Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियामा बसोबास: चाइल्डकेयर

Child in childcare facility

अस्ट्रेलियामा नागरिक लगायत स्थायी वा योग्य अन्य कुनै भिसामा रहेका मानिसहरुले आफ्ना बच्चाहरू बाल स्याहार केन्द्रमा पठाउँदा सरकारी अनुदान पाउन सक्छन्।


Published

Updated

Source: SBS




Share this with family and friends


अस्ट्रेलियामा नागरिक लगायत स्थायी वा योग्य अन्य कुनै भिसामा रहेका मानिसहरुले आफ्ना बच्चाहरू बाल स्याहार केन्द्रमा पठाउँदा सरकारी अनुदान पाउन सक्छन्।


अस्ट्रेलियामा बाल स्याहारका भिन्ना-भिन्नै विकल्पहरू उपलब्ध रहेका छन् र तीसम्मका पहुँचका लागि केही आवश्यक्ताहरूको जाँच गर्ने गरिन्छ भने सरकारबाट पाइने अनुदानका लागि तपाईँको पारिवारिक आयलाई मापदण्ड बनाइन्छ।

सेरा गार्डिनर तीन सन्तानकी आमा हुन्।

उनका जेठा छोराले भर्खरै सात वर्ष टेके भने माहिली छोरी अहिले साँढे चार वर्षकी भइन् र नौ हप्ता जति पहिले गार्डिनरले पुन: एक बच्चालाई जन्म दिएकी छिन्।

एक व्यवसायको मालिक पनि रहेकी उनले पछिल्लो छ वर्ष लगातार फुल टाइम काम गरिरहेकी नै छिन्, आफ्नो दोस्रो र तेस्रो सन्तानको बिचमा लिएको केवल आठ हप्ताको छुट्टी बाहेक।

गार्डिनर भन्छिन् कि चाइल्डकेयर सेवाहरुको विविधताले गर्दा नै आफूलाई पायक पर्ने समयमा काम गर्ने स्वतन्त्रता उनले पाएकी हुन्।

शिक्षा, सिप तथा रोजगारी मन्त्रालयका प्राथमिक बाल्यपन र बाल स्याहार समूहका उप‍-सचिव डा रस् ब्याक्सटरका अनुसार, अस्ट्रेलियामा अभिभावकहरूले आफ्ना छोराछोरीलाई कस्तो चाइल्डकेयर चाहिन्छ भनेर छान्न सक्छन्।

उनी भन्छिन् कि सेन्टर बेस्ड डे केयर वा चाइल्डकेयर सेन्टर यस्तै एक विकल्प हो।

 The important facts about Family day care in Australia.
The important facts about Family day care in Australia Source: AAP

यस्तै फ्यामिली डे केयर अर्को विकल्प हुनसक्छ केही अभिभावकहरूका लागि!

स्कूलमा पठन-पाठन हुने अवधी बाहिरका लागि मात्रै भनेर पनि बाल स्याहारका विकल्पहरु अस्ट्रेलिया उपलब्ध छन्।

आउटसाइड स्कूल आवर्स केयर भनिने यो बाल स्याहार अन्तर्गत चाहिँ विद्यालय खुल्नु अघिको समय - साधारणतया बिहान ६:३० देखि ९ बजेसम्म र कक्षाहरूको समापन पछिको समय या दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म अनि स्कूल छु्ट्टीका दिन सेवा उपलब्ध हुन्छ।

यी सुविधाहरू उपलब्ध नहुने क्षेत्रमा भने इन-होम केयर वा आवासमा नै स्याहार कार्यक्रम उपलब्ध छ जस अन्तर्गत भने शिक्षाकर्मी तपाईँकै घरमा आएर बालबालिकालाई स्याहार प्रदान गर्ने गर्छन्।

