Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

इतिहासमै पहिलो पटक ३९ अर्ब डलरमा अस्ट्रेलियाली कम्पनीको अमेरिकी संस्थाद्वारा खरिद

AfterPay

समान त्यही दिन किन्न मिल्ने तर पैसा चाहिँ किस्तामा केही समय लगाएर तिर्न मिल्ने यस्ता “बाइ नाउ पे लेटर” सेवा प्रदायक मध्येको एक आफ्टरपे नामक अस्ट्रेलियाली कम्पनीलाई अमेरिकी संस्था स्क्वेरले ३९ अर्ब डलरमा खरिद गरेको छ।


Published

Updated

Source: SBS




Share this with family and friends


समान त्यही दिन किन्न मिल्ने तर पैसा चाहिँ किस्तामा केही समय लगाएर तिर्न मिल्ने यस्ता “बाइ नाउ पे लेटर” सेवा प्रदायक मध्येको एक आफ्टरपे नामक अस्ट्रेलियाली कम्पनीलाई अमेरिकी संस्था स्क्वेरले ३९ अर्ब डलरमा खरिद गरेको छ।


यदि लकडाउन अगाडी किनमेल गर्न जाँदा पसलहरूमा “बाइ नाउ पे लेटर” वाला स्टिकरहरू पनि देख्नुभएको थियो होला।

तर यस्ता किस्ताबन्दी सेवाको प्रयोग गरेर मानिसहरू झनै ऋणमा पर्न सक्ने चिन्ता व्यक्त गरिएका छन्।

विशेष गरी, “बाइ नाउ पे लेटर” योजना अन्तर्गत समयमै पैसा चुक्ता गर्न नसक्नेहरूले अत्यधिक ब्याज तिर्नुपर्ने बारे विज्ञहरूले चिन्ता व्यक्त गर्दै आएका छन्।

यस्तै सेवा प्रदान गर्ने विभिन्न व्यवसायहरू मध्येको एक रहेको अस्ट्रेलियाली संस्था आफ्टरपेलाई केही दिन अगाडी मात्र अस्ट्रेलियाली इतिहासमै सबै भन्दा बढी रकम, ३९ अर्ब डलर तिरेर अमेरिकी भुक्तानी सेवाका सञ्चालक संस्था स्क्वेरद्वारा खरिद गरिएको हो।

सामाजिक सञ्जाल संस्था ट्विटरका संस्थापक ज्याक डोर्सीको स्वामित्व रहेको स्क्वेरको उक्त कदम पछि, सो संस्थाको शेयर भाउ पनि व्यापक मात्रामा बढेको थियो।

तर आफ्टरपेको सफलताका साथ अब केही ध्यान अस्ट्रेलियाली प्राविधिक उद्योग माथि पनि केन्द्रित भइरहेको छ।

विशेष गरी, यस्ता अर्बौँ डलरका बिक्रिहरुले अस्ट्रेलियाली उद्यमी र व्यवसायीहरू माथि कस्तो प्रभाव पार्ला त भन्नेबारे पनि अड्कलबाजी हुन थालेका छन्।

आफ्टरपेको बिक्री भएको एक महिना अगाडी मात्र अ क्लाउड गुरु नामक एक अस्ट्रेलियाली व्यवसायलाई पनि एक अर्कै अमेरिकी संस्थाले किनेको थियो।

रिपोर्ट सुन्नुहोस:null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा यहाँबाट नि:शुल्क डाउनलोड गर्न सक्नुहुन्छ।

साम र रायन क्रुनेनबर्ग नामक युवा दाजुभाइले आफू सुत्ने कोठाबाट पाँच वर्ष अगाडी सुरु गरेको प्राविधिक व्यवसायलाई दुई अर्ब डलरमा खरिद गरिएको समाचारहरूमा बताइएको छ र हाल ६०० कर्मचारी सङ्ख्या रहेको अ क्लाउड गुरुलाई बेच्दा के यो साँच्चिकै भएको हो त भनेर आफू सोच्ने गरेको साम बताउँछन्।

तर अ क्लाउड गुरुको उक्त सफलतालाई सानो बनाउने आफ्टरपेको बिक्रीले सबैको ध्यानाकर्षण गरेको बताउँछन् प्राविधिक उद्योगका विश्लेषक मोसे काट्री।

उनी भन्छन् आफ्टरपेलाई किनेर स्क्वेरले आफ्ना ग्राहक सङ्ख्यालाई पनि धेरै नै बढाउन सक्नेछन्।

Square to buy Afterpay for $29 billion
Source: AAP

अहिलेसम्मको सबैभन्दा धेरै रकममा अस्ट्रेलियाली व्यवसाय खरिद गरिएको यो पहिलो अवसर हो र लगभग सात वर्ष अगाडी मात्र अस्ट्रेलियामा सुरु भएको आफ्टरपेको लागि यो धेरै राम्रो समाचार रहेता पनि स्क्वेरले चाहिँ केही कुराहरूमा सतर्क रहन जरुरी रहेको बताउँछन् अर्का अमेरिकी विश्लेषक ड्यारिन पेल्लर।

विशेष गरी पे-पाल लगायतका केही अन्य व्यवसायहरूले कम शुल्कमा आफ्टरपेका जस्ता सेवा प्रदान गर्ने अवस्थामा स्क्वेरको लगानी धेरै महँगो साबित हुन सक्ने उनले चेतावनी दिएका छन्।

तर अस्ट्रेलियामा चाहिँ त्यस्ता चिन्ता कम नै रहेको छ।

एअरट्री भेन्चर्स नामक संस्थाकी प्रमुख ज्याकी भलिङ्ग्सले चाहिँ स्थानीय स्टार्ट-अपहरुका लागि यस्ता सफलता धेरै राम्रो कुरा भएको विश्वास राख्छिन्।

अस्ट्रेलियाली व्यवसायहरूको खरिदले प्राविधिक क्षेत्रमा अस्ट्रेलिया कतिको अगाडी आएको पुष्टि गर्ने पनि उनको भनाई छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now