चार दशक यताको अस्ट्रेलियाली टेनिसमा रहेको कमीलाई पुरा गर्ने विश्व नम्बर एक महिला टेनिस खेलाडी एश बार्टी, सो प्रतियोगिता जित्ने आदिवासी पृष्ठभूमिकी दोस्रो प्रतिस्पर्धी समेत हुन्।
शनिवार भएको फाइनल खेलमा एश बार्टीले अमेरिकी ड्यानियल कोलिन्सलाई ६-३, ७(७)-६(२) ले हराउँदै उक्त पुरस्कार जितेकी हुन्।
योसँगै २५ वर्षकी बार्टी अहिलेसम्मकै महान् खेलाडीहरूको सूचिमा समेत दरिन पुगेकी छिन्।
सन् १९७८ को अस्ट्रेलियन ओपन ट्रफी उचाल्ने अस्ट्रेलियाली महिला क्रिस्टिन ओ’निलले, सन् २०२२ को डाँफ्नी एकहर्ष्ट मेरोरियल कप वा महिला अस्ट्रेलियन ओपनको पुरस्कार बार्टीलाई प्रदान गरेकी थिइन्।
यसबारे पूरा रिपोर्ट सुन्नुहोस्: सन् २०२२ को महिला अस्ट्रेलियन ओपन एश बार्टीले जित्नु कत्तिको महत्त्वपूर्ण उपलब्धि हो त? हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





