इन्फरमेसन टेक्नेलोजिमा पढाई सक्काएपछि अस्थायी बसोबास भिसा (टीआर) मा रहेका सुशान्त क्षेष्ठको भिसा म्याद गत वर्षको नोभेम्बरमा सकिँदै थियो ।
भिसा सक्कीएपछि सधैका लागि नेपाल फर्कने योजनामा रहेका उनलाई कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय सीमा बन्द हुँदा कसरी फर्कने भन्ने चिन्ता रहेको थियो ।
“टि आर भिसामा रहेकाले भिसाको म्याद सक्कीना साथ सधैका लागि नेपाल फर्कने तैयारीमा थिए," उनले भने।
"तर कोरोना महामारीका कारण सीमा बन्द हुँदा र कोरोना सर्ने हो की भन्ने डरका कारण भिसा थपौँ कि फर्कियौ भन्ने दोधारमा थिएँ।”

जब उनी अध्यागमन एजेन्ट कहाँ सल्लाहका लागि पुगे, उनले कोभिड–१९ महामारीका कारण भिसा सक्कीएर आफ्नो देश फर्कन नसकेकाहरुका लागि सरकारद्वारा कोभिड–१९ वर्ग अन्तर्गत बिना शुल्क नै भिसा आवेदन लिने गरेको थाहा पाए ।
“म काम गर्ने ठाउँ, सरकारले तोकेको अत्यावश्यक सेवा भित्र यो पनि पर्दो रहेछ," श्रेष्ठले भने।
"मेरो कम्पनीले सिफारिस लेखी दिए पछि,काम गर्ने अधिकार सहितको तीन महिने भिसा मैले प्राप्त गरें।"
कोभिडका कारण सीमा नाकाहरू नखुलेका कारण फर्कने वातावरण अझै नमिलेकाले फ्रेब्रुअरीको अन्त्यमा भिसा सकिने भए पनि पुनः सोही भिसाका लागि आवेदन दिने उनी बताउँछन् ।
सरकारले कोरोनाका कारण प्रभावित भई अस्ट्रेलियाबाट आफ्नो मुलुक फर्कन नसकेका अस्थायी भिसाधारीका लागि कोभिड–१९ वर्गमा पर्ने सब क्लास ४ सय ८ भिसा सेवा शुल्क नलिने गरी प्रदान गदै आइरहेको छ ।
अस्थायी रूपमा प्रदान गरिने यो भिसा तिन महिना देखि एक वर्ष सम्मको हुने अध्यागमन एजेन्टका रूपमा लामो समय देखि कार्यरत विवेक थापा बताउँछन् ।

“अस्थायी भिसामा रहेका जस्तै विद्यार्थी, पर्यटक, टीआर वा अन्य जुनसुकै भिसामा रहेको भए पनि टेम्पोररी एक्टीभीटी भनिने सब क्लास ४०८ भिसा हाललाई निःशुल्क गरिएको छ,” थापाले भने।
कतिपयलाई भिसा सकियो,फर्कनका लागि पनि अवस्था अनुकूल रहेको र्छैन भन्ने जस्तो लाग्छ भने कोभिड–१९ स्ट्रिम अन्तर्गतको यो भिसा निकै उपयोगी हुने उनी बताउँछन् ।
यसै गरी कोभिड–१९ का जोखिम युक्त क्षेत्र जस्तै बालबालिकाको स्याहार,एज्डकेयरहरु वा नर्सिङ्ग होमहरूमा कार्यरत कर्मचारी भए काम गर्ने अनुमति सहित भिसा प्राप्त हुने सम्भावना रहेको अध्यागमन एजेन्टहरू बताउँछन् ।
“यो भिसाका बारेमा नेपाली समुदायलाई त्यति धेरै थाहा नभएको मैले पाएँ," उनले भने।
"विद्यार्थी वा अन्य भिसाका लागि धेरै शुल्क लाग्ने भएकाले अस्थायी रूपमा अवस्था सामान्य नभएसम्म अस्ट्रेलियामा रहने हो भने, सरकारले दिएको यो अवसर उपयुक्त छ।"
सब क्लास ४ सय ८ भिसा अस्ट्रेलियामा अस्थायी रूपमा बसोबास गरेका र कोभिड–१९ का कारण घर फर्कन नसकेकाहरूका लागि सहज होस् भन्ने उद्देश्यले सन् २०२० अप्रिल ४ मा घोषणा भएको हो ।
कोभिड–१९ महामारी अन्तर्गत यो भिसा कसले प्राप्त गर्छ ?
अन्य कुनै भिसा नरहेको र कोभिड–१९ का कारण सीमा बन्द वा अन्य कारण अस्ट्रेलियाबाट आफ्नो मुलुक जान नसक्ने भएमा ।
अस्ट्रेलियामा संवेदनशील क्षेत्र जस्तै स्वास्थ्य,चाईल्ड केयर,अशक्तता एवम् एज्ड केयर,बालबालिकाको हेरचाहको क्षेत्र, कृषि क्षेत्र लगायतमा काम गर्ने अस्थायी भिसा धारकहरू ।
भिसा आवेदन कसले दिन मिल्छ?
गृह मामिला मन्त्रालयका अनुसार हाल अस्ट्रेलियामा रहेका र भिसाको म्याद २८ दिन भन्दा कम भएका मानिसहरूले आवेदन दिन सक्दछन् ।
अथवा भिसाको म्याद सकिएर गैर कानुनी भएकाहरू (२८ दिन भन्दा कम)ले पनि आबदेन दिन सक्दछन् ।
यो भिसा वकिल होलिडे भिसामा रहेकाहरू जसले अन्य भिसाका लागि आवेदन दिन सक्दैनन् उनीहरूले पनि आवेदन दिन सक्दछन् ।
शुल्क कति लाग्छ ?
यो भिसा आवेदन दिँदा कुनै शुल्क लाग्दैन ।
के तपाईँले यो भिसामा रहँदा काम गर्न पाउनुहुन्छ ?
सरकारले सवेंदनशित्र क्षेत्र भनेर घोषणा गरेका क्षेत्रका काम गरेकाहरूले काम गर्न पाउने अधिकार सहितको भिसा प्राप्त गर्न सक्नुहुन्छ ।
संवेदनशील क्षेत्र भन्नाले स्वास्थ्य क्षेत्र,चाईल्ड केयर,अशक्तता एवम् एज्ड केयर,बालबालिकाको हेरचाहको क्षेत्र,कृषि क्षेत्र लगायतमा काम गर्ने व्यक्तिहरू ।
यो भिसा कति समयका लागि लागु हुन्छ ?
यो भिसा तिन महिना देखि एक वर्षका लागि प्रदान गरिन्छ ।






