प्रमुख विषयहरू:
- स्क्यामवचले खोप, सरकार, सुपरएन्नुएसन र पहिचान चोरी सम्बन्धी हुने ठगीको निगरानी गर्दछ
- आफू घोटालामा परेमा एसीसीसीको वेबसाइटमा त्यसको उजुरी गर्न सकिन्छ
- यसबाट आफुलाई जोगाउनका लागि थुप्रै उपायहरु छन्
पछिल्ला केही वर्षमा अस्ट्रेलिया साइबर हमला, टेलिफोन र अनलाइनबाट हुने ठगी जस्ता घटना बढ्दै गएका छन्।
यस्ता साइबर हमलाहरू ठुला संस्था वा सरकारी निकाय केन्द्रित हुने भए पनि, आम सर्वसाधारणको व्यक्तिगत तथ्याङ्क चोरी गर्नका लागि पनि उनीहरू लागी परेका हुन्छन्।
“तथ्याङ्कहरु निकै महत्त्वपूर्ण हुन्छन्,” पिडब्लुसीका सुरक्षाविद् रोब डी पियट्रोले एसबीएसलाई भने।
“स्क्यामरहरु आफ्नो फाइँदाका लागि सूचनाहरू खोजी रहेको हुने” उनको भनाई छ।
र यस्ता सूचनाहरू ब्ल्याक मार्केटमा बिक्री हुने उनले बताए।
यता अस्ट्रेलियाली उपभोक्ता हित सम्बन्धी संस्था एसीसीसीकी डेलिया रिर्काड, सबै मानिसहरूले यस्ता स्क्यामबाट बच्नका लागि आवश्यक कदम चाल्नु पर्ने बताउँछिन्।
“साइबर अपराधीहरू ठुला ठुला तथ्याङ्कहरू खोजी रहेका हुन्छन्, जसले यस्ता ठुला डेटाहरू राख्छन् उनीहरू जोखिममा पर्छन्,” उनले भनिन्।
महामारीका बेला यसमा वृद्धि भएको उनको भनाई छ।
अस्ट्रेलियाको प्रतिस्पर्धा तथा उपभोक्ता आयोग एसीसीसीको वेबसाइट स्क्यामवच (Scamwatch) नामक वेबसाइटले उपभोक्ता र साना व्यवसायहरूलाई ठगीबाट कसरी बच्ने र यसको उजुरी कसरी गर्ने भनी जानकारी दिन्छ।
अस्ट्रेलिया सरकार अन्तर्गतको डिजिटल हेल्थ एजेन्सीले देशका अनलाइन स्वास्थ्य सेवा - जस्तै माई हेल्थ रेकर्ड, डिजिटल प्रेस्क्रिपसन र ईहेल्थ कार्यक्रमहरूलाई हेर्दछ।
डाक्टर स्टीब ह्याम्बलटन उक्त एजेन्सीका प्रमुख क्लिनिकल सल्लाहकार हुन्।
उनी भन्छन् कि अस्ट्रेलियामा स्वास्थ्यको क्षेत्रमा थुप्रै ठगीहरू भएको देखिएको छ।

डाक्टर सुरंगा सेनेभीरत्ने युनिभर्सिटी अफ सिड्नीको कम्प्युटर विज्ञान सम्बन्धी विद्यालयमा सुरक्षा विषय पढाउँछन्।
स्क्यामरहरूले सरकार, व्यवसाय र आफ्नै साथीहरूको नक्कली वेबसाइट बनाएर झुक्काउन सक्छन्।
उनीहरूले फसाउन खोजेको मान्छेको बारेमा पहिले नै व्यक्तिगत सङ्कलन गर्न पनि सक्छन् - जस्तै, यदि तपाईँ सम्पर्क गर्दै छन् भने तपाईंले उनीहरूको कुरा पत्याउन तपाईँलाई, तपाईँको बारेमा केही जानकारी बताउँछन्।

यस्ता ठग गर्ने व्यक्तिहरूले हुँदै नभएको कुराहरू बेच्ने भन्दै नक्कली अनलाइन स्टोरहरू पनि बनाएको पाइन्छ - र पछिल्लो समयमा मानिसहरू कोभिड-१९ को औषधी, खोप र फेस मास्क बेच्ने कुरामा धेरै ठगिएका छन्।
शानटन च्याङ्ग युनिभर्सिटी अफ मेलबर्नको कम्प्युटिङ र इन्फर्मेशन सिस्टम सम्बन्धी विद्यालयमा प्राध्यापक हुन्। उनी पनि भन्छन् कि स्क्यामरहरू धेरै जस्तो मानिसहरूको व्यक्तिगत जानकारीको खोजमा हुन्छन्।
उनी भन्छन् कि यस्तो व्यक्तिगत जानकारी डार्क वेबमा बेच्न मिल्ने, जसबाट मानिसको पहिचान चोरी हुन पुग्छ।
आजभोलि धेरै मानिसहरू घर बाट काम गर्दा झनै ठगीको सिकार बन्न पुगेको डाक्टर प्रियादर्सी नन्दाले बताए। उनी सिड्नीको युनिभर्सिटी एफ टेक्नोलोजीको इन्जिनियरिङ र आइटीको सङ्कायमा संलग्न छन्।

डाक्टर च्याङ्ग भन्छन् कि कोभिड-१९ महामारीले मानिसहरू माथि निम्त्याएको सामाजिक-मनोवैज्ञानिक र आर्थिक तनावले उनीलाई झनै ठगीको सिकार बनाएको छ र घोटाला गर्ने हरूलाई झनै सजिलो बनाइदिएको छ।
महामारी समयमा व्यावसायिक ठगी हरू पनि बढेको छ।
स्क्यामरहरूले मानिसहरूलाई कोभिड-१९ का कारण आर्थिक रूपमा गाह्रो भएको छ भने सहयोग गर्ने भन्दै उनीहरूले सुपरएन्नुएसन चोरी गरेको पाइएको छ। त्यस्तै, कतिले अनावश्यक सेवाहरू प्रदान गर्दै शुल्क लिएर फाइदा उठाई रहेको, डाक्टर ह्याम्बलटनले बताए।
अन्ततः उनी भन्छन् कि, यदि तपाईँ कुनै किसिमको ठगीको सिकार हुनु भएको छ भने, त्यसलाई उजुरी गर्न निकै महत्त्वपूर्ण हुन्छ - तपाईँले एसीसीसीको वेबसाइटमा यो फारम भरेर रिपोर्ट गर्न सक्नु हुन्छ।










