आजबाट लागु हुने अस्ट्रेलियाको सामाजिक सुरक्षा ऐनमा गरिएका संशोधनहरूका कारण, भर्खरै पीआर लिएकाहरूका माथि चार वर्षे प्रतीक्षा अवधि लागु हुने भएको हो।
मुख्य बुँदाहरू:
- नयाँ बासिन्दाहरूले अस्ट्रेलियामा धेरैजसो सरकारी भुक्तानी पाउन चार वर्ष पर्खनुपर्ने।
- अशक्तहरूको हेरचाह गर्दा उपलब्ध हुने केअरर पेमेन्ट र फ्यामिली ट्याक्स बेनेफिट पार्ट ए भनेर परिचित पारिवारिक कर लाभ भाग एक अन्तर्गतको प्रतीक्षा अवधि एक वर्षबाट चार वर्ष पुग्नेछ।
- १ जनवरी २०२२ मा वा यस पछि आफ्नो सम्बन्धित भिसा प्राप्त गर्नेहरूले मात्र यी परिवर्तनहरूबाट प्रभावित हुनेछन्।
डिपार्टमेन्ट अफ सोसल सर्भिर्सेस वा छोटकरीमा डीएसएस पनि भनिने सङ्घीय सामाजिक सेवा मन्त्रालयले अस्ट्रेलियाली नागरिक, पीआर लिएका मानिस र न्युजील्याण्डका केही नागरिकहरूलाई सामाजिक सुरक्षा भुक्तानीका लागि योग्य मान्ने गरेको छ।
अस्थायी पार्टनर भिसामा रहेकाहरू पनि केही भुक्तानीहरू प्राप्त गर्न सक्छन्।
मन्त्रालय भन्छ कि अस्ट्रेलिया आउने नयाँ आप्रवासीहरूले यहाँ आएको केही समयसम्म आफैले खर्च धान्न सक्नुपर्छ।
उसका अनुसार यो सरकारी नीति धेरै पुरानो हो।
यसै गरी, पीआर पाउने मानिसहरूले सरकारी भुक्तानीका लागि योग्य हुनु पूर्व केही समय पर्खनै पर्ने पनि मन्त्रालयको भनाई छ।
जस अनुसार सन् २०२२ को ज्यानुअरीदेखि नयाँ बासिन्दाहरूले स्थायी बसोबासको अनुमति पाएको चार वर्षसम्म अधिकांश सरकारी भुक्तानीका लागि पर्खनु पर्नेछ।

पीआर स्वीकृत भएपछि अस्ट्रेलिया बाहिर बिताउनुभएको समय भने सो चार वर्षे समयावधिमा समावेश नहुने पनि बताइएको छ।
डाक्टर एस्ट्रिड पेरी सेटलमेन्ट सर्भिसेर्स इन्टरनेसनलमा रणनीतिक प्रबन्धकका रूपमा कार्यरत छिन्।
नयाँ नीतिले आप्रवासीहरूका लागि के खासमा के-कस्तो प्रभाव पार्छ भन्ने कुराको सूक्ष्म अध्ययन गर्न उनी हाल व्यस्त छिन्।
हुन् त सन् २०१८ देखि नै जबसीकर, प्यारेन्टिङ पेमेन्ट र अधिकांश कन्सेसन कार्डहरूका लागि योग्य बन्न चार वर्ष कुर्नै पर्ने नियम लागू छ।
हाल भुक्तानीको प्रकार अनुसार प्रतीक्षा अवधि फरक फरक छन्।

