विपिन जोशीलाई यसरी सम्झन्छन् परिवार

Nepal: Israel Hamas War.

On October 15, 2025, in Kathmandu, Nepal. A woman lights a candle during a vigil held in memory of Nepali youth Bipin Joshi, who was taken hostage by Hamas in Israel. Source: AAP / Abhishek Maharjan/Abhishek Maharjan/Sipa USA

हमासद्वारा बन्दी बनाइएका २३ वर्षीय नेपाली विद्यार्थी विपिन जोशीको शव इजरेल फर्काइएको छ। यस हप्ता गाजा शान्ति योजनाको पहिलो चरणमा चार वटा मृत शरीरहरू फिर्ता गर्ने क्रममा, जोशीको शव पनि हमासले फिर्ता गरेको रिपोर्टहरूमा बताइएको थियो हो। झन्डै दुई वर्ष अगि उच्च अध्ययनका लागि भन्दै इजरेल पुगेका नेपाली विद्यार्थी विपिन जोशी, सन् २०२३ को अक्टोबर सातमा इजरेल माथि हमासद्वारा आक्रमण हुँदा बन्दी बनाइएका थिए। यसबीच जोशीको रिहाइका लागि उनका आफन्तजनले निकै प्रयासहरू गरेका थिए। सोमवारदेखि इजरेल-हमास सङ्घर्ष विराम सम्झौता भएपछि त्यस अन्तर्गत बन्धकहरू रिहा भएका थिए र सोही क्रममा हमासले जोशीको मृत्यु भएको पुष्टि गर्दै उनको शव रेडक्रस मार्फत इजरेललाई बुझाएको थियो। पछिल्लो विकसित घटनाक्रम पछि जोशीका ठुलो बुवाका छोरा किशोर जोशी र उनलाई केही समय अङ्ग्रेजी विषय पढाएका शिक्षक राजेन्द्र जोशीसँग नेपाल संवाददाता प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

यदि तपाईँ वा तपाईँले चिनेको कोही व्यक्तिलाई मानसिक स्वास्थ्य सम्बन्धि सहायता चाहिएको छ भने यी सेवाहरूलाई सम्पर्क गर्न सक्नुहुन्छ:
आपतकालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्।

दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्।


मानसिक स्वास्थ्य सम्बन्धी बहुभाषी सामाग्रीका लागि एसबीएसको माइन्ड योर हेल्थ पोर्टलमा जानुहोस्।


इम्ब्रेस मल्टिकल्चरल मेन्टल हेल्थले सांस्कृतिक र भाषिक रूपमा विविध पृष्ठभूमिका मानिसहरूलाई सहयोग प्रदान गर्दछ।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand