Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियामा बसोबास: अहिले सामान किनेर पछि पैसा तिर्ने सुविधामा लुकेका जोखिम

ZIP

Zip signage is seen on a storefront in Sydney Source: AAP

विगत केही वर्ष यता अस्ट्रेलियामा सामान पहिले किनेर, किस्तामा पैसा तिर्ने योजनाहरू निकै लोकप्रिय हुँदै आइरहेका छन्।


Published

Updated

Source: SBS




Share this with family and friends


विगत केही वर्ष यता अस्ट्रेलियामा सामान पहिले किनेर, किस्तामा पैसा तिर्ने योजनाहरू निकै लोकप्रिय हुँदै आइरहेका छन्।


आर्थिक वर्ष २०१८/१९ मा मात्र यसरी सामान किन्न अस्ट्रेलियावासीहरूले ५.६ अर्ब डलर खर्च गरेको बताइएको छ।

तर, यस्ता “बाई नाउ, पे लेटर” सुविधा दिने थुप्रै कम्पनीहरूबाट सेवा लिएर उधारोमा एकै समय धेरै सामानहरू किन्दा मानिसहरूले आफ्नो आय-व्ययको सन्तुलन मिलाउन नसकी चरम आर्थिक परिस्थितिको सामना पनि गर्नुपर्ने जोखिम बढ्दै गएको बारे चिन्ताहरू व्यक्त गर्न थलिएको छ।

तपाईँलाई नयाँ जिन्स पाइन्ट वा स्मार्ट घडी किन्न मन लाग्यो र खल्तीमा पैसा छैन भने ब्याज अनि थुप्रै कागजातमा सही नगरीकनै किस्तामा रकम भुक्तानी गरेर त्यस्ता खरिदका लागि सहयोग पुर्‍याउने थुप्रै सेवाहरू हाल अस्ट्रेलियामा उपलब्ध छन्।

अस्ट्रेलियन सेक्युरिटिज एन्ड इन्भेस्टमेन्ट कमिसन वा एसीक नामक अस्ट्रेलियामा आर्थिक लगानी सम्बन्धी नियामक संस्थाका अनुसार आर्थिक वर्ष २०१८/१९ मा मात्र, करिब अढाई करोड जनसङ्ख्या भएको अस्ट्रेलियामा यस्ता “बाई नाउ, पे लेटर” सेवा प्रदायकहरूसँग  ६० लाख भन्दा बढी सक्रिय खाताहरू थिए।

Afterpay rival Klarna
Afterpay rival Klarna Source: KLARNA

फियोना गुथरी, फाइनान्सिएल काउन्सेलिङ अस्ट्रेलियाकी प्रमुख कार्यकारी हुन्। 

उनले यस्ता उधारोमा सामान किन्न मिल्ने सेवा नियमन हुनुपर्ने बारे लगातार आवाज उठाउँदै आइरहेकी छिन्। 

ब्याज मुक्त रूपमा किस्ता बुझाउन पाइने भएकाले किनमेल गर्ने मानिसहरू माझ यस्ता सेवा औधी लोकप्रिय  त छन् तर समयमै भुक्तानी नभए चाहिँ चर्को शुल्क बुझाउनुपर्ने हुन्छ।

गुथरी, श्रुत र रब्सनका भनाईहरू सहितको पुरा रिपोर्ट सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसीकले गत सालको नोभेम्बर महिनामा जारी गरेको एक रिपोर्ट अनुसार अघिल्लो १२ महिनाका क्रममा २१ प्रतिशत क्रेताले किस्ता बुझाउनुपर्ने समय सीमा नाघेकाले “लेट फी” अन्तर्गतको जरिमाना तिर्नुपरेको थियो।

नेश्नल डेट हेल्पलाइन भनिने राष्ट्रिय ऋण टेलिफोन सहयोगमा कार्यरत क्यानबेराकी डेब श्रुत एक आर्थिक परामर्शदाता हुन्। 

उनी भन्छिन् कि फरक-फरक बाई नाउ, पे लेटर सेवा प्रदायकहरूको भिन्न-भिन्नै शर्तहरू रहेका हुन्छन्।

मानिसहरू आफूले सोचेको भन्दा बढी रकम तिर्ने चङ्गुलमा फस्न सक्ने बताउँछिन् गुथरी र त्यो उनीहरूको क्रय क्षमताभन्दा बाहिरको कुरा समेत हुन सक्ने उनको भनाई छ। 

श्रुत भने यस्ता थुप्रै सेवा लिने मानिसहरूले पछि घर वा गाडी किन्न ब्याङ्क ऋण लिन जाँदा समस्या हुनसक्ने बताउँछिन्।

AfterPay
Source: Abhas Parajuli

डेब श्रुत जस्तै नेश्नल डेट हटलाइनमा कार्यरत एक अर्की आर्थिक परामर्शदाता कर्स्टी रब्सनका अनुसार बाई नाउ, पे लेटर सेवा लिने उपभोक्ताहरूसँग सरकारद्वारा प्रत्याभूत गरिएका थुप्रै सुरक्षाहरू उपलब्ध हुँदैन।

एसीकको उक्त रिपोर्टले भने आफ्नो किस्ता बुझाउन असमर्थ रहेका मानिसहरूले अत्यावश्यक कुराहरू जस्तै कि खानामा कटौती वा अरू बिल र घर भाडा तिर्न थप ऋण लिनुपरेको पाएको थियो। 

रब्सन भन्छिन् उनी यस्ता मामिलाहरू प्राय: देख्छिन्।

र, उनका अनुसार यस्तो अवस्थामा पर्ने मानिसहरूको सङ्ख्या दिनानुदिन वृद्धि हुने क्रम जारी छ।

यस्तो अफ्ठेरो स्थितिको सामना गरिरहेका वा आफ्नो ऋण प्रबन्धन गर्न गाह्रो भइरहेका मानिसहरूलाई कर्स्टी रब्सन सहायता खोज्न सुझाव दिन्छिन्। 

तपाईँले यसबारे थप जानकारी सरकारको मनिस्मार्ट वेबसाइटमा पाउन सक्नुहुन्छ।

 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now