सरकारी अस्पतालहरूमा दन्त्य, आकस्मिक शल्यक्रिया लगायत अन्य धेरै उपचारमा लामो समय पर्खनु पर्ने भएका कारण पनि मानिसहरूले निजी स्वास्थ्य बिमा लिने गरेका छन्।
मेडीकेयरले साधारण चिकित्सकसँगको जाँच, सरकारी अस्पतालहरूमा भर्ना र उपचार तथा औषधि लाभ योजना अन्तर्गत प्रायजसो औषधिहरूको भारलाई थेग्ने गर्दछ ।
अस्ट्रेलियाली नागरिक र स्थायी बासिन्दाका अलावा पार्टनर, शरणार्थी र अन्य केही भिसा भएकालाई पनि मेडिकेयर उपलब्ध रहेको छ।
तर, मेडीकेयरमा एम्बुलेन्स सेवा, चस्मा, कनट्याक्ट लेन्स, ओस्टीयोप्याथी भनिने हाड-जोर्नी सम्बन्धी रोगका उपचार जस्ता सेवाहरू पर्दैनन् ।
मिलोस् मिलीस्वाजीउच, मेडीबैंकका ग्राहक नीति सम्बन्धी एक वरिष्ठ कार्यकारी हुन्।

उनी भन्छन् कि निजी बिमाको भूमिका, अस्टेलियालीहरूलाई विकल्प प्रदान गर्नु र, सार्वजनिक स्वास्थ्य प्रणालीमा रहेको दबाबलाई केही हदसम्म थेग्नु हो ।
इलेक्टीभ सर्जरी भनिने आकस्मिक बाहेकका स्वैच्छिक शल्यक्रियामा सरकारी स्वास्थ्य प्रणालीमा निकै लामो प्रतीक्षा समय रहन सक्छ ।
निजी स्वास्थ्य बिमा भएको खण्डमा यस्ता शल्यक्रियाहरू एकदमै कम समय भित्र गर्न सकिन्छ ।
निजी बिमा गर्दा तपाईँले आफूले रोजेको चिकित्सक सँग स्वास्थ्य सेवा लिने विकल्प पनि प्रदान हुने गर्दछ ।
मिलोस् मिलीस्वाजीउचका अनुसार निजी स्वास्थ्य सेवाले उपभोक्ताहरूलाई धेरै लाभ दिन्छ ।
रिपोर्ट सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
तपाईँको खल्तीबाट जाने अतिरिक्त रकम
निजी बिमाको ग्राहक बन्दा, बिमा बापतको शुल्क बाहेक पनि एक्सेस फी भनिने उपचार गर्दा तिर्नु पर्ने निश्चित रकम पनि तपाईँको खल्तीबाट खर्च हुन सक्छ ।
यो रकम तपाईँले हरेक पल्ट उपचार गर्दा तिर्नु पर्ने हुन्छ ।
उपचार गर्दा तिर्नु पर्ने एक्सेस भनिने रकमलाई बढाउँदा तपाईँले मासिक वा साप्ताहिक रूपमा तिर्नु पर्ने बिमा बापतको रकम भने कम गर्न सकिन्छ ।
यस्तै ग्याप फी भनिने तपाईँको उपचार गर्दा चिकित्सकले लिने रकम र बिमा गर्दाका बिचको रकमको भिन्नता पनि तपाईँले तिर्नु पर्ने हुन्छ ।
यो रकम पनि तपाईँकै खल्तीबाट जाने भएकाले यो पनि अतिरिक्त रकम भित्र पर्दछ ।

उत्ता मीम, च्वाईस नामक संस्थाका लागि वरिष्ठ पत्रकार एवम् निजी स्वास्थ्य बिमा विशेषज्ञ हुन् ।
उनी भन्छिन्, "अस्पताल र अतिरिक्त अन्तर्गतको निजी बिमा खरिद गर्दा, आफ्ना लागि के उपयुक्त हुन्छ भनी खोज्नु,हेर्नु र विकल्पहरूका बिचमा छान्नु उपयुक्त हुन्छ।"
सबै मानिसले आवश्यकता भएर मात्र निजी बिमा लिएका हुँदैनन्, कसै-कसैले आयकर बापतको मेडीकेयर लेभी तिर्नबाट बच्न पनि, बिमा योजना लिएका हुन्छन् भन्छिन् मीम्।
युटिङ्ग झाङ्ग मेलबर्न विश्वविद्यालय अन्तर्गतको हेल्थ इकोनोमिक्स वा स्वास्थ्य अर्थशास्त्रकी प्राध्यापिका हुन् ।
झाङ्गका अनुसार सरकारले मानिसहरूलाई निजी बिमा लिनका लागि प्रोत्साहित गर्ने गर्दछ।
अस्ट्रेलियामा बस्ने अधिकांश मानिसहरूले ३१ वर्ष पुग्दासम्म मानिसहरूले निजी बिमा योजना नलिए, उनीहरू पछि बिमा लिँदा भने थप आर्थिक व्ययभार बोक्नुपर्ने पनि उनी स्पष्ट पार्छिन्।

प्राध्यापिका झाङ्गका अनुसार सरकारी प्रोत्साहनको उद्देश्य, तपाईँ बिरामी हुँदा, अस्पतालहरूमा सेवाका लागि कुर्नुपर्ने समय कम गर्नु हो ।
तर यसो भइरहेका खासै प्रमाणहरू देखिएका छैनन् ।
यसो हुनुमा धेरै मानिसले निजी बिमा हुनुका बाबजुद स्वास्थ्य उपचारमा त्यसको प्रयोग गर्नु हो ।
तर निजी स्वास्थ्य बिमा किन्ने कि नकिन्ने भन्ने सन्दर्भमा भने प्राध्यापक झाङ्ग बिमा गर्दा हुने उपयोगिताका बारेमा आफूले मूल्याङ्कन गर्नु पर्ने बताउँछिन् ।
यदि बिमा प्रयोग गर्नु हुन्न भने चाही तपाईँको आर्थिक परिस्थितिलाई यसले कस्तो फाइदा वा घाटा पुर्याउँछ यसका बारेमा निर्णय लिन अनुरोध गर्छिन्।
तर याद राख्नु होला,अस्ट्रेलिया एम्बुलेन्स सेवा खरिद नगरेसम्म वा बिमामा समावेश नभए सम्म तपाई एम्बुलेन्स सेवा निःशुल्क रूपमा लिन पाउनुहुन्न ।
राज्यको एम्बुलेन्स सेवा मार्फत पनि तपाईँले सेवा सदस्यता किन्न सक्नुहुन्छ ।











