SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको भिसा मिलाउने भन्दै 'व्यापक ठगिमा संलग्न' पर्थकी एक महिलालाई जेल सजाय

अस्ट्रेलियाली सीमा बलका अनुसार मानिसहरुको सिमित अंग्रेजी भाषा क्षमता र अस्ट्रेलियाली भिसा प्रकृयाबारे कम ज्ञान रहेकाहरुलाई उक्त महिलाद्वारा ठगिएको थियो।

The Perth-based Chinese national who has been jailed.
The Perth-based Chinese national who has been jailed. Source: Supplied ABF

2 min read

Published

By Jarni Blakkarly

Presented by SBS Nepali

Source: SBS



Skip to article content

आफुलाई अध्यागमन एजेन्ट भनि "झुठो" प्रचार गर्दै मानिसहरुबाट लाखौँ डलर लिएको आरोपमा दोषी ठहर गर्दै एक ३८ वर्षीय महिलालाई साढे छ वर्षको जेल सजाय दिइएको हो।

चिनियाँ नागरिकता रहेकी उक्त पर्थ निवासीले आफ्ना ग्राहकहरु बाट तीन लाख डलर सम्म उठाएको आरोप रहेको थियो।

गृह मामिला विभाग अन्तर्गत रहेको सीमा सुरक्षा बलका अनुसार दर्ता नगरिएका भिसाका आवेदनहरुका लागि शुल्क लिएको, जसका कारण केही मानिसहरु भिसा बिना अस्ट्रेलियामा रहेको वा अस्ट्रेलिया प्रवेश गर्न नपाएको लगायत "व्यापक अध्यागमन ठगि" को आरोपमा उक्त महिलालाई दोषी ठहर गरिएको हो।

सरकारी अधिकारीहरुका अनुसार मानिसहरुको सिमित अंग्रेजी भाषा क्षमता र अस्ट्रेलियाली भिसा प्रकृयाबारे कम ज्ञान रहेकाहरुलाई उक्त महिलाद्वारा ठगिएको हो।

आरोपित महिलाले गृह मामिला बिभागको जस्तो देखिने नक्कली कागजपत्र प्रयोग गर्दै आवेदकहरुले भिसा पाएको झुठो जानकारी दिएको पनि बताइएको छ।

अस्ट्रेलियाली सीमा बल वा एबीएफ का अपरेशन कमाण्डर जेम्स कोपम्यान भन्छन, "देशको आप्रवासी कार्यक्रमको संरचनालाई बलियो राख्नु हाम्रो समुदाय र यसका सदस्य बन्न चाहनेहरुका लागि धेरै महत्वपूर्ण रहेको छ।"

दोषी ठहर गरिएको महिलालाई साँढें चार वर्ष भन्दा अगाडी जमानतमा जेलबाट रिहा गर्न नसकिने र उनीबाट पीडित भएकाहरुलाई कुल १ लाख ८८ हजार २३५ डलर तिर्न पनि आदेश दिइएको छ।

एबीएफका अनुसार भिसा ठगिमा परेका धेरै मानिसहरु विदेशमा रहेकाले उनीहरुको पहिचान गर्न सकिएन।

अस्ट्रेलियामा आधिकारिक रूपमा दर्ता भएका मानिसहरुले मात्र एक माइग्रेशन एजेन्टको रूपमा काम गर्न पाउने नियम रहेको छ।

यस अन्तर्गत अवैध रूपमा मानिसहरुको भिसा सम्बन्धि काम गर्नेहरुबारे जानकारी गराउन पनि अध्यागमन बिभाग द्वारा आग्रह गरिएको छ। रिपोर्ट गर्न बोर्डर वचलाई australia.gov.au/borderwatch मा सम्पर्क गर्न सकिने छ।

अध्यागमन एजेन्टहरूले पालना गर्नुपर्ने आचार संहितामा ग्राहकसँगको एजेन्टहरूको व्यवहार, शुल्क र जानकारी सङ्कलन गर्ने लगायतका मापदण्ड रहेका छन्।

आफूले प्रयोग गर्न चाहेको अध्यागमन एजेन्ट दर्ता अवस्थाबारे बुझ्न गृह मामिला विभागको यो लिङ्कमा हेर्नुहोस्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now