Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियामा बसोबास: कसरी बन्ने स्वयम् सेवी अग्नि नियन्त्रक?

Many of the volunteers are temporary workers

अस्ट्रेलियाले यस वर्षको जस्तो खराब डडेलो सङ्कटबाट गुज्रिएको बेला २ लाख ६० हजार निस्स्वार्थ स्वयम् सेवी अग्नि नियन्त्रकहरूको सहायता बिना यो अवस्थाबाट निस्कन असम्भव हुन्छ। कसरी बन्न सकिन्छ त स्वयम् सेवी अग्नि नियन्त्रक ?


Published

Updated

Source: SBS



Share this with family and friends


अस्ट्रेलियाले यस वर्षको जस्तो खराब डडेलो सङ्कटबाट गुज्रिएको बेला २ लाख ६० हजार निस्स्वार्थ स्वयम् सेवी अग्नि नियन्त्रकहरूको सहायता बिना यो अवस्थाबाट निस्कन असम्भव हुन्छ। कसरी बन्न सकिन्छ त स्वयम् सेवी अग्नि नियन्त्रक ?


अग्नि तथा आकस्मिक सेवाको राष्ट्रिय परिषद्ले अझै धेरै भिन्न समुदायबाट फरक फरक सांस्कृतिक पृष्ठभूमिका स्वयम् सेवी अग्नि नियन्त्रकहरू खाँचो रहेको भन्दै बहु सांस्कृतिक समुदायलाई सहयोग गर्न आग्रह गरेको छ।

अस्ट्रेलियाको बोलीचालीमा 'फ़ाइरिज' भनिने अग्नि नियन्त्रकहरू अस्ट्रेलियाली सामुदायिक बनावटको अत्यन्त महत्त्वपूर्ण हिस्सा हुन्। ती मध्ये धेरै जस्तो स्वयम् सेवी हुन्छन् जसले आफ्नो समय समुदायको सुरक्षाका लागी खर्चिने गर्दछन्।

Volunteer fire fighters on duty at Menai Rural Fire Service Station, in Sydney.
Volunteer fire fighters on duty at Menai Rural Fire Service Station, in Sydney. Source: AAP

यसरी स्वयम् सेवी अग्नि नियन्त्रक बन्न निकै सिधा प्रक्रिया हुने ४० वर्षीय वाइनी वाल्टिसबल बताउँछन्।

क्विन्सल्याण्ड अग्नि तथा आकस्मिक सेवाका अग्नि नियन्त्रकहरूका प्रमुख वाल्टिसबल ब्रिसबेनको ग्रामीण अग्नि सेवाको व्यवस्थापक समेत हुन्।

र उनी स्वयम् सेवी अग्नि नियन्त्रक बन्ने प्रक्रियाबारे यसो भन्छन्, "ब्रिगेड भएको क्षेत्रको नजिक बसोबास गर्नु निकै महत्त्वपूर्ण हुन्छ। र ब्रिगेडमा गएर आफू पनि त्यहाँको हिस्सा हुन चाहेको बताउनु पर्छ।"

त्यसलाई स्वीकृत गर्न इच्छुक व्यक्तिको पृष्ठभूमिको जाँच गरिन्छ र उक्त कामको लागी सो व्यक्ति कति उपयुक्त छन् भन्ने परीक्षण गरिन्छ। र एक पटक स्वीकृति प्राप्त गरिसके पछि कुनै घटनामा पठाउनु पूर्व महिनौँ लामो तालिम दिइन्छ।

NSW Rural Fire Service fighters establish a backburn  in Mangrove Mountain.
Source: AAP

"यो अत्यन्त कठिन काम हो। यो निकै कडा हुन्छ र डडेलो निकै खतरनाक हुन्छ र तपाइले यस्तो कुराहरू देख्नु हुन्छ जुन सामान्य हुँदैनन्।"

