अस्ट्रेलिया बुझ्न रिजनल जानैपर्छ: नेपाली विद्यार्थीको भनाई

Nepalese international student Saluza Chaudhary

Nepali international student Saluza Chaudhary. Source: SBS

गठबन्धन सरकारले आगामी चुनाव जिते आर्मडेल जस्ता विकासोन्मुख क्षेत्रीय सहरमा आप्रवासीहरूलाई आकर्षित गर्न प्रोत्साहन स्वरूप छात्रवृत्ति, पी आर दिने बताइँदा त्यहाँ बस्ने नेपाली लगायतका भनाइ के छ त?


उत्तरी न्यु साउथ वेल्स राज्यको क्षेत्रीय शहर आर्मडेलले आफूलाई अस्ट्रेलियाकै सबैभन्दा बहुसांस्कृतिक नगर भएकोमा निकै गर्व गर्ने गरेको छ।

आर्मडेलका काउन्सिलर तथा फाउन्डेसन फर रिजनल डिभालप्मेन्ट नामक संस्थाका प्रमुख कार्यकारी समेत रहेका पिटर बेलीका अनुसार उनको सहरमा ७० भन्दा बढी देशबाट अस्ट्रेलिया सरेका मानिसहरूको बसाई रहेको छ।

“हाम्रो सहरमा ७५ भन्दा बढी भाषाहरू बोलिन्छ,” उनी भन्छन्।

“हामी परिवतर्नलाई अंगालछौँ, भिन्नतालाई अङ्कमाल गर्छौँ अनि हामी अनेक थरी मानिसहरू एकै ठाउँमा बस्छौँ। मलाई लाग्छ यो नै हाम्रो बलियो पक्ष हो।”

अन्तर्राष्ट्रिय विद्यार्थीहरू

International students at New England University, Armidale.
International students at New England University, Armidale. Source: SBS

आर्मडेलको न्यु इंग्ल्याण्ड विश्वविधालयमा कुनै एक बखतमा नेपाली सहित करिब १,००० भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरू हुन्छन्।

सलूजा चौधरी नेपालबाट आएकी त्यस्तै एक विधार्थी हुन्।

उनको विचारमा ग्रामीण तथा क्षेत्रीय अस्ट्रेलिया नपुगे, यो देशको बारे खासै जान्न सकिन्न।

“मेरो विचारमा साँचो अस्ट्रेलियालाई बुझ्न मन छ भने तपाईँ ठुला सहरबाट पर रहेका क्षेत्रीय केन्द्रहरूमा बस्नै पर्छ। आर्मडेल त्यसो गर्न सबैभन्दा गतिलो ठाउँ हो भन्ने पनि मलाइ लाग्छ,” उनले एसबीएसलाई बताइन।

“अस्ट्रेलिया आफ्ना जीवजन्तुलाई लिएर विश्वभर चिनिएको छ। आर्मडेलमा बस्दा तपाईँले कंगारुहरुलाई नजिकैबाट नियाल्न पाउनुहुन्छ र सहर वरपर रहेका हरियालीको पनि आनन्द उठाउन सक्नुहुन्छ।”

उनको कुरामा नेपालको छिमेकी देश चाइनाबाट उच्चअध्यनका लागि अस्ट्रेलिया आएकी एमी ली सहमति राख्छिन्।

“ठुला सहरमा पढ्न गएकी भए त किनमेल गर्दै दिन बित्दथ्यो होला। त्यसैले मलाई लाग्छ पढ्नका लागि यो ठाउँ निकै अनुकूल छ,” उनले चौधरीको भनाइलाई समर्थन गर्दै भनिन्।

तर, दक्षिण एसियाको अर्को राष्ट्र - श्रीलङ्काबाट सपरिवार आफ्नो सोध कार्य पुरा गर्न आएकी निरोषा रानावाकालाई भने आर्मडेलमा केही कुरा नपुगेको भान हुन्छ।

“बौद्धमार्गीहरुको लागी यहाँ कुनै चैत्य वा मन्दिरहरू छैनन्। मेरी छोरीहरू पारम्परिक नृत्यमा रमाउँछन् तर उनीहरू त्यो सिकाउने कुनै कक्षाहरू आर्मडेलमा उपलब्ध नै छैनन्, उनले भनिन्।

