मुख्य बुँदा
- बुशवकिङमा जाँदा कैयन मानिसलाई उद्धार गर्नुपर्ने अवस्था आउँछ, तर विचार पुर्याएर जाँदा सुरक्षित हुन सकिन्छ।
- हराएको खण्डमा गलत निर्णय लिनु भन्दा, आफूलाई शान्त बनाएर विकल्पहरूका बारेमा सोच्नु पर्छ।
- मोबाइल सेवाको ग्यारेन्टी नभए पनि आपत्कालीन समयमा प्रयोग गरिने अन्य प्रविधिले भने काम गर्न सक्छ।
- आवश्यक परेको खण्डमा आपत्कालीन सेवा विभागका स्वयंसेवकले उद्धार र सहयोग गर्छन्।
अस्ट्रेलियाली झाडी र जङ्गलमा बुशवकिङमा गएर हराएका अधिकांश मानिसहरू १२ घण्टा भित्रै फेला परेका छन्।
यसका लागि हरदम उद्धारका लागि खटिने न्यु साउथ वेल्सकी डेपुटी युनिट कमान्डर एवम् स्वयं सेवी कारो रायन जस्तालाई भने धन्यवाद दिनै पर्छ।
रायन बुशवकिङका बारेमा मानिसहरूलाई सिकाउनमा निकै रुचि राख्छिन्।
उनी बुशवकिङमा जानेहरूलाई एउटा शब्द सधैँ स्मरण गर्न भन्छिन्।
“एउटा सामान्य शब्द (T-R-E-K) ट्रेकलाई स्मरण गरियो भने हुन्छ”
T-R-E-K अर्थात्
T- आफूलाई चाहीने सामाग्री लिएर जाने
R- आफ्नो योजना के के हुन जानकारी दिने या दर्ता गर्ने
E- आपत्कालीन सञ्चार सामाग्री बोक्ने
K- आफ्नो तय गरेको रुटका बारेमा जान्ने र यसलाई पछ्याउने।

आफूलाई चाहीने बस्तु लाने
यी समाग्रीहरु लानका लागि सानो व्यागप्याक तैयार पार्न सकिन्छ।
- आफूलाई खान चाहीने बस्तु जस्तै स्न्याक्स, नट्सहरु।
- पानी
- उज्यालो रङ्गका कपडा
- टोपी र सनस्क्रिन
- सजिलो हुने जुत्ता
- रेनकोट
- नक्सा वा कम्पास अथवा आफ्नो फोनमा एप डाउनलोड गर्ने
- फर्स्टएड किट
“र सबैभन्दा महत्त्वपूर्ण भनेको चाहिँ केही साथी पनि लिएर जाने हो,” रायन भन्छिन्।
एक्लै हिँड्दा जोखिम बढ्छ, साथीहरू छन् भने आवश्यकता पर्दा काम लाग्छकारो रायन
चार जनाको समूहमा बुशवकिङमा जानु उत्तम मानिन्छ किनकि कुनै एक जनालाई केही भइहाल्यो भने, दुई जना सहयोगका लागि जान सक्छन् भने अर्को एक व्यक्ति त्यहाँ रहन सक्छ।

आफ्नो योजनाका बारेमा जानकारी दिनुहोस्
आफ्नो योजनाका बारेमा नेशनल पार्क एन्ड वाईल्डलाइफ सर्भिस वा प्रहरी वा आफ्नो विश्वास लाग्ने साथीलाई जानकारी दिन सकिन्छ।
उनीहरूलाई आफ्नो यात्राका क्रममा जाने रुट र आउने समयका बारेमा जानकारी दिन सकिन्छ।
तर फर्केर आइसकेपछि भने आफू आएको बारेमा उक्त व्यक्तिलाई जानकारी दिन बिर्सनु हुदैन्।
आपत्कालीन प्रविधि
मोबाइल फोनको सङ्केत जहाँ कहीँ नमिल्ने भएकाले कतिपयले स्याटेलाईटको माध्यमबाट काम गर्ने पर्सनल लोकेटर बेकन भनिने डिभाइस प्रयोग गर्न सुझाव दिन्छन्।
“आफू समस्यामा पर्दा पीएलबीको प्रयोग गर्न सकिन्छ,” बुशवकिङ न्यु साउथ वेल्सका प्रमुख क्रिस्टेन मेयर बताउँछिन।
प्रहरीले तपाईँलाई हेलिकप्टर वा बुसमा खोजी गरेर भेट्टाउन सक्छक्रिस्टेन मेयर
पीएलबी भाडामा लिनका लागि राष्ट्रिय निकुञ्जका कार्यालय, पार्कहरूको कार्यालय वा नजिकको प्रहरी कार्यालयमा पनि जान सकिन्छ।
मोबाइल रिसेप्सन भएको खण्डमा चाहिँ इमर्जेन्सी प्लस एपले पनि सहयोग गर्न सक्छ।
आफ्नो रुटलाई याद गर्नुहोस् र यसमै रहन कोसिस गर्नुहोस्।
“यो भनेको चाहिँ, आफू कहाँ जादैछु, कहाँ पुगे र कति बेला निर्धारित स्थानमा पुग्छु भन्ने हो, र बिचमा आफ्नो रुट परिवर्तन नगर्ने पनि हो,” कारो भन्छिन्।
कसैलाई आफू कहाँ जादैछु भनेर जानकारी गराउनुहोस् ताकि आपत्कालीन सेवाले तपाईँलाई खोज्न सकुन्
मानिसहरूले गर्ने गल्ती भनेको चाहिँ, आफूलाई अनुचित बाटो रोज्ने हो।
“हाइकिङका लागि तन्दुरुस्त हुनु भनेको बेग्लै कुरा हो, धेरै सिँढी भएका स्थान, उकालो र ओरालोहरूमा व्याकप्याक बोकेका बेला, गर्मी महिनामा झनै गार्हो हुन सक्छ,”
आफ्नो तन्दुरुस्तीका बारेमा गलत धारणा हुनु सामान्य भएको रायन बताउँछिन्।
अस्ट्रेलियामा हाइकिङका लागि नयाँ हुनुहुन्छ भने अस्ट्रेलियन वाकिङ्ग ट्र्याक ग्रेडिङ सिस्टममा गएर थप जानकारी लिन सकिन्छ।

