शनिबार सिड्नीमा आयोजना भएको गैर आवासीय नेपाली संघको ओसेनिया क्षेत्रिय सम्मेलनमा प्रमुख अतिथिको रूपमा आएका लिबरल सांसद कोलम्यानले उक्त घोषणा गरेका हुन्।
नेपाली मूलका मतदाताहरुको ठुलो संख्या रहेको ब्याङ्क्स नामक दक्षिण सिड्नी निर्वाचन स्थल बाट चुनावी उम्मेदवार रहेका मन्त्री कोलम्यानले सामुदायिक केन्द्रको निर्माणले नेपाली- अस्ट्रेलियाली समुदायलाई सामाजिक समावेसिता र बहुसांस्कृतिक अस्ट्रेलियाको बिकास गर्न सहयोग पुर्याउने बताए।
"नेपाली अस्ट्रेलियाली संस्कृति, इतिहास र परम्पराको जगेर्ना र प्रवर्द्धनका लागि मोरिशन सरकार प्रतिबद्ध रहेको छ", कोलम्यानले बताए।
"बहुसांस्कृतिक समुदायको समर्थन र बलियो अस्ट्रेलियाको बिकास प्रति मोरिशन सरकार प्रतिबद्ध रहेको पनि उक्त लगानीले प्रमाणित गर्द छ।"
सन् १९७६ मा स्थापना भएको नेप्लिज अस्ट्रेलियन एसोसिएसन, अस्ट्रेलियाको पहिलो नेपाली सामुदायिक संस्था हो।

