अस्ट्रेलियामा बसोबास: दक्ष कामदारका लागि रिजनल अस्ट्रेलिया

रिजनल अस्ट्रेलियामा सिड्नी र मेलबर्नको जस्तो चमक-दमक नहोला तर स्वच्छ पर्यावरण, काम गर्ने सुरक्षित वातावरण अनि संसारकै सबैभन्दा बढी न्यूनतम ज्याला दर अनि खुल्ला हृदयले स्वागत गर्ने समुदायका कारण क्षेत्रीय एवं ग्रामीण अस्ट्रेलिया दक्ष आप्रवासीका लागि उपयुक्त हुन सक्छ।

Prime Minister Scott Morrison at Premium Fresh farm 9km west of Devonport in Tasmania, Wednesday, April 17, 2019. (AAP Image/Mick Tsikas) NO ARCHIVING

Prime Minister Scott Morrison at Premium Fresh farm 9 km west of Davenport in Tasmania Source: AAP

जनल अस्ट्रेलियामा दक्ष आप्रवासीलाई आउन दुई सहज उपायहरू छन् - स्किल्ड वर्क रिजनल (प्रोभिजिनल) सबक्लास ४९१ र स्किल्ड इम्प्लोयर स्पन्सर्ड रिजनल (प्रोभिजिनल) सबक्लास ४९४ भिसा।

यी दुई अस्थायी भिसाहरूले ४५ वर्ष भन्दा मुनिका सफल आवेदकहरूलाई अस्ट्रेलियामा पाँच वर्षसम्म बस्न मात्र होइन योग्यता पुगे पछि स्थायी बसोबास यानि पर्मानेन्ट रेसिडेन्सीको लागि पनि मार्ग प्रशस्त गरिदिन्छ।

अस्ट्रेलिया मै रहेर आवेदन हाल्ने हो भने यी दुई भिसाहरूको मुख्य आवेदकका लागि शुल्क ४,०४५ डलर रहेको छ र परिवारका हरेक अतिरिक्त सदस्यका लागि थप रकम लाग्छ।

woman on a swing in Albury NSW
Source: Getty Images/Cavan Images

स्किल्ड वर्क रिजनल (प्रोभिजिनल) सबक्लास ४९१

यो भिसाका लागि आवेदन दिनु पूर्व तपाईँलाई कुनै एक अस्ट्रेलियाली राज्य वा प्रदेशबाट त्यसो गर्न आमन्त्रण गरिएको हुनुपर्छ।

अनि, दरखास्त हाल्न चाहिने उक्त आमन्त्रण प्भने तपाईँको पेसा उच्च माग भएको दक्ष पेसाहरूको सूचीमा छ कि छैन - त्यसमा निर्भर गर्छ।

रोजगारी तथा साना व्यवसाय विभाग अन्तर्गतको परिवर्तन भैइराख्ने उक्त सूची, अस्ट्रेलियामा आवश्यक पर्ने जनशक्तिका आधारमा नियमित रूपमा अद्यावाधिक हुन्छ।

Hospitality worker Racheal Wellman was let go just three weeks into her new job when the coronavirus forced cafes closed.
Source: Supplied

अनि दोस्रो क्रममा तपाईंले निःशुल्क उपलब्ध रहेको - स्किल्सेलेक्ट सेवाको प्रयोग गर्दै एक्सप्रेसन अफ इन्ट्रेस्ट भनिने चासो अभिव्यक्त गरिने पत्र बुझाउनु पर्छ।

स्किल्सेलेक्ट सेवाले तपाईँको शिक्षा, कामको अनुभव, अङ्ग्रेजी भाषाको दक्षता र अन्य योग्यताको आधारमा सूचक अङ्क प्रदान गर्छ। भिसा अप्लाई गर्न कम्तीमा पनि तपाईँलाई ६५ अङ्क प्राप्त गर्नुपर्ने हुन्छ तर विभिन्न राज्य एवं प्रदेशका एजेन्सीहरूले आफूहरूलाई पायक पर्ने हिसाबले मनोनयन मापदण्डमा हेरफेर गर्न सक्नेछन्।

साथै, तपाईंले आफ्नो पेसामा दक्ष छु भनेर देखाउन उक्त पेसासँग सम्बन्धित मूल्याङ्कन निकायबाट आफ्नो पेसागत अनुभवको उपयुक्त मूल्याङ्कन गर्नुपर्ने हुन्छ।