यदि साँच्चीकै हराइयो भने के गर्ने?
"सबैभन्दा पहिला त कुनै ठाउँमा बसेर शान्त हुनुपर्छ,"रायन सुझाव दिन्छिन्।
"पानी पिउनुहोस् या क्याम्प स्टोभ ल्याउनु भएको छ भने चिया बनाएर खानुहोस्"
बसे पछि स्पष्ट निर्णय लिन सजिलो हुन्छकारो रायन
“सबैभन्दा नराम्रो भनेको चाहिँ, म नजिकै छु की भन्दै सोच्दै हिँड्दै गर्यो भने झनै हराइन्छ”
“यसलाई हाम्रो भाषामा बेन्डीङ्ग दि म्याप भनिन्छ।”

सकभर आफू आएको बाटोहरू सम्झने हो, यदि छोटो दुरी पारेर आफूलाई त्यहाँबाट निकाल्न सक्ने अवस्था छ भने।
“र यदि साँच्चीकै अप्ठेरो परेको अवस्था भने आफूलाई अरूले देख्ने ठाउँमा बस्ने हो,"
"मौसम र स्रोतहरू उपलब्ध भए पनि आपत्कालीन सेवाले हेलिकप्टर पठाउँछ।”
चम्किलो रङ्गको कपडा लगाएको खण्डमा तपाईँलाई पहिचान गर्न सजिलो हुन्छ।
टर्च लाइट, कुनै चम्किलो पर्दाथ अथवा क्यामेराको फ्ल्यासको पनि प्रयोग गर्न सकिन्छ।
यदि आफूलाई चोटपटक लागेको छ वा मौसम खराब छ भने आफूलाई सुरक्षित स्थानमा राखेर आगो बालेर बस्न सकिन्छ।
यसले तपाईँलाई खोज्न सजिलो हुन्छ।
बुशवकिङ जानुभन्दा पहिले
फर्स्ट एड सम्बन्धी कक्षा लिएर आफू र आफूसँग जानेहरूलाई सहयोग गर्न सकिन्छ।
क्रिस्टीन मेयर बुशवकिङ क्लबहरूसँग आबद्ध हुन पनि आग्रह गर्छिन्।
“बुशवकिङमा जान सुरक्षित समूहहरू हुन्छन्, समस्यामा पर्दा फर्स्टएड गर्न जानेका, नक्सा र कम्पासको प्रयोग सिकाउने राम्रा मान्छे पनि त्यहाँ हुन्छन्," "उनीहरूले यस्ता रोमाञ्चक ठाउँमा लिएर जान्छन्, त्यो भन्दा बढी के चाहियो।”

स्रोत सामाग्री
अस्ट्रेलियामा रहेका बुशवकिङ क्लब र सुरक्षा सम्बन्धी जानकारीका लागि बुशवकिङ अस्ट्रेलियाको पेजमा जान सकिन्छ।
आफ्नो योजना ट्रिप इन्टेनसनमा गएर दर्ता गराउन सकिन्छ।
कारो रायनको बुशवकिङ सम्बन्धी जानकारी र एक दिने हाइकिङमा के के लाने भनेर जान्न यहाँ जानुहोस्।




