SKIP TO MAIN CONTENT

एमएफसी कप २०१८: १५ क्लबहरुलाई पन्छाउदै माछापुछ्रेको जीत

सिड्नीमा आयोजना भएको माछापुछ्रे फूटबल क्लब कप २०१८ मा प्रतियोगिताको अन्तिम ३० सेकेन्डमा गोल गर्न सफल हुँदै आयोजक समूह माछापुछ्रे एफसी बिजयी भएको छ।

Machhapuchhre FC players celebrate their victory at MFC Cup 2018 in Sydney.
Machhapuchhre FC players celebrate their victory at MFC Cup 2018 in Sydney. Source: Supplied

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

उत्तर पश्चिमी सिड्नीको ग्लेनवुड स्थित मैदानमा भएको उक्त फाइनलमा माछापुछ्रे एफसीले फेवा एफसीलाई २ -१ ले पराजित गरेको हो। 

हिजो सुरु भएको दुई दिवसिय प्रतियोगिताको फाइनलमा पुग्न माछापुछ्रेले पेनाल्टी मार्फत येती एफसीलाई ४ – ३ ले र सगरमाथालाई फेवा एफसीले १–० ले पराजित गरेका थिए। 

जीत पछि माछापुछ्रेका खेलाडी:

प्रतियोगिताको पहिलो खेलमा पेनाल्टी मार्फत डाँफे एफसीलाई पेनाल्टी मार्फत १-० ले पराजित गर्न माछापुछ्रे का कप्तान युकेश श्रेष्ठले महत्वपूर्ण भूमिका निभाएका थिए। 

युकेश श्रेष्ठसँगको हाम्रो कुराकानी यहाँ सुन्नुहोस्प्रतियोगिता जित्ने लक्ष्य लिएर आएको मेलबर्न क्लब येती एफसीले सगरमाथा एफसीलाई १ - ० ले पराजित गर्दै तेस्रो स्थान हात पारेको छ। 

येती एफसीका कप्तान कुन्दन कार्कीसँगको हाम्रो कुराकानी:प्रतियोगितामा सिड्नीका साथै ब्रिसबेन, मेलबर्न, क्यानबेरा र अलबरीका सम्मका १६ वटा नेपाली र भुटानी क्लबहरुको सहभागिता रहेको थियो। 

साथै अस्ट्रेलियाको नेपाली फुटबल सङ्घ (एन्फा) मा दर्ता भएका ती क्लबहरूका साथै फरएभर योङ्ग वा भेटेरन समूहमा रहेका ३५ वर्ष भन्दा बढी उमेरका खेलाडीहरु रहेका ८ वटा क्लबहरुको पनि सहभागिता रहेको थियो। 

३५ वर्ष माथिको खेलमा पनि आयोजक समूहकै जीत भएको छ। 

फाइनलमा पुग्न सफल माछापुछ्रे र सेन्ट जोर्ज बीचको खेलको निर्णय पेनाल्टी मार्फत गर्नुपरे पछि ४ को विरुद्ध ५ गोलले माछापुछ्रे बिजयी भएको हो।

एमएफसी कप २०१८ को पहिलो दिन:


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now