नयाँ सामाजिक सुरक्षा ऐन पारित भएमा आउँदो ज्यानुअरी एक तारिखदेखि नव आगन्तुक स्थायी बासिन्दाहरूका लागि प्रतीक्षा अवधि लम्बिने छ जसअन्तर्गत केअरर् पेमेन्ट, आमा बाबुका लागि पेरेन्टल लीभ पे र ड्याड एन्ड पार्टनर पे जस्ता केही भुक्तानीहरूको प्रतीक्षा अवधि दुई वर्ष बढेर चार वर्ष हुनेछ।
यसै गरी अशक्तहरूको हेरचाह गर्दा उपलब्ध हुने केअरर पेमेन्ट र फ्यामिली ट्याक्स बेनेफिट पार्ट ए भनेर परिचित पारिवारिक कर लाभ भाग एक अन्तर्गतको प्रतीक्षा अवधि एक बर्सबाट चार वर्ष पुग्नेछ।
यद्यपि सन् २०१९ अघि अस्ट्रेलिया आएकाहरूका लागि भने जबकीपर वा असस्टडी जस्ता भुक्तानी भने तपाईँको व्यक्तिगत अवस्थामा निर्भर हुने डाक्टर पेरी बताउँछिन् ।
यसरी भुक्तानी पाउने समयमा वृद्धि हुँदै गर्दा कडा विरोधका स्वरहरू पनि सुनिन थालेका छन्।
रिपोर्ट सुन्नुहोस् : अस्ट्रेलियामा बसोबास: पीआर पाउने नयाँ आप्रवासीहरूले सरकारी सहयोगका लागि थप समय कुर्नुपर्ने हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
सेटलमेन्ट सर्भिसेज इन्टरनेशनल र अस्ट्रेलियन काउन्सिल अफ सोसल सर्भिसेज भनिने अस्ट्रेलियाली सामाजिक सेवा परिषद् जस्ता संस्थाहरुको विश्वास के छ भने नयाँ सरकारी नीतिले अस्ट्रेलिया आउने नव आप्रवासीहरूलाई महत्त्वपूर्ण आय सहयोगबाट वञ्चित गर्नेछ।
अकरम एल-फाहक्री एक मान्यता प्राप्त सार्वजनिक लेखापाल वा एकाउन्टेन्ट हुन जसले नयाँ स्थायी बासिन्दाहरूसँग काम गरेका छन्।
तर शरणार्थी भिसा अन्तर्गत पर्ने चार भिसा समूहका मानिसलाई भने नयाँ नियमले फरक पार्ने छैन, र यो केही सीमित अपवादहरू मध्येको एक हो।
डाक्टर पेरी भन्छिन् कि छुटका लागि परेका आवेदनहरू व्यक्तिगत आधारमा निर्णय लिने गरिन्छ ।
अकरम अल फाहक्रीका अनुसार कोभिड–१९ का कारण आयमा गम्भीर असर परेका मानिसहरूका लागि महामारी अन्तर्गतका भुक्तानीहरू र कोभिड डिजास्टर पेमेन्ट भनिने ती भुक्तानीका लागि योग्य नरहेका तर समस्यामा रहेका व्यक्तिहरूका निमित्त भुक्तानीका अन्य विकल्पहरू पनि उपलब्ध रहेका छन्।
यदि तपाईँले आर्थिक कठिनाइ भोगिरहनु भएको छ भने, सरकारी सहायताका लागि योग्य हुन जति नै समय कुर्नुपर्ने भएता पनि अन्य उपलब्ध भुक्तानीहरू बारे आफ्नो योग्यता हेर्न अति नै जरुरी छ।
तर याद राख्नु पर्ने कुरा यो छ कि यो नयाँ सरकारी नीतिले भावी स्थायी बासिन्दाहरूलाई मात्र प्रभाव पार्छ।
सन् २०२२ ज्यानुअरी १ तारिख अघि पीआर वा सम्बन्धित अस्थायी भिसा प्राप्त गर्ने मानिसहरूलाई नयाँ नियमले छुँदैन।

यदि तपाईँले अहिले सामाजिक सुरक्षा भत्ता पाइरहनुभएको छ र तपाईँको परिस्थितिमा परिवर्तन भयो भने, सेन्टरलिङ्कलाई त्यसबारे अवगत गराउनै पर्छ किनकि फाहक्री अनुसार परिस्थितिहरूमा हुने परिवर्तनले भुक्तानी र सरकारी सहायता पाउने तपाईँको योग्यतामा असर गर्छ।
आय स्रोतमा भएको वृद्धि वा आफ्नो परिवार वा व्यक्तिगत परिस्थितिमा भएका परिवर्तन बेलैमा जानकारी नगराउँदा यसले गम्भीर परिणाम निम्त्याउन सक्दछ ।
यदि तपाईँले योग्यता सम्बन्धी मापदण्डहरू पुरा गर्नु भयो र प्रतीक्षाको अवधि पनि पुरा गर्नु भयो भने तपाईँले आवेदन दिन सुरु गर्न सक्नुहुनेछ।
सेन्टरलिङ्कले तपाईँको आवेदन प्राप्त गरेपछि सबै योग्यता, मापदण्ड र आय परीक्षण जरुरी भएको नभएको बारेमा निर्धारण गर्दछ।
अनलाइनमा तपाईँले सरकारी भुक्तानीहरू बारेमा थप जानकारी वा कुर्ने पर्ने समयका बारेमा जानकारी पाउन सक्नुहुने डाक्टर पेरी बताउँछिन् ।
थप जानकारीका लागि सर्भिसेस अस्ट्रेलियाको वेबसाइट हेर्नुहोस्।
यी पनि हेर्नुहोस्:

अस्ट्रेलियामा बसोबास: अस्थायी भिसामा रहेकाहरूलाई उपलब्ध आर्थिक सहायता










