अस्ट्रेलिया विश्वमै छालामा हुने क्यान्सर रोगका लागि किन अग्रपङ्क्तिमा छ?
तथ्याङ्क विभागका अनुसार सन् २०१७/१८ मा अस्ट्रेलियामा क्यान्सरको उपचार गराइरहेका मध्ये करिब ३० प्रतिशत (३० दशमलव ८) छालाको क्यान्सरबाट पीडित रहेका थिए ।
मुख्य विषय
- अत्यधिक मात्रामा सूर्यको विकिरणमा बस्दा डिएनएमा क्षति पुगी छालाको कोशिकाहरूमा समस्या पैदा हुन्छ ।
- गाडा कालो छाला भएका मानिसहरूमा जोखिम कम हुने भएता पनि क्यान्सर हुने सम्भावना भने रहन्छ ।
- गाडा छाला भएका मानिसहरूमा भिटामिन डी को कमी हुने सम्भावना अधिक हुन्छ ।
यो तथ्याङ्कले अस्ट्रेलियामा छालाको क्यान्सरको अवस्था भयावह रहेको देखाउँछ ।
प्राध्यापक डेभिड ह्वाईटम्यान क्यान्सर रोकथाम समूहका अगुवा एवम् क्विआईएमआर नामक एक स्वास्थ्य अनुसन्धान संस्थाका उपप्रमुख हुन ।
उनका अनुसार भूगोल र बसाई सराई जस्ता अन्य धेरै कारणले यसो हुन जान्छ ।
“दक्षिणी गोलार्धमा हाम्रो देश एकदमै कम आक्षांसमा अवस्थित छ,त्यसलै यहाँ ठोक्किने सूर्यको किरणको मात्रा युरोप र उत्तरी एसिया र विश्वका अन्य भागमा पर्ने भन्दा फरक छ” उनले भने ।
अस्ट्रेलियाको भू-परिवेशका अलावा पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने तरिकामा पनि फरक परेको उनी बताउँछन् ।
रिपोर्ट सुन्नुहोस्: अस्ट्रेलियामा बसोबास: छालाको क्यान्सरबाट हुने खतरा र यसबाट जोगिने उपायहरू हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

“अस्ट्रेलिया गर्मी याममा सूर्यको किरणको तीव्रता प्रबल हुन्छ,किनभने उत्तरी गोलार्द्धमा भएका कारण हामी सूर्यको निकै नजिक हुन्छौ ” उनले व्याख्या गरे ।
उनका अनुसार अधिकांश अस्ट्रेलियालीको पुर्खा युरोपेली मूलका हुने भएकाले छाला रङ्ग गोरो हुने र तेज किरण भएको यहाँको वातावरण उनीहरूको छालाका लागि त्यति उपयुक्त हुँदैन ।
घामको किरणबाट कसरी क्यान्सर हुन्छ त?
पराबैंगनी सूचकांक जसलाई (यु भी) अल्ट्रा भायलेट रेज पनि भनिन्छ, यो सँगको लामो संसर्गले छालाको डिएनएमा क्षति पुयाउछ । डिएनएमा क्षति पुगे यसले छालाको कोशिकाहरूमा समस्या पैदा गर्छ र अन्ततः यसले क्यान्सर निम्त्याउन सक्छ ।
डाक्टर एहेमद हसानिएन सिड्नीका साधारण चिकित्सक (जी पी) साथै स्किन क्यान्सरमा दक्षता हासिल गरेका चिकित्सक हुन् ।
उनका अनुसार सूर्यको विकिरणमा लगातार लामो समय सम्म रहँदा डिएनए सहित छालाका कोशिकाहरूमा पनि क्षति पुग्छ ।
“यु भि विकिरणले छालामा प्रहार गर्दा, सतहमा रहेका कोशिकाहरूको डिएनएमा परिवर्तन हुन थाल्छ र दिन दिनै या बषौको समयमा क्यान्सरयुक्त कोशिकाहरू विकसित हुन थाल्छन्” उनले भने ।

