Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

विवादित बनेको आफ्ना केही फोटोहरू बारे अभिनेत्री प्रियङ्का कार्की यसो भन्छिन्

Nepali Artist Priyanka Karki

नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री प्रियङ्का कार्कीले सामाजिक सञ्जालमा आफ्नो गर्भावस्थाको फोटोहरू राखे लगत्तै केहीले यस हप्ता त्यसको विरोध र केहिले समर्थनमा बोलेका छन्। यसै सन्दर्भमा गिरिश सुवेदीले प्रियङ्का कार्कीसँग गरेको कुराकानी।


Published

Updated

By गिरिश सुवेदी

Source: SBS




Share this with family and friends


नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री प्रियङ्का कार्कीले सामाजिक सञ्जालमा आफ्नो गर्भावस्थाको फोटोहरू राखे लगत्तै केहीले यस हप्ता त्यसको विरोध र केहिले समर्थनमा बोलेका छन्। यसै सन्दर्भमा गिरिश सुवेदीले प्रियङ्का कार्कीसँग गरेको कुराकानी।


सञ्चार माध्यममा पनि चर्चाको विषय बनेको ती तस्बिरहरुमा अभिनेत्री प्रियङ्का कार्कीले लगाएको लुगा र देखाइएको विषयवस्तुहरू अलि ‘भल्गर’ भएको भनेर आलोचना भएपछि कार्कीको उक्त कदमको उनका समर्थकहरुले बचाउ पनि गरेका छन्।

प्रियङ्का कार्कीसँगको कुराकानीका सारांश:

यसको बारेमा आएका नकारात्मक टिप्पणीहरूलाई कसरी सामना गरिरहनुभएको छ?

म यसलाई खासै सामना नै गर्दिन। प्रायजसो म आफूलाई प्रेम र सद्भावपूर्वक प्रतिक्रिया दिनेलाई जवाफ दिन्छु र वहाँहरूको प्रतिक्रियालाई पढ्ने र मनन गर्ने गर्छु। यसले गर्दा मलाई शान्ति मिल्छ र मनमा सकारात्मक सोचहरू पैदा हुन्छ।

“यसै पनि नकारात्मक सोचले आफैलाई हानी गर्छ, त्यसैले म त्यस्ता कमेन्ट तथा प्रतिक्रियाहरू हेर्दै हेर्दिन।”

आखिर आफ्नो शरीर र दिमाग भनेको आफ्नै अधीनमा रहिरहने कुराहरू हुन्। मैले यी सोचहरूलाई मनमा लिएर सधैँ झैँ यस्तो अवस्थालाई निवारण गरेकी छु।

Nepali Artist Priyanka Karki
Source: Instagram/Priyanka Karki

तपाईँलाई किन यस्तो भइरहेको जस्तो लाग्छ? यसले मानिसहरूको कस्तो मानसिकता देखाउँछ?

हुन त सबैको बारेमा कहिल्यै पनि बोल्न सकिँदैन र बोल्न पनि हुँदैन। हरेक व्यक्ति फरक हुन्छन्। यसमा उसको हुर्काई, सोच र कुनै विषयलाई हेर्ने तथा बुझ्ने दृष्टिकोणको ठुलो भूमिका हुन्छ। त्यसैले मेरो जुन जीवनशैली, सोच र विचार छ, त्यो अरू व्यक्तिसँग मिल्नुपर्छ भन्ने कुनै जरुरी छैन।

“कसैलाई मेरो कार्य राम्रो लाग्छ भने राम्रो कुरा हो र कसैलाई मन पर्दैन भने त्यो पनि एक किसिमले राम्रै हो! यसलाई मैले स्विकार्न सिकेकी छु।”

अब समग्र विषयमा कुरा गर्नुपर्दा भने हाम्रो समाजमा गर्भावस्थामा आफ्नो शरीरलाई माया गर्नु र त्यसलाई देखिने गरी व्यक्त गर्दा धेरै घृणा र अपशब्द सहनुपर्छ। हाम्रो समाज पुरुष प्रधान हुनु यसको कारणहरू मध्ये मुख्य  हो जस्तो लाग्छ; जहाँ महिलालाई जीवनमा केही बन्न दिइएता पनि एक पुरुषको अनुमति चाहिने चलन छ।

“महिलाको स्वतन्त्रता पनि यहाँ प्रायजसो पुरुषको हातमा हुन्छ।”

अब समाजको यस्तो प्रवृत्ति परिवर्तन हुन केही समय त लाग्छ र यो अवश्य हुन्छ नै। मेरो यसै सन्दर्भमा धेरै जनालाई नकारात्मक प्रतिक्रियाले तानेको छ तर उनीहरू मध्ये बराबर जसोले नै मलाई बधाई पनि दिएका थिए र हौसला दिनेहरूको सङ्ख्या पनि उल्लेखनीय नै छ।

“मलाई लाग्छ कि मैले लिएको कदमको कारण गर्भावस्थामा रहेका केही महिलाहरूले आफ्नो शरीर र आउन लागेको बालकको विषयमा स्वतन्त्र भए आफ्नो भावनालाई दर्साउन पाउने छन्।”

हुन त यो संसारको यत्रो जनसङ्ख्यामा सबै जनाको सोच कुनै तरिकाले पनि बदल्न त सकिँदैन, तर आफूलाई यसबाट अलगै राख्न सकिन्छ, र केहीको सोचलाई आफूले परिवर्तन पनि गर्न सकिन्छ। आफूले सक्दो गर्ने न हो!  

Nepali Artist Priyanka Karki
Source: Instagram/Priyanka Karki

सामाजिक सञ्जालमा महिलाहरू कतिको सुरक्षित हुन्छन्? उनीहरू विरुद्ध हुने ‘ट्रोल’ को बारेमा के भन्नुहुन्छ?

यो व्यक्तिगत प्रतिकारको विषय हो र मैले तपाईँलाई यसको समाधान यही नै हो या त्यस अवस्थामा त्यसता महिलाले के गर्नुपर्छ भनेर निश्चित उत्तर त दिन नसकुँला। यसरी इन्टरनेट र अन्य तरिकाहरूले महिलाहरूलाई दमन गर्ने र होच्याउने काम नेपालमा मात्र नभई संसारभरि भइरहन्छ। विशेष गरी यो अहिलेको महामारी समयमा बढेको पाइन्छ। अहिले धेरै तनाव र बेरोजगारी भइरहेको बेला सबै जनालाई सामाजिक सञ्जालहरू मनको बह पोख्ने ठाउँ पनि भइरहेको छ।

“धेरै जना कम्प्युटरको ‘किबोर्ड योद्धा’ हुनुहुन्छ जसले आफ्नो नाम नखुलाई अनेक कमेन्ट तथा नकारात्मक प्रतिक्रियाहरू व्यक्त गरिरहनुभएको हुन्छ।”

मैले समग्रमा भन्नुपर्दा सामाजिक सञ्जाललाई धेरै गहन विषयको रूपमा लिने प्रवृत्ति हामीले छोडिदिनुपर्छ। आखिरमा आएर यो भनेको केवल एउटा कम्प्युटर सफ्टवेयर न हो। सायद यस्तो माध्यमबाट अरू व्यक्तिलाई गाली गर्दा कोही व्यक्तिहरूलाई आत्मसन्तुष्टि मिल्दो हो, तर यसको प्रयोगबाट आफूलाई मानसिक रूपमा असर पर्न भने दिनु हुँदैन।

कार्कीसँगको हाम्रो कुराकानी सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा यहाँबाट नि:शुल्क डाउनलोड गर्न सक्नुहुन्छ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now