काम गर्नेहरूका लागि

Armidale, NSW.
Armidale, NSW. Source: SBS News

आर्मडेलको एक वृद्ध स्याहार केन्द्रमा कार्यरत सङ्गीता खरेलका अनुसार क्षेत्रीय अस्ट्रेलियाको अर्को दुर्बल पक्ष भनेको नयाँ आउने आप्रवासीहरूलाई काम पाउन गाह्रो हो।

“आर्मडेलमा काम पाउन मुस्किल छ,” खरेल भन्छिन्।

“काम भेटियो भने त ठिकै हो तर पाइएन भने चाहिँ यहाँ अडिरहन गाह्रै छ।”

तर, स्थानीय रोजगारदाताहरुका अनुसार उनीहरूका कामदारको मुख्य स्रोत भनेकै आप्रवासीहरू हुन्।

अटमं लज एज केयरका कार्यकारी प्रमुख ग्रेग क्लार्क आफ्नो संस्थामा कार्यरत कुल कर्मचारीको एक चौथाइ नै आप्रवासी रहेको बताउँछन्।

“हामीकहाँ खुल्ला रोजगार नीति छ र अन्तर्राष्ट्रिय कामदारहरू लिन हामीलाई कुनै अफ्ठेरो छैन।”

भारतमा हुर्केका जेशन भर्गीज खरेलकी सहकर्मी हुन्। आर्मडेलमा दुई वर्ष बिताइसकेका भर्गीजले यहाँ आउनु पूर्व क्विन्सल्याण्ड राज्यको राजधानी ब्रिसबेनमा करिब तीन महिना बिताएका थिए।

“यहाँ आईसकेपछि त मलाई ब्रिसबेन फर्केर जान मनै छैन। आर्मडेल ब्रिसबेन भन्दा निकै सस्तो छ,” उनी भन्छन्।

परिवर्तनका सङ्केत

Barnaby Joyce on the speaks to media after winning the New England by-election in Armidale on Sunday, December 3, 2017. Former Deputy PM Barnaby Joyce is regained his former seat of New England. (AAP Image/Tracey Nearmy) NO ARCHIVING
बार्नबी जोयस (एएपी) Source: AAP

गठबन्धन सरकारले आगामी चुनाव जिते आर्मडेल जस्ता विकासोन्मुख क्षेत्रीय सहरमा आप्रवासीहरूलाई आकर्षित गर्न छात्रवृत्ति लगायत स्थायी बसोबासका निम्ति सजिलो हुने नयाँ भिसाहरू जारी गर्ने घोषणा गरिसकेको छ।

अघिल्लो सङ्घीय निर्वाचनमा न्यु इंग्ल्याण्डका जनतालाई संसद्मा प्रतिनिधित्व गरेका बार्नबी जोयस सामुदायिक सहरहरू आफ्ना नयाँ सदस्यहरूलाई खुला हृदयले स्वागत गर्ने बताउँछन्।

“प्राय मानिसहरूले अस्ट्रेलियाका सहरहरू भन्दा बाहिर बस्ने अस्ट्रेलियनलाई छालाको टोप र इलास्टिक बुट लगाउने कडा स्वभाव भएकाहरू भनेर मात्र बुझ्छन्।”

“तर, हामीमा करुणा पनि छ। बाहिरबाट हाम्रो क्षेत्रमा आउनेहरूलाई हामी खुला हृदयले स्वागत गर्छौँ र उनीहरूलाई यहाँ बस्न सकसम्मको सहयोग गर्छौँ,” उनी भन्छन्।

नेपाली छात्रा चौधरी अस्ट्रेलियन राजनीतिज्ञको उक्त भनाइमा सहमति जनाउँछिन्।

बिहानी पख हिँडडुल गर्न निस्कँदा सबैले “हेल्लो, गुड डे” भनेको उनलाई खुब मन पर्छ।

“त्यो गुड डेले आजको दिन साँचीकै राम्रो हुनेछ भनेर मलाई विश्वास दिलाउँछ।”

Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now