अस्ट्रेलियाली धावक पिटर बोलको सफलता बारे चर्चा चलिरहँदा एक पटक शरणार्थी समुदायबारे समय समयमा सञ्चार माध्यमहरूमा आउने गरेका भनाइहरूबारे हामीले रेफ्युजी कम्युनिटिज अफ अस्ट्रेलियाका महासचिव परशुराम शर्मा लुइँटेललाई पिटर बोलको प्रदर्शन र अस्ट्रेलियाली सञ्चार माध्यमहरूमा व्यक्त गरिएका विचार बारे तपाईँको भनाइ चाहिँ अलि फरक रहेको छ नि हैन भनेर सोधेका थियौँ।
जापानी राजधानी टोकियोमा जारी ओलम्पिक्स खेलमा अस्ट्रेलियालीहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय कीर्तिमान बनाउने क्रम जारी रहेको छ।
गत हप्ता महिला स्विमिङ च्याम्पियन एम्मा मक्किएन ले सात स्वर्ण सहित कुल १० पदक जित्ने पहिलो अस्ट्रेलियाली बनेकी थिइन् भने गत बुधवार चाहिँ गए ५३ वर्षमै पहिलो पटक पुरुष तर्फको आठ सय मिटर दौडको फाइनलमा सहभागी हुने पहिलो अस्ट्रेलियाली बने पिटर बोल।
सन् १९६८ पछि पहिलो पटक उक्त दौडमा अस्ट्रेलियाको प्रतिनिधित्व गर्न सफल भएका बोलले चौथो स्थान हात पारेका छन् - तर उनले पदकको सट्टा अस्ट्रेलियालीहरूको मन जित्न चाहिँ सफल भएका छन्।
आफ्नो प्रतिस्पर्धा पछि च्यानल सेभेनसँग कुरा गर्दै उनले आफूलाई पुरै अस्ट्रेलियाको नै समर्थन रहेको भन्दै त्यसप्रति खुसी व्यक्त गरेका थिए।
२७ वर्षका पिटर बोलको जन्म अफ्रिकी राष्ट्र सुडानमा भएको हो।
सुडानको दोस्रो युद्धका कारण आफ्नो देश छाड्न बाध्य भएका उनी र उनका परिवार चार वर्ष इजिप्टमा शरणार्थीको रूपमा समय बिताएका थिए र सन् २००४ मा शरणार्थी भिसामा अस्ट्रेलिया आएका हुन्।
शर्मा-लुईँटेलसँगको हाम्रो कुराकानी सुन्नुहोस्:null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा यहाँबाट नि:शुल्क डाउनलोड गर्न सक्नुहुन्छ।





