विश्वकप क्रिकेटका रोमाञ्चक तथ्य

विश्वकपको बेला हार र जित भन्दा मैदान वरिपरि र बाहिर हुने कतिपय घटनाले हाम्रो ध्यान खिच्ने गर्छ, ती बारे तपाईंलाई थाहा छ?

cricket interesting candice warner thomas muller india vs pakistan war

Source: AAP, Facebook, Twitter

आज बिहान भएको खेलमा पाकिस्तान विरुद्ध अस्ट्रेलियाले आफ्नो दोस्रो जितका साथ अङ्क तालिकामा दोस्रो स्थानमा उक्लन सफल भएको बारे त थाहा पाई नै सक्नुभयो होला!

तर, उक्त खेलमा १०७ रन ठोक्ने डेविड वार्नरले आफ्नो सफलताको श्रेय जति आफ्नी श्रीमती क्यान्डीस लाई दिएका छन् भन्ने बारे चाहिं तपाईंलाई कत्तिको थाहा छ त?

र, क्याण्डिस आफैँ पनि पुर्व त्राएथेलिट खेलाडी हुन् नि!

साथै, सन् २०१८ मा दिएको एक अन्तर्वार्तामा उनले वार्नरको बल ट्याम्परिङ्गमा आफ्नो पनि दोष रहेको बताएकी थिइन्।

यसका साथै, वार्नरले भारतसँगको म्याच भन्दा अघि नेटमा प्राक्टिस गर्दै गर्दा जयकिशन प्लाहा भन्ने एक नेट बलरको टाउको झन्डै फुटाईदिएका थिए।

अब फेरी सोध्नुहोला वार्नर रिसाउदा त्यस्तो भएको हो?

हैन, साउथ लन्डनको स्थानिय क्रिकेट खेलाडीहरुको एक टोलीले भारतसँगको म्याच भन्दा अगाडी रहेको अभ्यास सत्रमा अस्ट्रेलियालाई सघाईरहेको थियो।

प्लाहा पनि त्यहि थिए र वार्नरले जोडसँग हानेको बल प्लाहाको टाउकोमा लागेको हो।

अनि उनलाई अस्पताल लानु अघि अस्ट्रेलियन टोलीका मेडिकल स्टाफ र प्यारामेडिकहरुले उनको प्रारम्भिक उपचार गरेका थिए। पछि अस्पतालमा सिटि स्क्यान गर्दा खास गहिरो चोट नलागेको थाहा भयो।

उनले त्यसको लगत्तै इन्स्ताग्राम मार्फत आफु मैदानमा चांडै फर्किन्छु भनेका छन्।

अब अस्ट्रेलिया र भारत कै कुरा गर्दा मैदानमा एक चोटी निकै “बूइंग” भएको घटनाले पनि यो हप्ता एकदमै चर्चा बटुल्यो।

भारत विरुद्ध अस्ति आइतबार साँझ खेल्दै गर्दा अस्ट्रेलियाका पुर्व कप्तान स्टिभ स्मिथलाई एक पटक बाउन्ड्रीमा फ़िल्दिङ्ग गर्न पठाईएको थियो। अनि, भारतीय दर्शकहरुलाई पुगी हाल्यो - र “बू” गर्न थाले।

अनि, त्यो ठिक नभएको भन्दै भारतीय कप्तान विराट कोहलीले आफ्ना समर्थकहरुलाई त्यसो नगर्न आग्रह गरेका थिए।

पछि, उनले आफ्नो कदमबारे यसो भने:

जर्मन फुटबलरको कोहली प्रेम

र, भारतीय कप्तान कोहलीको कुरा गर्दा एक जर्मन फुटबल खेलाडीले भारतीय क्रिकेट टोलीको जर्सी लगाएको आफ्नो तस्बीर ट्विटरमा हालेका थिए।

अब तपाईं खेलकुद प्रेमी हुनुहुन्छ र त्यसमा पनि फुटबल भनेपछी मरिहत्ते गर्नुहुन्छ भने थोमस मुलर भन्ने नाम त अवस्य पनि सुन्नु भएकै होला।

