पैसाको कमीका कारण २४ प्रतिशत अस्ट्रेलियाली महिलाहरु महिनावारीका सामग्री किन्न असक्षम

विश्वमै पहिलो पटक गरिएको एक सर्वेक्षणमा अस्ट्रेलियामा महिनावारीको समयमा प्रत्येक पांच मध्ये एक महिलाले सामना गर्नुपरेका आर्थिक समस्या र रजस्वलाबारे रहेका नकारात्मक बिचारबारे उजागर गराएको छ।

Campaigners and activists rally outside Scottish Parliament in support of a government bill to tackle period poverty in February 2020.

Campaigners and activists rally outside Scottish Parliament in support of a government bill to tackle period poverty in February 2020. Source: Getty Images

धेरै अस्ट्रेलियाली महिलाहरुले आफ्नो महिनावारीको समयमा ट्वाइलेट पेपर, मोजा लगायत अन्य अनुपयुक्त विकल्पहरुको प्रयोग गर्न बाध्य भएको एक नयाँ अध्यनले देखाएको छ।

महिलाहरुको सहायतामा कार्यरत रहेको शेयर दि डिग्निटी नामक एक च्यारिटी द्वारा गरिएको उक्त अध्यनमा १ लाख २५ हजार अस्ट्रेलियालीहरुको सहभागिता रहेको थियो।

जसका साथ् सर्वेक्षणमा संलग्न प्रत्येक पांच मध्ये एक महिलाले रजस्वलाको समयमा पैसा नभएका कारण महिनावारी अन्तर्गतका सामाग्रीहरु किन्न नसकेको दि पिरियड प्राइड नामक रिपोर्टमा बताइएको छ।

सर्वेक्षणका झन्डै पचास प्रतिशत सहभागीहरुले उपयुक्त सामग्रीको कमीका कारण चार घण्टा भन्दा बढी समयका लागि प्याड वा ट्याम्पोन लगाउन बाध्य भएको पनि स्वीकार गरेका छन्।

शेयर दि डिग्निटी कि संस्थापिका र प्रबन्ध निर्देशक पनि रहेकी रोशेल कोर्ट्ने भन्छिन् थप सेनिटरी सामग्री किन्ने पैसा नभएका कारण यति धेरै महिलाहरुले आफ्नो ज्यानलाई जोखिममा राखिरहेकोबारे जानकारी पाउदा आफु एकदमै चिन्तित भएकी छन्।

"अस्ट्रेलियालाई एक भाग्यमानी राष्ट्र भनिएतापनि हामीले २४ प्रतिशत महिलाहरुले आफ्नो महिनावारीको समयमा आधारभूत सेनिटरी सामग्री प्रयोग गर्न नपाएको देख्यौं," उनले भनिन्।

ग्रामिण भिक्टोरियामा बस्ने जेसिका (नाम परिवर्तन गरिएको) भन्छिन् आफु तेह्र वर्षको हुँदा पहिलो पटक रजस्वला भएको थियो। तर आफ्नी आमाले सेनिटरी प्याड उपलब्ध नगराएको कारण ठुलो समस्याको सामना गर्नुपरेको उनि बताउछिन्।

"मेरो दोश्रो महिनावारी पछि दराजमा एउटा पनि प्याड बाँकी रहेको थिएन। घरमा यसबारे खुलेर बोल्ने माहोल पनि नरहेकोले मैले जे भेटिन्छ त्यसैले काम चलाउँथे।"

"मैले रुमाल पट्टाएर कट्टुमा राख्थें," जेसिका भन्छिन्।

Sanitary towels in coloured wraps
Periods and menstruation is a taboo topic. Source: Getty Images

अर्कोतर्फ शेयर दि डिग्निटी द्वारा गरिएको सर्वेक्षणमा सहभागी भएका झन्डै ४० प्रतिशत महिलाले आफ्नो महिनावारीको समयमा काममा नगएको बताएका छन्।

झन्डै ४० प्रतिशतले आफ्नो महिनावारीबारे आफ्नो काममा गोप्य राख्न सक्दो प्रयास गर्ने पनि बताएका छन्।

महिनावारीको समयमा काममा नजान सन्चो नभएको बताउने सर्वेक्षणका सहभागीहरुको भनाइ छ।

रजस्वलाबारे नकारात्मक सोंच अन्त्य गर्न सात वर्षका बालबालिकाहरुका लागि पनि स्कूलमा यसबारे पढाइनुपर्ने बताउछिन रोशेल कोर्ट्ने।

"हाम्रो अध्यनमा ७ देखि १० वर्षीय बालिकाहरुमा पनि रजस्वला हुने देखिएको छ। तर स्कूलहरुमा यसबारे ११ वर्ष उमेर पुगेका विद्यार्थीहरुका लागि मात्र पढाइएको छ।"


Share

2 min read

Published

Updated

By Emma Lawson, SBS Nepali

Source: SBS



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now