SKIP TO MAIN CONTENT

अस्ट्रेलियामा बसोबास: बाढी राहत सम्बन्धी सरकारको एकमुष्ट विपद् भुक्तानी कसरी दाबी गर्ने?

क्वीन्सल्यान्ड र न्यु साउथ वेल्स दुवै राज्यहरूमा हालैका बाढीका घटनाहरूबाट प्रत्यक्ष रूपमा प्रभावित भएकाहरूका लागि आर्थिक सहायताका एक भन्दा बढि विकल्पहरू उपलब्ध छन्।

superfund
Source: Getty Images

3 min read

Published

Updated

By Shirley Glaister



Skip to article content

माइगभ (MyGov) सेवा मार्फत योग्य हुने वयस्कहरूका लागि १,००० डलर (दम्पतीहरू हकमा प्रत्येकले १,००० डलर दाबी गर्न सक्छन्) र आश्रित बालबालिकाहरूका लागि ४०० डलरको एकमुष्ट भुक्तानी उपलब्ध छ।

अस्ट्रेलियाली सरकारको विपद् पुनर्स्थापना भुक्तानी, प्राकृतिक प्रकोपबाट प्रत्यक्ष रूपमा प्रभावित व्यक्ति र तिनका परिवारहरूलाई खाद्यान्न, लत्ताकपडा एवं छोटो अवधिको लागि आवासको व्यवस्था गर्ने जस्ता आवश्यकताहरू तत्काल उपलब्ध गराउने योजना हो।

विनाशकारी बाढी र आँधीका घटनाहरूबाट प्रभावित दुवै राज्यमा हाल व्यापक सफाइ प्रयासहरू जारी छ र स्थानीय बासिन्दाहरूका घर तथा व्यवसायहरू पुनर्निर्माण वा प्रतिस्थापन गर्न महिनौँ पनि लाग्न सक्ने अनुमान छ।

विपद् पुनर्स्थापना भुक्तानीको लागि योग्य हुन, तपाईँ बाढीका कारण गम्भीर रूपमा घाइते हुनुभएको वा तपाईँको परिवारका सदस्यहरू बाढीको कारण मृत्यु वा बेपत्ता भएको र/वा तपाईँको घरमा ठुलो क्षति पुगेको हुनुपर्ने नियम छ।

घरमा गम्भीर क्षति पुगेको परिभाषा अन्तर्गत योग्य हुन, तपाईँ बस्ने:

  • घर नष्ट भएको वा भत्केको हुनुपर्छ
  • आवास संरचनागत रूपमा बसोबासका लागि अयोग्य घोषित हुनुपर्छ
  • घरको भित्री भागमा ठुलो क्षति पुगेको छ
  • घरको भित्री भाग पानी लगायतका तत्त्वहरूको सम्पर्कमा आएको हुनुपर्छ
  • घरभित्र ढल पस्यो, र/वा
  • घरमा रहेका महत्त्वपूर्ण वस्तुहरू नष्टको हुनुपर्छ।

क्वीन्सल्यान्डवासीहरूले आगामी अगस्ट २८ तारिख र न्यु साउथ वेल्सका बासिन्दाहरूले सेप्टेम्बर १ सम्ममा सरकारी भुक्तानी दाबी गर्न सक्नेछन् र योग्य दाबीकर्ताहरू क्वीन्सल्यान्ड वा न्यु साउथ वेल्सका बाढी-प्रभावित मानिएको १७ स्थानीय सरकार क्षेत्रहरू (LGAs) मध्ये कुनै एकमा बसेको हुनुपर्छ।

यसै गरी डिजास्टर रिकभरी पेमेन्ट भनिने सो भुक्तानीका लागि तपाईँ अस्ट्रेलियाको बासिन्दा वा योग्य भिसावाहक हुनुपर्ने पनि प्रावधान छ।

People watch on as debris carried by floodwater in the swollen Hawkesbury river in Sydney.
People watch on as debris carried by floodwater in the swollen Hawkesbury river in Sydney. Source: AAP

भुक्तानी पाउने तरिका:

  • सबैभन्दा पहिले माइगभ (myGov) मा साइन इन गर्नुहोस् र  लिङ्क गरिएका सेवाहरूबाट सेन्टरलिङ्क (Centrelink) चयन गर्नुहोस्। तपाईंले सेन्टरलिङ्क ग्राहक सङ्केत नम्बर (CRN) प्रयोग गरेर तपाईँको माइगभ खातासँग जोडिएको छ भनी सुनिश्चित गर्न निकै नै आवश्यक छ। यदि तपाईँसँग सो सङ्केत नम्बर छैन भने, तपाईंले आधिकारिक कागजातहरू देखाएर आफ्नो पहिचान प्रमाणित गर्न सक्नुहुन्छ।
  • अब "दाबी गर्नुहोस् वा दाबी स्थिति हेर्नुहोस्" (Make a Claim or View Claim Status) छान्नुहोस्।
  • "आपत्कालीन अवस्थामा मद्दत गर्नुहोस्" (Help in an Emergency) मा जानुहोस् र "सुरु गर्नुहोस्" (Get Started) लाई थिच्नुहोस्।
  • "डिजास्टर पुनर्स्थापना भुक्तानीको लागि आवेदन दिनुहोस्" (Apply for Disaster Recovery Payment) लाई क्लिक गर्नुहोस्।
  • अब "सुरु गर्नुहोस्" (Begin) मा थिच्नुहोस्।
  • योग्यता र दाबी सम्बन्धी प्रश्नहरूको जवाफ दिनुहोस्। यसो गर्दा तपाईँसँग फोटो, कागजातहरू र/वा अन्य आवश्यक सामग्रीहरू जसलाई तपाईँले बाढीको क्षतिको प्रमाणको रूपमा संलग्न गर्न सक्नुहुन्छ, ती सबै जम्मा पारेर बस्नुहोस्।
  • अब आफ्नो दाबी पेस गर्न "बुझाउनुहोस्" (Submit) थिच्नुहोस्।
  • आगामी दिन र हप्ताहरूमा तपाईँको भुक्तानी कसरी प्रगति भइरहेको छ भनी हेर्न माइगभ (myGov) वेबसाइटको प्रारम्भिक सेन्टरलिङ्क पेजमा "दाबी गर्नुहोस् वा दाबी स्थिति हेर्नुहोस्" (Make a Claim or View Claim Status) बटन क्लिक गर्न सक्नुहुन्छ।

थप जानकारीको लागि, सर्भिसेज अस्ट्रेलियाको वेबसाइट जानुहोस्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now