यदि शरीरको भित्री डिएनएले यसलाई स्व:स्फुर्त मर्मत गरेन भने बिग्रिएका कोशिकाहरू फैलन थाल्छन् –जसले कोषहरूको असामान्य वृद्धि हुन जान्छ, जसलाई क्यान्सर भनिन्छ ।
डाक्टर हसानियनका अनुसार गर्मीका दिनहरूमा अस्ट्रेलियाको घाममा युभी इन्डेक्स यति धेरै हुन्छ कि यसले हानि पुराउने जोखिम अत्यधिक हुन्छ ।
“एक सामान्य दिनमा यदि सूर्यको विकिरणको इन्डेक्स १२ छ भने, म आफूलाई बाहिर हिँड्न वा आफ्ना सन्तानहरूलाई बाहिर हिड्डुल गर्नबाट रोक्ने छु।”
सामान्य तया जाडो महीनामा घाम लागेको दिनमा यु भि इन्डेक्स चार देखि पाँचका बिचमा हुने गर्छ ।
डाक्टर हसानियनका अनुसार यतिखेर विकिरण मध्यम खालको हुन्छ र यसको अवधि पनि कम हुन्छ ।
“तर गर्मीको महिनामा बिहान ८ बजे देखि ४:३० सम्मको समयमा अधिकांस समय यो १२ देखि १४ का बिचमा हुन्छ ” उलने थपे ।
पेग प्रेस्टन, क्यान्सर काउन्सिल अस्ट्रेलियाका लागि छालाको क्यान्सर कमिटीकी अध्यक्ष हुन् ।
उनी आफू कतै जानु अघि त्यस क्षेत्रको यु भि इन्डेक्स लेभलका बारेमा जानकारी राख्न अनुरोध गर्छिन् ।
यसका लागि सन् स्मार्ट एप अथवा मौसम विभागको वेबसाइटको प्रयोग गर्न उनी अनुरोध गर्छिन्।
“युभी इन्डेक्स तिन भन्दा माथि भएको अवस्थामा सूर्यको विकिरणबाट बच्न विभिन्न प्रकारका सुरक्षा अपनाउन हामी अनुरोध गछौ ” उनले भनिन् ।
उनका अनुसार तिन भन्दा माथिको इन्डेक्समा पुरा शरीर ढाक्ने कपडा लगाउनु उचित हुन्छ । एसपीए तिस वा त्यस भन्दा माथिको सनस्क्रिन क्रिम,टोपी वा अरू कुनै माध्यमबाट अनुहार र घाटी छोप्नु र चस्मा लगाउनु पनि उचित हुन्छ।
के छालाको रङ गाढा भएका मानिसलाई क्यान्सर हुने जोखिम कम हुन्छ ?
ह्वाईटम्यान भन्छन् कालो छाला भएका मानिसहरूको छालामा मेलानिनको मात्रा बढी हुन्छ जसले केही हद सम्म डिएनएमा क्षति पुग्नबाट बचाउन सक्छ ।
तर यसको मतलव कालो छाला हुने व्यक्तिमा क्यान्सर नहुने भन्ने चाही होइन ।

उनका अनुसार गाडा छाला भएका मानिसहरूमा मेलानीन हुने भएकाले कोशिकाहरूमा अवरोध खडा गरी,युभी विकिरणलाई सोस्ने काम गर्दछ ,र यसले केही हद सम्म संरक्षण दिन्छ ।
तर डाक्टर हसनीयनका अनुसार उनको मेडिकल सेन्टरमा छालाको क्यान्सर भएर उपचारका लागि आउने धेरै ग्राहक कालो छाला भएका छन् ।
“सबै मानिसहरू फरक हुन्छन्,जोखिम छ भने यसबाट जोगिन कोसिस गर्नुहोस् ” उनले भने ।
भिटामिन डिको कमी
तर घाममा नजाँदा यसका अनेकन् बेफाइदाहरू पनि छन् त्यस मध्ये भिटामिन डी को कमी पनि एक हो ।
बिशेषगरी कालो छाला भएका मानिसहरुमा भिटामिन डिको कमी हुने सम्भावना अधिक हुन्छ ।
क्यान्सर काउन्सिलकी पेग प्रेस्टन यस्ता मानिसहरूले लामो समय घाममा बिताउनुको सट्टा डाक्टर सँग सल्लाह गरी भिटामिनका डी चक्की एवम् अन्य श्रोतको प्रयोग गर्न सल्लाह दिन्छिन्।
घाममा 'ट्यान' गर्दै हुनुहुन्छ भने
गर्मीमा घाममा पुगेर शरीरलाई 'ट्यान' गराउन चाहने मानिसहरूलाई सतर्क रहन ह्वाईटम्यान आग्रह गर्छन् किनकि शरीरमा घामले डढाउनुको अर्थ डिएनए र छालाका कोशिकाहरूमा क्षति पुराउनु हो ।

"शरीरमा ट्यान अर्थात् घाम बाट डडेर कालो हुनुको अर्थ छालामा पुगेको क्षतिलाई कम गर्न शरीरले देखाउने प्रतिक्रिया हो," ह्वाईटम्यानले भने।





