Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

केही बाढी ग्रस्त क्षेत्रहरूमा बीमा प्रिमियमको रकम दोब्बर हुन सक्ने

NSW floods

The flooded backyard and lower level of Lisa Williams home in Windsor in the north west of Sydney, Wednesday, March 24, 2021. Source: AAP Image/Dean Lewins

बाढी पीडितहरूले उचित सहयोग पाएको सुनिश्चित गर्नका लागि न्यु साउथ वेल्स सरकारले बीमा कम्पनीहरूलाई दबाब दिन जारी राख्ने बताएको छ। केही मानिसहरू भने बीमा सुरक्षा बिना जुझ्न बाध्य रहेका छन्।


Published

Updated

Source: SBS




Share this with family and friends


बाढी पीडितहरूले उचित सहयोग पाएको सुनिश्चित गर्नका लागि न्यु साउथ वेल्स सरकारले बीमा कम्पनीहरूलाई दबाब दिन जारी राख्ने बताएको छ। केही मानिसहरू भने बीमा सुरक्षा बिना जुझ्न बाध्य रहेका छन्।


अस्ट्रेलियाको पूर्वी तटमा विनाशकारी बाढी आइरहेको समयमा, सम्पूर्ण बैङ्क तथा बिमाकर्ताहरूलाई मौसमले जनधनमा पुराउने क्षतिको बारेमा मानिसहरूलाई पर्याप्त जानकारी प्रदान गर्न आग्रह गरिएको छ।

यस अन्तर्गत पर्ने केही क्षेत्रहरूमा बीमा प्रिमियमको रकम दोब्बर हुन सक्ने पनि अनुमान गरिएको छ।

घरबारको क्षति भएमा प्रयोग गर्न मिल्ने बीमा अर्थात् "कन्टेन्ट इन्स्योरेन्स" नभएका केही मानिसहरूका लागि भने निकै चुनौती पूर्ण घडी बन्न पुगेको छ।

ती मध्य एक हुन्, लिसा। भाडामा बस्दै आएकी लिसा भन्छिन्, "यस्तो परिस्थिति आउँछ भनी मैले पहिले सोचेकी थिइनँ, त्यसैले कन्टेन्ट इन्स्योरेन्स कहिल्यै लिएकी थिइन।"

यस किसिमको आर्थिक समस्या भाडामा बस्नेहरूले मात्र होइन, घरधनीहरूले पनि भोग्न बाध्य भएका छन्।

अर्की बासिन्दा फेलिसिटी क्रकरको पोर्ट मक्वेरी नजिकै वहोप भन्ने ठाउँमा एउटा क्याफे छ, जसमा बाढीका कारण क्षति पुगेको छ।

यो त भयो अहिलेको कुरा - यो भन्दा पहिले कोरोना भाइरस महामारीका कारण पनि उनले धेरै घाटा बेहोर्नु परेको थियो।

आफूले आर्थिक सहयोगका लागि आफ्नो बीमा कम्पनीलाई सम्पर्क गरेको, तर कम्पनीका नीति र सर्तहरू परिवर्तन भएको हुनाले आफूले कुनै सहयोग नपाएको उनले बताइन्।

Ten million Australians are currently under a weather warning amid flood disaster and mass evacuations.
Ten million Australians are currently under a weather warning amid flood disaster and mass evacuations. Source: AAP

मौसम जोखिम सम्बन्धी विश्लेषक कार्ल म्यालन भन्छन्, २० वटा घरहरू मध्य एउटा भन्दा कम घर अत्यधिक बाढीको जोखिममा पर्दछ।

तर बाढीको ठुलो जोखिम रहेका क्षेत्रहरूमा बिमाको प्रिमियम रकम बढ्ने देखिएको उनी बताउँछन्।

उता बीमा परिषद् इन्स्योरेन्स काउन्सिलका एन्ड्रु हल बताउँछन् कि, यस्तो अवस्था निकै कम परिस्थितिमा मात्र आउँछ।

तर विश्वव्यापी रूपमा मौसम परिवर्तन भइरहेको कारणले प्राकृतिक प्रकोपहरू बढी रहेका छन्, र यस अवस्थामा बीमा प्रिमियममा पनि वृद्धि आउने ठुलो सम्भावना रहेको म्यालनले बताए।

त्यस्तै, हल भन्छन्, घरहरू बनाइने सन्दर्भमा बाढीको जोखिम नभएको ठाउँमा, किफायती रूपमा बनाउन निकै आवश्यक छ।

र बीमा कम्पनीहरूले आफ्नो नीति र सर्तहरूमा आउने परिवर्तन भएमा, सर्वसाधारणलाई समयमै खबर गर्न जरुरी रहेको म्यालन बताउँछन्।

यी सबै माझ, अस्ट्रेलियाका ४ ठुला बैङ्कहरूले बाढी पीडितहरूको आर्थिक सहयोगका लागि कदमहरू चालेको छ।

वेस्टप्याक बैङ्कले बाढी प्रभावित क्षेत्रमा रहेका ग्राहक, तथा अन्य व्यवसायहरूका लागि १ करोड डलरको कोष तयार पारेको छ।

साथ साथै, कमनवेल्थ बैङ्क, न्याशनल अस्ट्रेलिया बैङ्क र एएनजेड बैङ्कले आर्थिक प्रयोग गर्ने भएका छन्।

गम्भीर मौसमी अवस्था बारे जान्न सार्वजनिक सूचना र सोधपुछ केन्द्रलाई दिनको कुनै पनि समय १८०० २२७ २२८ मा फोन गर्नुहोस्। बाढीका कारण तत्काल सहयोगको खाँचो परे स्टेट इमर्जेन्सी सर्भिस - एसइएसलाई १३२ ५०० मा सम्पर्क गर्नुहोस्।

के तपाईँ पनि यस प्राकृतिक प्रकोपबाट प्रभावित हुनुभएको छ? आफ्नो अनुभव बाँड्न हामीलाई सम्पर्क गर्नुहोस्!


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now