Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

फिफा महिला विश्व कप सुरुवातको तामझाम

FIFA women's

पेरिसमा आयोजना गरिएको खेल सुरुवातका कार्यक्रम साथै फ्रान्स र दक्षिण कोरिया बिचको पहिलो खेलले खेलप्रेमी दर्शकहरूलाई निकै उत्साहित बनाएको छ।


Published

Updated

By SBS Nepali

Source: SBS



Share this with family and friends


पेरिसमा आयोजना गरिएको खेल सुरुवातका कार्यक्रम साथै फ्रान्स र दक्षिण कोरिया बिचको पहिलो खेलले खेलप्रेमी दर्शकहरूलाई निकै उत्साहित बनाएको छ।


उद्घाटन सत्रका सांगीतिक कार्यक्रम र आयोजक राष्ट्र फ्रान्सको पहिलो जित सँगै आठौँ महिला फुटबल विश्व कपको सुरुवात रङ्गिन र तामझाम पूर्ण रह्यो।

बिहीबारबाट सुरु भएको महिला विश्व कपको उद्घाटन कार्यक्रम अन्तर्गत फ्रान्सेली गायिका जैनको प्रस्तुतिमा ४० हजार भन्दा बढी रहेको भिड झुमेको थियो।

wwc opening performance
Women's World Cup 2019 opening performance Source: SBS

यो रमाइलो त थियो खेल सुरु हुनु पूर्वको।

तर जब आयोजक फ्रान्सको फुटबल टोली मैदानमा उत्रियो त्यसपश्चात् पनि दर्शकहरूको उत्साह केही कम हुन पाएन।

गोल माथि गोल बर्साउँदै फ्रान्सले पहिलो खेलमै ४-० को जित हासिल गर्‍यो।

दक्षिण कोरियाको विरुद्ध खेलेको आयोजक फ्रान्सले नौ मिनेट पनि नबित्दै पहिलो गोलका साथ शानदार सुरुवात गर्‍यो।

फ्रान्सेली कप्तान अमान्डीन हेनरी को पासमा ओजेनी ले सम्येरले पहिलो गोल गर्दै खेललाई आफू तर्फ मोड्न सफल भए।

१८७ सेन्टिमिटर उचाइ भएकी फ्रान्सेली डिफेन्डर वेन्ड़ी रेनारले यो प्रतियोगिता भरिकै सबैभन्दा अग्ली खेलाडीको उपाधि मात्र पाइनन् आफ्नो सो उचाइको सदुपयोग पनि गरिन।

उनले हाफ टाइम अगाडी दुई गोल गर्न सफल भइन त्यो पनि हेडिंगद्वारा।

उनको दुई गोल पश्चात् दोस्रो हाफको खेल सुरु हुँदा ३-० को अग्रता पाइसकेको फ्रान्सको उत्साह हेर्न लायक रह्यो।

र अन्त्यमा कप्तान हेनरीले दोस्रो हाफमा आफ्नो खाता खोल्दै फ्रान्सको लागी ० का विरुद्ध ४ गोलको स्कोर दिलाउन सफल रहिन।

यो फ्रान्सको लागी अत्यन्त राम्रो सुरुवात हो तर फ्रान्सेली प्रशिक्षक कोरीन डीएकर भन्छिन् उनले अपेक्षा गरेको जस्तो भएन।

उनका अनुसार खेलालाई छिट्टै आफ्नो तर्फ ढल्काउनाले यो जित हासिल भएको हो।

अर्को तर्फ दक्षिण कोरियाका प्रशिक्षक यून डीओक-यिओले आफ्नो टोलीको खेल प्रदर्शनबाट निराश भएका कोरियाका फुटबल खेल प्रेमीहरू समक्ष माफी मागेका छन्।

२४ राष्ट्र सहभागी विश्वकपको उद्घाटन खेलमा हार व्यहोरे पनि दक्षिण कोरियाले आगामी खेल बुधवार (जुन१२) नाइजेरिया विरुद्ध खेल्ने छ।

