तपाईँको स्थानीय क्षेत्रमा कति जनाले कोभिड-१९ खोप लगाएका छन्?

अस्ट्रेलियामा प्रतिबन्धहरू हट्नका लागि धेरै भन्दा धेरै मानिसहरूले कोरोनाभाइरस खोप लगाई रहेको समयमा, तपाईँको स्थानीय क्षेत्रको अवस्थाका बारेमा हेर्न सक्नु हुन्छ।

A snapshot of the data taken in September 2021.

A snapshot of the data taken in September 2021. Source: SBS News

हाल अस्ट्रेलियामा थुप्रै मानिसहरूको मनमा यही एउटा प्रश्न खेलिरहेको छ: लकडाउन भन्दा अगाडिको सामान्य जीवन कहिले फिर्ता आउने छ?

यो प्रश्नको उत्तर, देशको कोरोना भाइरसको खोप दरको लक्ष्यमा भर पर्दछ। 

यस वर्षको अन्त्यसम्म देशभर ८० प्रतिशत मानिसहरूले खोप लगाइसक्ने अनुमान गरिएको छ। 

अस्ट्रेलियामा १६ वर्ष र त्यस भन्दा बढी उमेर भएका आधा भन्दा बढी जनसङ्ख्याले खोपको दुवै डोज लगाएका छन् भने, लगभग ७६ प्रतिशतले पहिलो डोज लगाइ सकेका छन्। 

तपाईँको क्षेत्रलाई तल खोज्नु होस्। यो तथ्याङ्क साप्ताहिक रूपमा अपडेट गरिन्छ। 

प्रत्येक राज्यको अवस्था कस्तो छ?

२६ सेप्टेम्बर २०२१ अनुसार, अस्ट्रेलियन क्यापिटल टेरिटोरी पहिलो स्थानमा रहेको छ। उक्त प्रदेशमा १६ वर्ष र त्यस भन्दा बढी उमेरका ६१ प्रतिशत बासिन्दाहरूले खोपको दुवै डोज लगाइ सकेका छन्। 

न्यु साउथ वेल्समा ७० प्रतिशत बासिन्दाहरूले पूर्ण रूपमा खोप लगाए पछि प्रतिबन्धहरू खुकुलो गर्ने घोषणा गरेको छ। उक्त राज्यमा ८५ प्रतिशत भन्दा बढीले खोपको एउटा डोज लागेका छन्, र ६० प्रतिशतले दुवै डोज लगाएका छन्।

तास्मेनियाले नोभेम्बर महिनाको सुरुवात सम्म ८० प्रतिशत खोप लगाएका मानिसहरूको लक्ष पूरा गर्ने योजना राखेको छ, र अहिले सम्म ५६ प्रतिशत योग्य तास्मेनियालीहरूले दुवै डोज लगाएका छन्। 

भिक्टोरियाको मेलबर्नमा ७० प्रतिशत मानिसहरूले पूर्ण रूपमा खोप नलगाए सम्म लकडाउन कायम राखिने छ। 

भिक्टोरियासाउथ अस्ट्रेलियामा ४७ प्रतिशत १६ वर्ष भन्दा माथिका मानिसहरूले खोप लगाएका छन् भने, क्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियामा उक्त दर ४५ प्रतिशत रहेको छ। 

नर्दन टेरिटोरीमा ५१ प्रतिशतले खोपको दुवै डोज लगाएका छन्।

७० प्रतिशत किन?

प्रतिबन्धहरू हटेर जीवन सामान्य हुनका लागि राज्यमा नेताहरूले भाइरससँग जिउन सिक्नु पर्ने प्रधान मन्त्री स्कट मोरिसनले बताएका हुन्। 

देश सधैँ लकडाउनमा रहन नसक्ने, र ७० प्रतिशत बासिन्दाहरूले खोप लगाए पछि अवस्थामा परिवर्तन आउने उनको भनाइ छ। 

"एउटा समयमा हामीले मोड बदलिनु पर्छ, र स्वास्थ्यकर्मीहरूको सल्लाह अनुसार हामीले ७० प्रतिशतको लक्ष हासिल गरेपछि मात्र मोड बदलिनु पर्छ," प्रधान मन्त्री मोरिसनले बताएका हुन्।

थप जानकारीका लागि भ्याक्सिन इन फोकसमा हेर्न सक्नु हुन्छ। 

केन मेकलियडद्वारा अन्तरक्रियात्मक भाग। जोनो डेलब्रिजद्वारा प्रमुख चित्र।


Share

2 min read

Published

Updated

Presented by SBS Nepali

Source: SBS News




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now