स्किल्ड इम्प्लोयर स्पन्सर्ड रिजनल (प्रोभिजिनल) सबक्लास ४९४

Donato Cofano, membro dell'associazione italiana cuochi, ha dedicato il ristorante alla sua regione di nascita, la Puglia, e a quella di adozione, la Toscana
Source: SBS Italian - Dario Castaldo

यो भिसाका मार्फत रिजनल अस्ट्रेलियाका रोजगारदाताले आफूलाई आवश्यक पर्ने कामदारहरू स्थानीय बजारबाट प्राप्त गर्न नसके दक्ष आप्रवासीहरूलाई “स्पन्सर” गर्न सहयोग पुर्‍याउँछ।

यस भिसाका दुई प्रमुख हाँगाहरू छन्:-

  • इम्प्लोयर स्पन्सर्ड स्ट्रिम र
  • लेबर अग्रिमेन्ट स्ट्रिम।

इम्प्लोयर स्पन्सर्ड स्ट्रिमको हकमा तपाईँको रोजगारदाताले मनोनयन आवेदन दर्ता गर्नुपर्ने हुन्छ। यसरी मनोनयन दर्ता गर्ने रोजगारदाताहरूलाई तोकिएको कुनै रिजनल क्षेत्रमा “वर्क स्पन्सरशिप”का लागि पूर्व स्वीकृत प्राप्त हुनुपर्नेछ।

Cows in New Zealand
Source: AAP

लेबर अग्रिमेन्ट स्ट्रिम अन्तर्गत चाहिँ तपाईँको पेसा अस्ट्रेलिया सरकार तथा रोजगारदाताहरू बिच श्रम सम्झौतामा परेको हुनुपर्छ। त्यसरी सरकार एवं रोजगारदाताहरू बिच हुने सम्झौतामा तपाईँको पेसाको माग स्थानीय बजारमा उपलब्ध श्रम शक्तिले परिपूर्ति गर्न असमर्थ रहेको देखिनु पर्ने पुर्वशर्त रहेको छ।

हाल त्यस प्रकारको श्रम सम्झौतामा परेका केही उद्योगहरू यस प्रकार छन्:

  • दुग्ध (डेरी),
  • मत्स्य (फिशिंग),
  • मासु (मिट),
  • रेस्टुरेन्ट (फाइन डाइनिङ्ग)
  • बागबानी (हर्टिकल्चर)

इम्प्लोयर स्पन्सर्ड स्ट्रिम र लेबर अग्रिमेन्ट स्ट्रिम दुवैका लागि तपाईंले न्यूनतम अङ्ग्रेजी प्रवीणताको मापदण्ड पुरा गरेको र आफ्नो पेसा अनुसारको उपयुक्त दक्षता मूल्याङ्कन भएको हुनुपर्छ।

के रिजनल जानु सही निर्णय हो त?

Regional
Source: Pexels

तर, आफ्नो गाउँ ठाउँ छाडेर दूर दराजका क्षेत्रमा काम गर्न जानु कहिल्यै पनि कसैका लागि पनि सहज हुँदैन।

रोजगारीको कुरा मात्र होइन - जीवनशैली आदि सबै तपाईँका परिवारका सबै सदस्यका लागि सही हुनुपर्छ।

रिजनल अस्ट्रेलिया इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत ज्याक आर्चरको कुरा मान्ने हो भने रिजनल अस्ट्रेलियामा बसोबासको अनुभव त्यस स्थानको विशेषता र तपाईँको व्यक्तिगत गुणहरूमा भर पर्ने कुराहरू हुन्।

Happy mom and daughter stock photo - stock photo Mother, Child, Daughter, Girl, Real People, Modern, Lifestyle
Source: Getty Images

आर्चरका अनुसार रिजनल क्षेत्रमा आप्रवासीहरूका लागि महत्त्वपूर्ण मुद्दा भनेको स्थानीय जीवनशैलीमा घुलमिल हुनु हो।

“घर, काम र सामाजिक जीवन। यी सब कुराको उत्तिकै महत्त्व छ।”

स्किल्ड अकुपेशन लिस्टका बारे थप जानकारीका लागि यहाँ जानुहोस्।


Share

3 min read

Published

By Josipa Kosanovic



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now