त्यसैले उनी सबैलाई यो निर्णय लिनु पूर्व यसका बारेमा राम्रो सँग ध्यान दिन आग्रह गर्छन् र यो एक पटकमा सकिने कुरा नभएको भन्दै मानिसहरूमा यसलाई लिएर धैर्य हुन जरुरी रहेकोमा पनि जोड दिन्छन्।

३१ एजेन्सीहरूको प्रतिनिधित्व गर्ने अग्नि तथा आकस्मिक सेवाको राष्ट्रिय परिषद् (ए-फ्याक) का प्रमुख कार्यकारी अधिकृत स्टुआर्ट एलिस भन्छन् ब्रिगेडहरूलाई दैनिक कार्य सम्पादनका लागी भिन्न सिपहरू भएका थप स्वयम् सेवकहरूको आवश्यकता रहेको छ।

पछिल्लो जनगणनाका अनुसार ४९ प्रतिशत अस्ट्रेलियालीहरू विदेशमा जन्मिएका वा कम्तीमा पनि एक अभिभावक विदेशमा जन्मिएको पाइन्छ। र पाँच मध्ये एक जनाले घरमा अङ्ग्रेजी बाहेकको भाषा प्रयोग गर्दछन्।

एक अग्नि तथा आपत्कालीन समूह सम्बन्धी रिपोर्टमा उल्लेख गरिए अनुसार ब्रिगेडहरूमा लैङ्गिक र सांस्कृतिक विविधता आवश्यक रहेको देखाएको छ।

देशको आधि जनसङ्ख्या ओगटेका महिलाहरू दमकल सेवामा भने तलबमा वा स्वयम् सेवकका रूपमा पनि २० प्रतिशत मात्र स्थान ओगट्छन्।

एलीस सांस्कृतिक र भाषिक विविधता बोकेका समुदायका सदस्यहरूलाई अगाडी आउन प्रोत्साहित गर्छन्।

वाल्टिसबल पनि आप्रवासी समुदाय बढी बसोबास गर्ने क्षेत्रमा काम गर्दा बहु भाषिक अग्नि नियन्त्रकहरूको उपस्थिति फ़ाइदजनक हुनेमा जोड दिन्छन्।

Fire Fifgters
Source: SBS

फ्रान्समा जन्मिएकी भर्जिनिया इस्ट्वूड ११ वर्ष देखि अस्ट्रेलियामा बसोबास गर्दै आएकी छन्। र उनी क्विन्सल्याण्डको माउन्ट किल्कोय स्यान्डी क्रिक ग्रामीण अग्नि ब्रिगेडमा आफ्नो श्रीमान् जोडिए पछि उनले पनि स्वयम् सेवी अग्नि नियन्त्रक बन्ने निर्णय गरिन।

उनी भन्छिन् , "अनि मैले चाहिँ किन नगर्ने त भन्ने लाग्यो। यसले गर्दा मैले आफ्नो समुदायलाई सहयोग गर्न पाउँछु र यसको हिस्सा भएर अरू मान्छेहरूसँग पनि भेट्न सक्छु।"

इस्ट्वूड भन्छिन् दुई साना बच्चाहरूको आमा हुनु र स्वयम् सेवक अग्नि नियन्त्रक हुनु सजिलो कुरा होइन। तर उनी आफ्नो परिवार र समुदाय बाट पनि सहयोग मिल्ने गरेकोमा निकै कृतज्ञ छिन।

ग्रामीण क्षेत्रमा बसोबास गर्ने भएर परेको समयमा साथी भाइहरूले पनि आफ्नो बच्चा हेरिदिने र आफू जान नमिल्दा श्रीमान् जाने भएकाले उनी धेरै सहज महसुस गर्दछिन्।

इस्ट्वूडले ब्रिसबेन छाडेर ग्रामीण क्विन्सल्याण्डमा बसोबास गर्न थालेको ३ वर्ष भयो भने स्थानीय ब्रिगेडमा स्वयम् सेवक भएको एक वर्ष भयो। उनी उक्त कार्यबाट आफूलाई धेरै आत्म सन्तुष्टि मिल्ने बताउँछिन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now