भौगोलिक रुपमा अन्य किसिमका चाइल्डकेयर सुविधाभन्दा पर बसोबास गर्ने परिवारहरु लगायत असामान्य समय जस्तै कि रात्रीकालिन समयमा काम गर्नेहरूका लागि इन-होम केयर सबैभन्दा उत्तम विकल्प हुन सक्छ।

Children in preschool
Source: AAP

डा ब्याक्सटरका अनुसार प्रिस्कूलको पनि विकल्प उपलब्ध छ।

उनका अनुसार प्रिस्कूल बाहेक अन्य बाल स्याहारका सुविधा आफ्ना छोराछोरी कति उमेर हुँदा प्रयोग गर्ने भन्ने कुरा पारिवारिक अवस्था र आवश्यक्तामा निर्भर हुन्छ।

सेरा गार्डिनर भन्छिन् कि फ्यामिली डे केयर उनका बच्चाहरु शिशु अवस्थामा छँदा निकै प्रभावकारी उपाय बनेको थियो।

गार्डिनर र डा ब्याक्सटका भनाई सहितको हाम्रो पुरा रिपोर्ट सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

आफ्ना जेठो छोरा र माहिली छोरीले उनीहरूको दोस्रो जन्मदिन पछि भने लामो समयको डे केयर जान थालेको बताउँछिन् गार्डिनर।

र, साँढे तीन वर्ष पुगेपछि भने दुवैजनालाई आफूले हप्ताको तीन दिन प्रिस्कूल पठाउन थालेको पनि उनको भनाई छ।

उनी भन्छिन् कि स्कूल जानु पूर्व प्रिस्कूल जाँदा आफ्ना छोराछोरीलाई निकै मद्दत पुग्यो।

केयु, अस्ट्रेलियाभर १५० जतिको सङ्ख्यामा प्रिस्कूल, चाइल्डकेयर र प्रारम्भिक शिक्षा सेवाहरू प्रदान गर्ने गैर-नाफामूलक सँस्था हो।

डा ब्याक्सटर भन्छिन् कि डे केयर सेन्टरमा आफ्नो प्रिस्कूल वर्ष बिताउने बालबालिका होउन् वा किन्डरगार्टेनमा जाने बच्चाहरू हुन्, अस्ट्रेलियामा सबैलाई एउटै पाठ्यक्रममा आधारित रहेर पढाउनुपर्छ।

A small group of children play at the Robertson Street Kindy Childcare Centre in Helensburgh south of Sydney.
A small group of children play at the Robertson Street Kindy Childcare Centre in Helensburgh south of Sydney. Source: AAP

सेरा गार्डिनरका लागि भने डे केयर सेन्टर भन्दा प्रिस्कूल निकै सस्तो पर्‍यो।

रस ब्याक्सटका अनुसार चाइल्डकेयर सेन्टरहरु महँगो हुनुका थुप्रै कारणहरू छन्।

उनी अगाडि भन्छिन् कि चाइल्डकेयर सेन्टर अन्तर्गतका डेकेयर, स्कूल समयभन्दा बाहिर सेवा दिने सँस्था, फ्यामिली डेकेयर, इन-होम केयर र प्रिस्कूल सबैले सङ्घीय सरकारबाट अनुदान पाउँछन्।

डा ब्याक्सटरक साधारणतया सरकारले कम आय हुने परिवारहरुलाई बढि अनुदान दिने बताउँछिन्।

सङ्घीय सरकारले योग्यता पुगेका परिवारहरुलाई मात्र अनुदान दिन्छ र यस्ता योग्यताहरूको जाँच गर्न काम, तालिम, शिक्षा लगायत केही प्रकारका स्वयम्सेवा वा अन्य क्रियकलाप हेरिन्छ।

आफ्नो बच्चाको नाम यथाशिघ्र वेट लिस्ट वा प्रतिक्षासूचीमा हाल्न जानकारहरू सल्लाह दिन्छन् किनकी कतिपय स्याहार केन्द्रहरूमा पालो पाउन दुई वर्षसम्म पनि कुर्नुपर्ने स्थिती आउन सक्छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now