अस्ट्रेलियामा बसोबास: भिसाको म्याद गुज्रन दिइयो भने के हुन्छ?

अस्ट्रेलियामा अस्थायी भिसा धारकहरू आफ्नो भिसाको म्याद सकिँदैमा आत्तिइहाल्नु पर्दैन तर समयमै उचित कदम चाल्न भने पर्छ।

¿Cuáles son los últimos cambios en la visa de trabajo post estudios en Australia?

Source: Getty Images

भिसाको म्याद सकिएपछि पनि अस्ट्रेलियामा नै बस्नुभयो भने तपाईँ गैरकानूनी गैर नागरिक हुनुभएको ठहर हुनसक्छ र देश निकालामा पर्न सक्नुहुन्छ।

यो त भयो, सिधा प्रश्नको सिधा जवाफ।

अझ केही गम्भीर मामिला त तपाईँलाई तीन वर्षसम्मका लागि अस्ट्रेलिया छिर्नबाट प्रतिबन्ध नै पनि लाग्न सक्छ।

अध्यागमन एजेन्टका रूपमा कार्यरत इमानुएला कनिनीका अनुसार भने चाहीं, थुप्रै मानिसहरूमा अस्ट्रेलियाको भिसा सक्किएको २८ दिनसम्म पनि उनीहरू यहाँ कानूनी रूपमा रहन सक्ने भन्ने त्रुटिपूर्ण विश्वास हुने गरेको छ।

"यो विल्कुलै सत्य होइन। भिसाको म्याद सकिएपछि त सकियो नि!," उनी भन्छिन्।

Bridging visa
Source: Getty Images

उता, अर्की अध्यागमन एजेन्ट तथा कानूनविद् अलेसा कोमान्दिनी भन्छिन् कि मानिसहरुले आफ्नो भिसा सकिएको २८ दिन पुग्नु अगावै समस्या समाधान गर्न खोजे, अलि सहज हुन्छ।

"यस्तो अवस्थामा पार्टनर भिसा वा स्टुडेन्ट भिसाको लागि आवेदन दिन सकिन्छ। अहिले त कोभिड-१९ महामारी अन्तर्गतको भिसाका लागि पनि आवेदन हाल्न मिल्छ," उनले भनिन्।

भिसा सकिएको २८ पनि कट्यो र यसबारे केही गरिएन भने चाहिँ त्यस्ता मानिसहरूसँग निकै थोरै मात्र विकल्प हुने कोमान्दिनी बताउँछिन्।

"कुनै-कुनै मामिलामा त, आफ्नो भिसाको म्याद गुज्रेको २८ दिन कटाएर पनि केही नगर्ने व्यक्तिहरूलाई तीन वर्षसम्म अस्ट्रेलियामा पुनः फर्किन नपाउने गरी प्रतिबन्ध लाग्न सक्छ," उनी भन्छिन्।

अलेसा कोमान्दिनीका अनुसार, ती २८ दिनपछि तपाईँ आफ्नै पहलमा अस्ट्रेलियाबाट प्रस्थान गर्नुभयो भने पनि, तपाईंले यहाँबाट हिँडेको तीन वर्षसम्म अस्ट्रेलियाको कुनै पनि भिसाका लागि आवेदन दिन पाउनुहुन्न।

यस्तो अवस्थाबाट बच्न, कोमान्दिनी भन्छिन् कि मानिसहरूले गृह मामिला विभागसँग ब्रिजिङ्ग भिसा ईको लागि निवेदन दिन सक्छन्।

"यो भिसासँगै आवेदकलाई अस्ट्रेलिया कानूनी रूपमा छाड्न समय मिल्छ र उनीहरूले यहाँको अध्यागमन कानुन मिच्दा हुने परिणामहरू - जस्तै कि एअरपोर्टमा पक्राउ हुनुपर्दैन।"

Australian Border Force
Source: ABF

"त्यसैले आफ्नो भिसाका नियमहरू बारे बुझ्न र यदि तिनका म्याद सकिएको छ भने २८ दिने समयावधि सावधानीपूर्वक गणना गर्न निक्कै महत्त्वपूर्ण हुन्छ," इमानुएला कनिनी भन्छिन्।

कनिनीले आफूकहाँ आउने अधिकांश मानिसहरू भिसाको म्याद नसकिएका हुने गरेको भएता पनि कहिले काहीँ भने उनीकहाँ भिसा नै नभएका ग्राहकहरू पनि आउने बताउँछिन्।

उनी भन्छिन् कि भिसाको म्याद गुज्रन दिने मानिसहरूमा प्राय: जसो भिजिटर भिसाका मानिसहरू हुने गरेका छन्।

तर, कहिलेकाहीँ विद्यार्थीहरूले पनि भिसाको म्याद गुज्रन दिने गरेको अनुभव सुनाउँछिन्, अध्यागमन एजेन्ट कनिनी।

"कहिले यो जानेरै हुन्छ, कहिले अनजान मै," उनी भन्छिन्।

र, कनिनीका अनुसार आफ्नो भिसाको म्यादका बारेमा थाहा पाउन त्यति गाह्रो पनि छैन।

visa grant notice
Source: DIAB

तपाईंले आफ्नो भिसा पाएको चिठ्ठीमा यसबारे स्पष्ट रूपमा उल्लेख भएको पाउन सक्नु हुन्छ। अथवा, गृह मामिला मन्त्रालयको भेभो पोर्टलमा गएर आफ्नो पासपोर्ट र भिसाको विवरण त्यहाँ हालेर पनि यस बारे बुझ्न सक्नुहुन्छ।

म आफू आएको देशमा फर्केर जाँदा उत्पीडनको सिकार हुन्छु डर भन्ने पक्का छ भने, तपाईंले आफ्नो भिसाको म्याद सकिएपछि पनि प्रोटेक्सन भिसाका लागि आवेदन दिन सक्नुहुनेछ।

कानूनी सल्लाहका लागि तपाईँलाई आर्थिक समस्या छ भने, आफ्नो स्थानीय "लिगल एड", इमिग्रेसन एडभाइस एन्ड राइट्स सेन्टर, असाइलम सीकर रिसोर्स सेन्टर लगायत सामुदायिक कानूनी परामर्श केन्द्रमा सम्पर्क राख्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि यी जानकारी उपयुक्त नहुन पनि सक्छ। आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो अध्यागमन एजेन्ट वा कानूनी सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।

Share

3 min read

Published

Updated

By Chiara Pazzano




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now