Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

अस्ट्रेलियामा बसोबास: साना व्यवसाय कसरी सुरु गर्ने ?

Federal Election, Income Support payments, Small Business,  Filipino News

सानो व्यवसाय सुरु गर्दा उत्सुकता र आशाले भरिपूर्ण भइन्छ, यद्यपि चुनौतीहरू पनि उत्तिकै हुन्छन्। अस्ट्रेलियामा बसोबास शृङ्खलाको यस भागमा हामी साना व्यवसाय सुरु गर्दा आउने चुनौतीहरूको सामना कसरी गर्ने भन्ने चर्चा गर्दै छौँ।


Published

Updated

Presented by Dinita Rishal

Source: SBS




Share this with family and friends


सानो व्यवसाय सुरु गर्दा उत्सुकता र आशाले भरिपूर्ण भइन्छ, यद्यपि चुनौतीहरू पनि उत्तिकै हुन्छन्। अस्ट्रेलियामा बसोबास शृङ्खलाको यस भागमा हामी साना व्यवसाय सुरु गर्दा आउने चुनौतीहरूको सामना कसरी गर्ने भन्ने चर्चा गर्दै छौँ।


अस्ट्रेलियामा १९ जना भन्दा कम कर्मचारीहरू कार्यरत भेन्चर या कम्पनीलाई सानो व्यवसाय भनेर चिनिन्छ। 

धेरै जस्ता साना व्यवसायहरू केवल एक जना व्यापारीले सञ्चालन गरेका हुन्छन्। 

आफ्नो सानो व्यवसाय सुरु गर्नु अघि, तपाईँले आफू त्यसको लागि योग्य छु कि छैन भनेर पत्ता लगाउनु पर्ने हुन्छ, किनभने अस्ट्रेलियाली सरकारले टाट पल्टाई भएका अर्थात् बैङ्कको ऋण समयमा चुक्ता नगरेका मानिसहरू, आपराधिक गतिविधिमा संलग्न भएका लगायत केही मानिसहरूलाई आफ्नो व्यवसाय सुरु गर्ने अधिकार दिँदैन। 

तपाईँले आफूलाई कस्तो किसिमको व्यवसाय सुरु गर्न मन छ भन्ने फैसला गरे पछि, अस्ट्रेलियाली धितो पत्र र लगानी आयोग (ASIC) समक्ष नाम दर्ता गराउन जानु पर्छ।

Small business owner
In Australia a small business is identified as a venture that employs less than 19 people Source: Getty Images

उद्यमी तथा आफ्ना व्यवसाय सुरु गर्न चाहने मानिसहरूलाई आर्थिक तथा अन्य विषयमा सहयोग प्रदान गर्दै आएको मेलबर्नको संस्था ब्लु रकका प्रमुख कार्यकारी अधिकृत ब्रुस म्याकफर्लिन भन्छन्, "व्यवसाय सुरु गर्नु अघि, त्यसले कस्तो रूपमा फाइदा पुराउँछ, र कत्तिको चल्छ या चल्दैन लगायत कुराहरू सोच्न अत्यावश्यक छ।" 

आफ्नो व्यवसायका ग्राहकहरू को को हुन सक्छन् र सञ्चालन गर्नलाई ठाउँ भाँडामा लिने देखि कर्मचारीहरू राख्ने जस्ता श्रोत साधनको बारेमा पहिले नै योजना बनाइ सक्नु पर्छ। 

अलेक्जेंन्ड्रा सिनक्लैरे पट डिस्पेन्सरी नामक एक सेरामिक्स स्टुडियो र डिजाइन स्टोरकी मालिक हुन्। 

एक वर्ष अघि आफ्नो व्यवसाय सुरु गर्नु भन्दा अगाडी आफूले यस्ता सबै कुराहरूको बारेमा स्पष्ट  योजना बनाइसके तापनि, त्यसको कार्यान्वयन गर्न भने केही महिनाको  समय लागेको उनले बताइन्। 

कतिपय समयमा साना व्यवसाय सुरु गर्ने व्यक्तिहरूलाई सबै काम आफैले गर्न खोज्नाले गाह्रो हुन सक्छ। धेरै जना लाई आर्थिक तथा अन्य विषय हरूको बारेमा कहाँ बाट मद्दत लिने भन्ने थाहा हुँदैन।

How can you start a small business in Australia
How can you start a small business in Australia Source: GettyImages_LuisAlvarez

सिनक्लैरे भन्छिन् कि, अस्ट्रेलियाली सरकारको न्यु इन्टरप्राइस इन्सेनटिभ (NEIS) नामक तालिमले उनलाई व्यवसाय सँग सम्बन्धित  आर्थिक विषयहरूको बारेमा बुझ्न मद्दत गरेको थियो। 

अस्ट्रेलियामा सबै किसिमका व्यवसायहरू सँग सम्बन्धित पालना गर्नु पर्ने थुप्रै नियमहरू छन्।

यिनका बारेमा आफैले बुझ्न गाह्रो हुन सक्छ, तर एक वकिलको सहायता लिएमा सजिलो हुन्छ। 

र व्यवसाय सुरु गर्न योजना र कर्मचारी हुँदा पनि, श्रोतहरूको प्रबन्ध मिलाउन गाह्रो हुन सक्छ। 

अलाइड लिगल  नामक संस्थाले व्यवसायहरूलाई आवश्यकता अनुसार मद्दत गर्ने गरेको छ।

त्यहाँका निर्देशक राहुल कुमार भन्छन्, "आजकाल धेरै जस्ता उद्यमी व्यवसायहरू प्रविधिमा भर पर्ने हुन्छन्। "

धेरै जस्ता साना व्यवसायहरूले ऋण लिएर काम सुरु  गर्ने गरेका छन् - तर व्यवसायका विशेष आवश्यकता अनुसार ऋण दिने ऋणदाता पाउन भने धेरै जसो समय गाह्रो हुन्छ।

 Small business loans are easier to get for established ideas or if you want to open up a franchise.
Small business loans are easier to get for established ideas or if you want to open up a franchise. Source: Getty Images

यस कारणले कति पय साना व्यवसायहरूले आफूलाई चाहिएको भन्दा निकै कम रकम ऋणमा पाउन सफल हुन्छ। 

यस किसिमको ऋण अरू सामान्य भन्दा फरक हुन्छ, र यसको ब्याजदर पनि साधारण भन्दा धेरै हुन सक्छ। 

अस्ट्रेलियामा सानो व्यवसाय सुरु गर्ने सोचमा हुनुहुन्छ या यस विषयमा थप जानकारी चाहनुहुन्छ भने अस्ट्रेलिया सरकारका  निम्न वेबसाइटहरूबाट आधिकारिक जानकारी पाउन सक्नुहुनेछ:


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now