क्वीन्सल्याण्ड निर्वाचनमा लेबर सरकार पुनः सत्तामा फर्कने सम्भावना कतिको बलियो रहेको छ? कि देव फ्रेक्लिंगटनले सफलता हासिल गर्लान्?ब्रिसबेन बाट पत्रकार भरत राज पौडेल सँगको कुरा कानी ।
आगामी अक्टोबर एकतीस तारिकको दिन क्वीन्सल्याण्ड आम निर्वाचन हुँदै छ।
वर्तमान लेबर प्रिमियर एनेस्तेसिया पलाशेलाई सत्ता बाट हटाउन सफल हुँदै लिबरल न्याश्नाल्स गठबन्धनको सरकार स्थापना गर्ने लक्ष विपक्षी नेत्री डेब फ़्रेकलिङ्ग्टनको रहेको छ।
गत सोमबार देखि, पूर्व मतदान पनि सुरु हुँदा हाल प्रिमियर पलाशे र विपक्षि नेत्रीले पनि आफ्नो प्रचार अभियानलाई जारी राखेका छन्।
प्रचारको क्रममा पलाशे कोरोना भाइरसलाई नियन्त्रणमा ल्याउन आफ्नो राज्यको सफलताका साथै केही उद्योगमा कामदारहरूको सङ्ख्या बढाउन टेफको शुल्क हटाउने पनि बाचा गरेकी छिन।

अर्को तर्फ लिबरल नेत्री डेब फरेकलिङ्ग्टनले चाहिँ प्रिमियर पलाशेको आलोचना गर्दै, युवा अपराध दर माथि मतदाताहरूको ध्यानाकर्षण गराउने प्रयास गरेकी छन्।
आफ्नो नेतृत्वमा सरकार स्थापना भए केर्न्स र टाउन्सभिलमा बढ्दो अपराधका घटनाहरूलाई घटाउन - रातिको आठ बजे ती स्थानका युवाहरूको लागि कर्फ्यु लागु गर्ने सम्बन्धी परीक्षण सुरु गराउने बाचा गरेकी छन्।
क्वीन्सल्याण्ड निर्वाचनमा लेबर सरकार पुनः सत्तामा फर्कने सम्भावना कतिको बलियो रहेको छ? कि देव फ्रेक्लिंगटनले सफलता हासिल गर्लान्?
यसै विषयमा ब्रिसबेनबाट पत्रकार भरत राज पौडेलसँग हामीले कुरा गरेका छौ।
कुरा कानी सुन्न माथि को मिडीया प्लेयर थिच्नुहोस।





