फाइजरको कोभिड-१९ ट्याब्लेट बजारमा आउन किन समय लागिरहेको छ?

Pfizer's antiviral COVID-19 pill for at-risk people aged 12 and above has been authorised in the US.

Source: AAP

कोरोनाभाइरसको उपचारका लागि प्रयोग गरिने भनिएको फाइजरको प्याक्सलोभिड अमेरिकामा प्रयोगका लागि अनुमति पाउने पहिलो चक्की हो। यद्यपि अनुमति पाएको यति समय भइसक्दा पनि यसको विश्वव्यापी उपलब्धतामा किन ढिलाइ भइरहेको छ भनेर प्रश्नहरू उठ्न थालेका छन्।


यो संयुक्त राज्य अमेरिकामा कोभिड-१९ उपचारका लागि अनुमति दिइएको पहिलो चक्की थियो, र यो कोरोनाभाइरसको उपचारमा ८९ प्रतिशत प्रभावकारी रहने बताइएको थियो।

प्याक्सलोभिड नाम गरेको उक्त चक्की औषधिको विकास भने फाइजरले गरेको हो।

गत वर्ष अनुमति पाएको औषधि उत्पादन गर्न किन यति धेरै समय लागिरहेको छ यो भने अहिले धेरैका लागि प्रश्न बनिरहेको छ।

फाइजरका ग्लाबोल सप्लाई अफिसर माईक म्याकडर्मोट हुन्।

उनी भन्छन्, "प्याक्सलोभिड बनाउन लाग्ने समय असामान्य छैन, यो त हाम्रा अन्य उत्पादनहरू भन्दा झन् छोटो अवधिमा बन्छ।"

औषधि उत्पादक कम्पनीले भर्खरै घोषणा गरेको छ कि औषधि उत्पादनको समय नौ महिनाबाट घटाएर सात महिना बनाउँदैछन्। 

फाइजरले भने यो जटिल औषधि र विभिन्न रासायनिक प्रतिक्रियाहरू समावेश हुने भएकाले यसको विकास गर्न केही समय लाग्ने बताएको छ।
A Pfizer lab technician visually inspects Paxlovid tablet samples in Freiburg, Germany (Suppled - Pfizer).
Source: Supplied: Pfizer
क्यानबेरा अस्पतालका जीव विज्ञ एवम् सङ्क्रामक रोग विशेषज्ञ प्रोफेसर पिटर कोलिग्रनले एसबिएस सँगको कुराकानीमा औषधि उत्पादनमा लगेको समय असामान्य नभएको बताउँछन्।

कतिपयले भने उत्पादनको समय बढे पनि आपूर्ति भने सहज हुने हो कि भनेर अपेक्षा गरेका छन्।

अमेरिकी सरकारले प्याक्सलोभिड औषधिलाई प्रत्येक दोस्रो हप्ता वितरण गर्ने गरेको छ र त्यो वितरणको कुल सङ्ख्या झन्डै १ लाख ५० हजार पुगी सकेको छ।
पुरा रिपोर्ट सुन्नुहोस्: फाइजरको कोभिड-१९ ट्याब्लेट बजारमा आउन किन समय लागिरहेको छ? हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
तर त्यो मोल्नुपिराभिर नामक अर्को औषधिको जसको प्रभावकारिता प्याक्सलोभिड भन्दा आधा मात्र छ, यसको वितरण भने धेरै भएको देखिन्छ,

नियमनकारी संस्थाहरूले मोल्नुपिराभिरलाई अन्य विकल्प नभए मात्र प्रयोग गर्न दिइनु पर्ने बताएको छ।

प्राध्यापक कोलिङ्गनन् अन्तर्राष्ट्रिय रूपमै यसको अभाव भएको हुन सक्ने बताउँछन्।

प्याक्सलोभिड अमेरिकी राज्यहरूमा उच्च जोखिममा रहेका बिरामीहरूलाई मात्र आरक्षित छ र आपूर्ति व्यवस्थापन गर्न निश्चित स्थानहरूमा मात्र वितरण गरिन्छ।

तर त्यहाँ कोभिड-१९ को उपचारका लागि अन्य थुप्रै विकल्पहरू रहेको मिनेसोटा स्थित मायो क्लिीनीकका डाक्टर रेमन्ड रेजोनेबल बताउँछन्।

प्याक्सलोभिडको अभावपूर्ति गर्न ती औषधिहरूको प्रयोग गरिन्छन्।

सङ्क्रामक रोग विशेषज्ञ समेत रहेका डाक्टर रेजोनेबलका अनुसार भविष्यका कोभिड-१९ लहरहरूलाई व्यवस्थित गर्न आपूर्तिलाई बढाउनु जरुरी रहन्छ।

तर कम्पनीका अधिकारीहरूले भने उत्पादनलाई बिस्तार गर्ने र केही महिना भित्रै ठुलो वृद्धिको आशा गरेका छन्।

माइक म्याकडरम्याटका अनुसार अमेरिकामा मात्र नभएर विश्वभर नै आवश्यकता परेका बिरामीहरूलाई प्याक्सलोभिड उपलब्ध छ।

यदि त्यसो हो भने प्राध्यापक कोलिङ्गनन जान्न चाहन्छन् कि यी लक्ष्यहरू प्राप्त गर्न कसले अनुमति प्राप्त गरेको छ।

भविष्यका कोभिड-१९ लहरहरूका बिच उक्त औषधिलाई कमजोरहरूका लागि सम्भावित वरदानका रूपमा हेरिएको छ।



Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand