पाकिस्तानले आफ्नो उडान क्षेत्र भित्र उडान भरेका भारतीय सेनाका दुई जेटहरूलाई ध्वस्त बनाएको बताएको छ।
भारतीय पक्षले पाकिस्तानी सीमा क्षेत्रमा रहेको जैश-ए -मोहम्मद सञ्जालको तालिम केन्द्रमा हवाई आक्रमण गरेको भनिए लगत्तै पाकिस्तानको तर्फबाट पनि यस्तो दाबी आएको हो।
गत फेब्रुअरी महिनाको सुरुवाततिर विवादित काश्मिरमा ४० भारतीय प्रहरीहरूको ज्यान लिने गरी भएको कार बम विस्फोटनको जिम्मेवारी उक्त आतङ्ककारी समूहले लिएको थियो।
दुवै भारत र पाकिस्तानले मुसलमानहरूको बाहुल्यता रहेको काश्मिरलाई पूर्णतया आफ्नो बनाउने दाबी गर्छन् तर दुवै देशको यस क्षेत्रको केही भागहरू माथि मात्र नियन्त्रण रहेको छ।

पछिल्लो घटनाक्रममा पाकिस्तानको सेनाले एक भिडियो सार्वजनिक गर्दै भिडियोमा देखिएका व्यक्ति आफूहरूले कब्जामा लिएका भारतीय पाइलट भएको दाबी गरेको छ।
भिडियोमा, पाकिस्तानले आफ्नो कब्जामा लिएका पाइलट हो भनिएका व्यक्तिलाई पाकिस्तानी सेनाले प्रश्नहरू गरेको देखिएको छ।
भारतले पाइलटलाई सकुशल फिर्ता गर्नेमा आफू आशावादी भएको बताएको छ।
उक्त भिडियो आउनु पूर्व पाकिस्तानी प्रधान मन्त्री इमरान खानले टेलिभिजनमा गरेको सम्बोधनमा भारतीय समकक्षि नरेन्द्र मोदीलाई दुई देश बिच बढ्दो तनावका बारेमा वार्ता गर्न आग्रह गरेका थिए।
प्रधानमन्त्री खानले भनेका छन् युद्धले दुवै राष्ट्रलाई फाइदा पुर्याउँदैन।
पछिल्लो घटनाक्रममा पाकिस्तानको सेनाले एक भिडियो सार्वजनिक गर्दै भिडियोमा देखिएका व्यक्ति आफूहरूले कब्जामा लिएका भारतीय पाइलट भएको दाबी गरेको छ।
जैश-ए-मोहम्मद समूह अर्को आक्रमण गर्ने तयारीमा रहेको गोप्य जानकारी प्राप्त गरेको भन्दै भारतले केही दिन अघि उक्त समूहको प्रशिक्षण केन्द्रमा गराएको आक्रमणको बचाउ गरेको छ ।
भारतीय विदेश मामिला मन्त्री शुष्मा स्वराजले पाकिस्तान लगायत सम्पूर्ण राष्ट्रहरूले मिलेर चरम पन्थी व्यवहारलाई बन्द गरिनु पर्ने बताएकी छन्।
भारतीय र पाकिस्तानी नागरिकहरूले यो बढ्दो तनावको कारण स्पष्ट भएको धारणा राख्छन्।
त्यही कहिले सामाजिक सञ्जाल मार्फत सैन्य हमलाको माग गरेका छन् भने कतिपयले #SayNoToWar को प्रयोग गर्दै शान्ति स्थापना गर्न आह्वान गरेका छन्।
काश्मिरका केही बासिन्दाहरूले बढ्दो सैन्य हमलाका बिच आफ्नो घर छोड्न थालेका छन्।

पाकिस्तानको नियन्त्रणमा रहेको भूभागमा पर्ने काश्मिरको चाकोठी भन्ने स्थान रहेको आफ्नो घर छोडेर हिँड्न लागेका एक व्यक्तिले पछिल्लो अवस्थाका बारेमा यस्तो बताएका छन्।
अन्तर्राष्ट्रिय समुदायहरू मध्ये अस्ट्रेलिया सहित संयुक्त राज्य अमेरिका, टर्की र जर्मनी लगायतका राष्ट्रहरूले पछिल्लो परिस्थितिलाई लिएर चिन्ता व्यक्त गर्दै भारत र पाकिस्तानलाई सम्पर्क गरिसकेका छन्।
अन्तर्राष्ट्रिय सम्बन्धका ज्ञाताहरूले अन्तर्राष्ट्रिय समुदायले यसको विकासक्रमलाई नजिकबाट नियाल्नु महत्त्वपूर्ण हुने विचार व्यक्त गरिरहेका छन्।
त्यस्तो बिचार राख्ने मध्येका एक हुन् अस्ट्रेलियन नेशनल युनिभर्सिटीका मानानार्थ प्रोफेसर डा. क्लड रकसिट्स।
डा. क्लडले भारतले आफ्नो अडानलाई कायम राखे आश्चर्य मान्नु नपर्ने बताएका छन् र उनले आफ्नो अडानलाई बन्द गर्ने आफूले आशा नराखेको पनि बताएका छन्।

उनी भन्छन्, "भारतका प्रधानमन्त्री मोदीले दुई महिना पछाडि हुन लागेको निर्वाचनमा सहभागिता जनाउने छन्. र उनको राजनीतिक आधार वा मुख्यतया उनको अडानको आधार भनेको पाकिस्तानीहरू प्रति कडा रूपमा प्रस्तुत हुनु हो। र त्यस्तै केही गरेको देखिन सकिनेछ।"
यस अघि जैश-ए-मोहम्मद को प्रशिक्षण केन्द्र माथिको आक्रमण पश्चात् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका लागी जुन सुकै परिस्थितिमा पनि उभिने प्रण गरेका थिए ।
पनि दुई देश बिचको बढ्दो तनावलाई नजिकबाट नियाली रहेको र परिस्थितिलाई हेरेर अस्ट्रेलियालीहरू माझ भ्रमण सुझाव जारी गर्न सकिने अस्ट्रेलियाको विदेश मामिला विभागले जनाएको छ।





