस्लेटवेटलाई गणतन्त्रका लागि सहायक मन्त्रीका रूपमा नियुक्त गरेको छ।
र बढ्दो रूपमा अस्ट्रेलियालीहरुले गणतन्त्रको भावनलाई महसुस गरिरहेको बताइन्छ भने यसलाई स्यान्डी बियारको आर्मले बल दिइरहेको छ।
दि अस्ट्रेलियन रिपब्लिक मुभमेन्टले देशको प्रमुख व्यक्तिका रूपमा बेलायती राजाको सट्टा, अस्ट्रेलियाकै र अस्ट्रेलियालीहरुले छानेको व्यक्ति हुनु पर्ने विश्वास राख्दछस्यान्डी बेयर, आर्म
“र हामी यो विश्वास राख्छौ कि यसले हाम्रो जस्तो स्वतन्त्र देशमा सबै निर्णयहरू प्रजातान्त्रिक रूपमा लिइन्छ र हाम्रा प्रतिनिधीहरुले अस्ट्रेलियाको हितलाई ध्यानमा राख्दछन्,” उनले थपे।
यता जुडिथ ब्रेट बेलायती राजतन्त्रप्रतिको भावना पनि परिवर्तन हुँदै गएको बताउँछिन्।
अघिल्ला दशकमा भन्दा शाही भ्रमणका बेला कम उत्साह देखिने गरेको उनको भनाई छ।
“मलाई लाग्छ कि सन् १९५० ताका राजतन्त्रलाई लिएर मानिसहरूका भावना निकै उच्च थिए, महारानी एलिजाबेथ र युवराज फिलिपले युद्ध लगत्तै भएको उक्त भ्रमण अन्तर्राष्ट्रिय सेलीब्रिटीहरुको जस्तै थियो।”

कमनवेल्थ अन्तर्गतका देशमा गणतन्त्रका पक्षमा आन्दोलनहरू सुरु हुन थालेपछि रुवान्डामा भएको कमनवेल्थका सरकार प्रमुखहरूको बैठकमा राजा चार्ल्स तृतीयाले परिवर्तनलाई स्वीकार गर्ने बताउँदै, मानवताको एक तिहाइको प्रतिनिधित्व गर्ने सदस्य राष्ट्रहरू सधैँ स्वतन्त्र र स्वशासित रहेको बताएका थिए।
“म स्पष्ट रूपमा भन्न चाहन्छु, मैले पहिले भनेझैँ प्रत्येक सदस्यको संवैधानिक व्यवस्था, गणतन्त्र वा राजतन्त्र विशुरु रूपमा राष्ट्रले निर्णय गर्ने कुरा हो,” कमनवेल्थ अन्तर्गतका सरकार प्रमुख सामु उनले भनेका थिए।
गत वर्ष आर्मले अस्ट्रेलियाको गणतन्त्र कस्तो देखिन सक्छ भन्ने कुरा बुझ्न ८,००० भन्दा बढी अस्ट्रेलियाली परामर्श गरेको छ भने जनवर २०२२ मा अस्ट्रेलियन च्वाइस मोडलको घोषणा गरेको थियो।
यसमा राज्य प्रमुख छान्न अस्ट्रेलियाको संविधानमा कस्ता परिवर्तनहरू गर्न जरुरी छ भनेर वर्णन पनि गरिएको छ।




