Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

"बलात्कारी होस् तँ":चिलेको बलात्कार विरोधी अभियान शैली नेपालमा

Protests against rape in Nepal

Protests against rape in Nepal Source: Sharoon Khadka

बलात्कार पीडितहरूलाई चित्रण गरिएर बनाइएको “द रेपिस्ट इज यु” बोलको गीत गाउँदै नेपालका महिलाहरू बलात्कार विरुद्धको प्रदर्शनमा उत्रिएका छन् । चीलीमा सुरु भएको यो अभियानलाई नेपालमा “बलात्कारी होस तँ” भन्दै महीलाहरु सडकमा उत्रिएका हुन् ।


Published

Updated

By Sewa Bhattarai

Presented by SBS Nepali

Source: SBS




Share this with family and friends


बलात्कार पीडितहरूलाई चित्रण गरिएर बनाइएको “द रेपिस्ट इज यु” बोलको गीत गाउँदै नेपालका महिलाहरू बलात्कार विरुद्धको प्रदर्शनमा उत्रिएका छन् । चीलीमा सुरु भएको यो अभियानलाई नेपालमा “बलात्कारी होस तँ” भन्दै महीलाहरु सडकमा उत्रिएका हुन् ।



प्रमुख बिषय

  • “द रेपिस्ट इज यु” शैलीको प्रर्दशन नेपालमा
  • गत १० बर्षमा बलात्कारका घटना चार गुणाले बृद्धी
  • सामाजिक संजालमा युवाहरुको आक्रोश

गत शनिबार काठमाण्डुको माइतीघरमा एउटा समूहले "बलात्कारी होस् तँ" भन्दै प्रदर्शन गरेपछि सार्वजनिक मञ्चहरुमा बलात्कारका बारेमा छलफल, विवाद र थप प्रदर्शन बढेका छन्।

त्यस प्रदर्शनको विरोधमा फेसबुकमा केही युवाहरुले "बलात्कारी संगठन" खोलेपछि त्यसको सर्वर्त्र विरोध भएको छ र नेपाल प्रहरीको साइबर ब्युरोले त्यस घटनाका बारेमा अनुसन्धान पनि थालेको छ।

Women protesting against rape in Nepal
Women protesting against rape in nepal Source: Sharoon Khadka

गत हप्ता काठमाण्डुको माइतीघरमा "अझै कति सहने" नामक समूहका थुप्रै महिलाले धीमे बाजा बजाउँदै "बलात्कारी होस् तँ" भन्ने गीत गाउँदै प्रदर्शन गरेका थिए।

कालो लुगा लगाएर, आँखामा र मुखमा कालो पट्टि बाँधेर दुई दर्जन भन्दा बढी महिला सडकमा उत्रिएका थिए।

पितृसत्ताको नियमले,हामीलाई सधै अन्याय गर्छ हाम्रो सजाय तिम्रो हिँसा

दक्षिण अमेरिकी देश चिलेबाट शुरु भएको यो बलात्कार विरोधी अभियान "द रेपिस्ट इज यु" को नामबाट धेरै देशमा नारीवादीहरुले गरेका छन्।

कतिले कालो लुगा लगाउने गर्छन् भने कतिले कालो पट्टि बाँध्ने वा अनुहारमा कुटपीट भएजस्तो मेकअप गर्ने गर्दछन्।

काठमाण्डुको प्रदर्शनबाट प्रेरित भएर इँटहरीमा पनि यो प्रदर्शन गरेको एकजना आयोजक शरुन खड्का बताउँछिन्।

protest against rape in nepal by different womens group
protest against rape in nepal by different womens group Source: Sharoon Khadka

"देशका उच्च पदाधिकारीहरुले पनि बलात्कारलाई कति हलुका रुपमा लिनुभएको छ। वहाँहरु भन्नुहुन्छ कि चिन्ताजनक अवस्था छैन भनेर। युवाहरुमा र अझ विशेषगरी युवतीहरुमा यसले धेरै फ्रस्ट्रेशन पैदा गरेको छ। केही गरुम है अब जस्तो लाग्यो, जनचेतनाका लागि। हामीसँगै जानुभएको पुरुष साथीहरु मात्रै पनि सचेत भएर वहाँहरुका साथीलाई सचेत बनाउनुभयो भने पनि त्यो हाम्रो लागि ठुलो उपलब्धी हुन्छ जस्तो लागेर हामीले यो अभयान शुरु गर्यौं।"

सम्पूर्ण पितृसत्ता महिला भ्रुणहत्या हत्यारा स्वतन्त्र पिडित गुमनाम

गत दस वर्षमा नेपालमा बलात्कारका घटना दर्ता गर्ने दर चार गुणाले बढेको छ भने गत आर्थिक वर्ष मात्रै २१०० भन्दा बढी बलात्कारका घटना दर्ता गरिएका छन्।

यो पितृसत्ता यो अहंकार यो प्रणाली यो कानुन
Young girl protesting against rape in nepal.
Source: Sharoon Khadka

नेपालमा बलात्कार र यौन दुराचारका घटना बढिरहेको, कतिपय घटनामा दोषीलाई सजाय नदिइएको, र मिलेमतोमा यस्ता मुद्दा पन्छाइएको सन्दर्भमा यस्ता सार्वजनिक विरोध बढिरहेका छन्।

तर यी प्रदर्शनका प्रतिकारमा पनि थुप्रै विरोधका घटना भइरहेका छन्, र विशेषगरी सामाजिक सञ्जालमा ती देखा परेका छन्।

काठमाण्डुको प्रदर्शन पछि सामाजिक सञ्जालमा देखा परेका भिडियोमा कतिपयले समर्थन गरेपनि थुप्रै नकारात्मक टिप्पणी पनि देखिएका छन्।

कतिपयले यस्तो अभियानले बलात्कार नरोकिने भनेको त कतिपयले उल्टै प्रदर्शनकारीलाई गाली गरेको देखिएको छ।

बलात्कारी होस् तँ" भन्ने शब्द मन नपराउनेहरुले खोलेको "बलात्कारी संगठन"मा १०० जना भन्दा बढी सदस्य छन्।

सामाजिक सञ्जालमा यो समूह विरुद्ध ठुलो आक्रोश देखिएको छ, र मंगलबार त्यसविरुद्ध उजुरी दर्ता गरिएको नेपाल प्रहरीको साइबर ब्युरोले बताएको छ।

यस मुद्दामा अनुसन्धान शुरु भइसकेको र यसका लागि आवश्यक जानकारी संकलन गरिरहेको ब्युरोले बताएको छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now