Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

“छुटेका सम्बन्धहरू”: पारिवारिक मिलन भिसाहरूको ढिलासुस्तीमा संसदीय छानबिन हुने

DAMA

पार्टनर र प्यारेन्ट भिसा जस्ता पारिवारिक मिलन भिसा प्राप्त गर्न लाग्ने लामो समय, भेदभाव र अन्य बृहद समस्याहरूको पहिचान र समाधान गर्ने उद्देश्यले संसदीय छानबिन हुने भएको छ ।


Published

Updated

By SBS News

Presented by Krishna Pokhrel

Source: SBS




Share this with family and friends


पार्टनर र प्यारेन्ट भिसा जस्ता पारिवारिक मिलन भिसा प्राप्त गर्न लाग्ने लामो समय, भेदभाव र अन्य बृहद समस्याहरूको पहिचान र समाधान गर्ने उद्देश्यले संसदीय छानबिन हुने भएको छ ।


द ग्रिन्सको पहलमा पारिवारिक पुनः मिलनका भिसाहरूमा हुने गरेको ढिलाइ र सुस्तताको विषयमा थप छानबिनका लागि संसद्मा समर्थन मिले पछि अब यो संसदीय छानबिनको विषय हुने भएको हो ।

हजारौँ अस्ट्रेलियालीहरूका लागि टाउको दुखाइको विषय बनेको पारिवारिक पुनः मिलन भिसामा हुने "ढिलाइ,भेदभाव र अन्य बृहद विषय" मा संसदीय समितिले छानबिन गर्नेछ ।

द ग्रिन्सका सांसद निक म्याकीम, जो पारिवारिक मिलन भिसामा पुनरावलोकनका लागि दबाब दिइरहेका छन्, उनी भन्छन् की वर्तमान प्रणालीका मुद्धाहरुको जाँच गर्नु जरुरी छ ।

“पारिवारिक पुनः मिलन अन्तर्गतका भिसा प्रणाली टुक्रिएको छ ,जसले हजारौँ मानिसहरू जो अस्ट्रेलियामा बसिरहेका छन् उनीहरूलाई गिराउने काम गरेको छ ।”

उनी भन्छन्, “दशकौँको प्रतीक्षा सुची,अत्यधिक शुल्क र जटिल प्रकीयाले धेरै मानिसहरू आफ्ना आफन्त जनबाट टाढा रहन बाध्य छन् ।”

“कुनै कुनै भिसाहरूमा ५० वर्ष लामो प्रतीक्षा समय राखिएको छ,जसले कुनै मतलब राख्दैन।”

उनी हालको प्रणालीमा गहिरो छानबिन गरी निष्पक्ष,किफायती र समय सान्दर्भिक बनाउनु जरुरी रहेको बताउँछन् ।

उक्त जाँचलाई लिगल एन्ड कन्स्टीच्यूसनल रिफ्रेन्स कमिटीले अगाडी बढाउनेछ ।

उक्त जाँचबुझ पक्रियामा लेबरले पनि साथ दिएको छ जहाँ, लेबर सांसद जुलीयन हिलले पारिवारिक एवम् पार्टनर भिसाले धेरै अस्ट्रेलियनहरू समस्यामा पारेको बताए  ।

“हजारौँ अस्ट्रेलियनहरू लिबरलको नराम्रो प्रबन्धनले गर्दा अलमलमा  छन्,” उनलेएसबीएस सँग भने ।

“झन्डै एक लाख मानिसहरू बषौ देखि आफ्ना पार्टनर सँग छुट्टिएका छन्, मिलनको पर्खाइमा छन् ।”

कोरोना भाइरस महामारी सँगै आप्रवासन कार्यक्रममा परिवर्तन आउँदा भिसा प्राप्त गर्ने समयमा पनि ढिलाइ भएको गृह मामला विभागले बताएको छ।

हालै मात्रै पार्टनर र प्यारेन्ट भिसा जस्ता पारिवारिक मिलनका भिसा प्राप्त गर्नका लागि अस्ट्रेलिया छाड्नु पर्ने नियममा सरकारले परिवर्तन गरेको छ । र सम्भवतः आउँदो शनिवारबाट यो नियम लागु हुनेछ ।

तर जुलीयन हिल यसलाई क्रूर किसिमको सुस्तता भएको व्याख्या गर्छन् । 

“स्कट मोरीसन कोभिड–१९ का कारण यो ढिलाइ भएको व्याख्या गर्छन् तर यो बषौ देखि चल्दै आइरहेको छ ।” उनले भने ।

“प्रणाली नै बिग्रिएको छ ।”

उनले पारिवारिक वा पार्टनर भिसामा समस्या भोगिरहेका सबैलाई यसमा सहभागी हुन अनुरोध गर्छन् ।

“लेबरको दबाब रहने जाँचमा पिटर ड्टनको ब्ल्याक होलमा थोरै भए पनि प्रकाश पार्ने काम हुनेछ,गृह मामला विभाग र लिबरलको अवैध ढिलाइ र कु प्रथाको पर्दाफास हुने अवसर मिल्नेछ ।” उनले भने ।

अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now