हाल बेयर्न म्युनिक र जर्मन राष्ट्रिय टोलीका स्ट्राइकर रहेका मुलरले “इन्डिया” लेखिएको पोलो शर्ट लगाएर, हातमा ब्याट लिंदै अगिल्लो हफ्ता एक ट्विट गर्न भ्याएका थिए।

उनले त्यसमा यो विश्वकपमा भाग लिने सबै खेलाडीहरुलाई “गुड लक्” दिंदै म्याचहरु रोमान्चकारी होस् भन्ने कामना गरेका थिए।

अनि, विशेष रुपमा उनले भारतीय कप्तान कोहलीका निम्ति आफुले प्राथना गर्ने पनि बताएका थिए।

मुलरका अनुसार कोहली जर्मन राष्ट्रिय टोलीका ठुलै फ्य्याँन हुन् र बारम्बार उनले उक्त टोलीको समर्थन गर्दै आइरहेका छन्…

भारत बिरुद्ध पाकिस्तान

अब आगामी खेलहरुको कुरा गर्दा छुटाउन नै नहुने मा त हाम्रै छिमेकी राष्ट्रहरु बीचको प्रतिस्पर्धा छ - आइतबार साँझ - भारत र पाकिस्तानको।

यी दुई प्रतिद्वन्दीहरु खेल्ने म्याच गज्जब त हुने भैहाल्यो - खेल एकतर्फी नै भयो भने पनि समर्थकहरु र मैदान बाहिर हुने अन्य प्रतिस्पर्धाको रमाइलो त छँदैछ।

मैदान बाहिरको कुरा गर्दा प्रतिस्पर्धा त सुरु भई नै सकेको भने पनि हुन्छ।

मैदान बाहिरको कुरा गर्दा एउटा पाकिस्तानी विज्ञापन अहिले चर्चाको शिखरमा छ।

तपाईलाई यादै होला, केही महिना अघि भारत र पाकिस्तान दुवै लगभग लडाईमा जाने स्थिति थियो।

पाकिस्तानले आफ्नो हवाई क्षेत्रमा आएका केही युद्धविमान माथि आक्रमण गर्दा भारतीय वायुसैनिकका एकजना विङ्ग कमाण्ड अभिनन्दन बर्धमानलाई बन्दि बनाउन सफल रहेका थिए। पछि उनीसँग सोधपुछ गरिरहेको भिडियो पनि सार्वजनिक भएको थियो।

हो, त्यसैको नक्कल गर्दै एक पाकिस्तानी कम्पनीले “विश्वकप पाकिस्तान ल्याउँ” भन्ने स्लोगनका साथ् एक “स्पूफ” भिडियो बनाएको छ, जुन हिजो अस्ती मात्र सार्वजनिक भएको हो।

पानीले हानी

क्रिकेट र पानीको सम्बन्ध आगो र पानी जस्तै नै हो भन्दा पनि फरक नपर्ला!

अब पानी छिट्ट्यायो कि खेल बन्द भै हाल्छ!

अहिलेसम्म यो विश्वकपमा तीन खेलमा पानीले “भिलेन” खेलिसकेको छ।

श्रीलंकाका दुई खेल - दुबै सार्क छिमेकीहरुसंगको गेम “वाश आउट” भएको थियो।

एयुता पाकिस्तान अनि आर्को बंगलादेश। दुवै खेलमा एक पनि बल पनि नखेली सक्किएको थियो।

अर्को खेल चाहिं वेस्ट इन्डिज र साउथ अफ्रीकाको बीचमा थियो - जसमा अफ्रिकी रास्ट्रले ७.३ ओभरमा दुई विकट गुमाउँदै २९ रन बनाएको थियो।

पानीले हैरानै भएका बंगलादेशका कोचको कुरा सुन्नुस न ।

उनका अनुसार मानिस चन्द्रमामा पुग्न सक्छन् तर किन बर्षाले प्रभावित म्याच खेलाउन “रिजर्व” दिनको व्यवस्था गर्न सकिदैन…


4 min read

Published

Updated

By SBS Nepali

Source: SBS


Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now