त्यस्तै फ्रान्स भने बिहीबार (जुन१३) नर्वेसँग भिड्दै छ।

६ समूहमा विभाजन गरिएको सहभागी टोली मध्ये समूह 'ए' मा आयोजक फ्रान्स हित नर्वे, दक्षिण कोरिया र नाइजेरिया छन् ।

समूह 'बि' मा जर्मनी, स्पेन, चीन र दक्षिण अफ्रिका रहेका छन् भने समूह सी मा इटाली, ब्राजिल, अस्ट्रेलिया र जमैका छन्।

दोस्रो दिन आइतबार (जुन ९) को खेलमा भने तिन वटा प्रतिस्पर्धा हुनेछन्।

जसमा समूह 'ए' का नाइजेरिया र नर्वे बिच खेल हुनेछ भने समूह बि का स्पेन र दक्षिण अफ्रिका भिड्ने छन्।

तर यी सबैका बिच पनि यस दिनको हाइलाइट भने जर्मनीको खेल हुने अनुमान गरिएको छ।

जर्मनी र चिन बिचको खेलमा जर्मनीले सहज जित हासिल गर्ने अनुमानका बिच जर्मन प्रशिक्षक मारिया वोस-टेकनबर्ग भन्छिन् चिन पनि सजिलो प्रतिस्पर्धी भने होइन।

र उनी चीनको क्षमतालाई आफूले सम्मान गर्ने बताउँछिन् विशेष गरी यसको अट्याक गर्ने कलालाई।

अस्ट्रेलियाली टोली 

यही बिच आफ्नो पहिलो खेलको लागी अस्ट्रेलियाली महिला फुटबल टोली मटिल्डाले पनि आफ्नो तयारीलाई जोडतोडले अगाडी बढाइ रहेको छ।

आइतबार राती हुने खेलमा इटाली विरुद्ध अस्ट्रेलियाको प्रदर्शन राम्रो हुने अनुमान गरिए पनि अस्ट्रेलियाको डिफेन्सलाई लिएर भने प्रश्न उठाइने गरेको छ।

विश्व कप छनौटका अन्तिम तिन खेलमा ११ गोल खाएको मटिल्डाको डिफेन्सका बारेमा रक्षा पंति कि अलाना केनेडी पछिल्लो समय देखिएको सो कमजोरीलाई सच्याउन आफूहरू लागी रहेको बताउँछिन्।

विशेष गरी कर्नर र फ्री- किक जस्ता अवस्थाहरूमा सुधार गर्नेमा टोली विश्वस्त रहेको उनको भनाइ छ।

Matildas
Source: AAP

 

कसरी हेर्ने ?

७ जुन बाट सुरु भएको र ७ जुलाईमा सकिने महिला विश्व कप फुटबल ७ सय ५० मिलियन दर्शकहरूले हेर्ने अनुमान गरिएको छ।

इतिहास मै यति धेरै दर्शकहरूले हेर्ने भनिएको यो प्रतिस्पर्धा को २०१५ को क्यानडामा भएको संस्करणमा ७ सय ५० मिलियनले हेरेकोमा यो पटक त्यो सङ्ख्या अझ बढ्ने अनुमान गरिएको हो।

उद्घाटन खेलको टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरेको एसबीएस ले अस्ट्रेलियाली टोली मटिल्डाका सम्पूर्ण खेल साथै क्वाटर फाइनल, सेमी फाइनल र फाइनलका खेलहरूको पनि प्रत्यक्ष प्रसारण गर्ने छ।

त्यस्तै सम्पूर्ण ५२ वटै खेल लाइभ र विभिन्न भाषामा एसबीएस रेडियोमा सुन्न सकिने छ भने द वोर्ल्ड गेम को वेबसाइटमा गएर एसबीएस बाट प्रसारित लाइभ खेल र साथमा पछिल्लो स्कोर, हाइलाइट र समाचार तथा समिक्षा हेर्न सकिने छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now