तास्मानियामा एक नेपाली कोरोना भाइरस बाट सङ्क्रमित: उक्त व्यक्ति प्रति नकारात्मक नहुन आग्रह

An international student who worked at Tasmania's Grand Chancellor hotel, Hobart, was diagnosed with covid-19

An international student who worked at Tasmania's Grand Chancellor hotel, Hobart, was diagnosed with covid-19 Source: grandchancellorhotels.com

एक स्थानिय कलेजमा अध्यनरत उक्त पुरुष गए फेब्रुवरी २६ मा होबार्ट आइपुगेको बताइएको छ।


सिङ्गापुर हुँदै हालै तास्मानिया आएका एक नेपाली पुरुष कोभिड १९ बाट सङ्क्रमित भएको पुष्टि तास्मानिया स्वास्थ्य सेवाका प्रमुख मार्क भेइचले गरेका छन्।

एक स्थानिय कलेजमा अध्यनरत उक्त पुरुष गए फेब्रुवरी २६ मा होबार्ट आइपुगेको डाक्टर भेइचको भनाइ छ।

राज्यको सार्वजनिक स्वास्थ्य सम्बन्धि सरकारी निकायका प्रमुखका अनुसार, होबार्ट पुगेको भोलि पल्ट उक्त पुरुषमा रुगा खोकीका लक्षण देखिएता पनि उनले आफु काम गर्ने होटल र कलेज जान बन्द गरेका थिएनन्।

आफ्नो अवस्थामा सुधार नआए पछि परिचय गोप्य राखिएका उक्त पुरुषले गए मार्च ६ मा कोरोना भाइरस जानकारी हटलाइनमा सम्पर्क गरेको र त्यस पछि उनको रोयल होबार्ट अस्पतालमा भएको जाँचमा कोरोना भाइरस बाट उनि सङ्क्रमित भएको पुष्टि भएको डाक्टर भेइचले बताए।

उनका अनुसार भाइरसको लागि जाँच गरिए देखि नतिजा नआए सम्म आफुलाई एक्लो अवस्थामा राख्न भनि सुझाव दिईएता पनि उक्त पुरुषले त्यसको पालना गरेका थिएनन्।

कोरोना भाइरस जाँचको नतिजा नआए सम्म सार्वजनिक स्थल वा काममा गएर अरु मानिसहरुलाई खतरामा राख्नु स्वीकार्य नरहेको डाक्टर मार्क भेइचले जोड दिए।

हाल सामान्य अवस्थामा अस्पतालमा रहेका उक्त सङ्क्रमित पुरुष बस्ने घरका चार सदस्य र उनका तीन साथीहरुलाई पनि चौद दिनको लागि क्वारेन्टिनमा राखिने बताइएको छ।

Nepali Society of Tasmania's President Punam Panta spoke to SBS Nepali
Nepali Society of Tasmania's President Punam Panta spoke to SBS Nepali Source: SBS Nepali

यसैक्रममा तास्मानिया स्थित नेपाली सामुदायिक संस्था, नेपाली सोसाईटी अफ तास्मानिया कि अध्यक्ष्य पुनम पन्तले चाहिं पिडीत व्यक्तिको आलोचना भन्दा उनको सहयोगको लागि काम गर्न आग्रह गरेकी छन्।

साथै स्थानीय नेपाली समुदायमा पनि अब कोरोना भाइरसको सङ्क्रमण बढ्न सक्ने सोचका साथ् आतिनु भन्दा आफुलाई सुरक्षित राख्न चालिन सकिने कदमहरु बारे ध्यान दिन जरूरी रहेको पन्तले बताइन।

पुनम पन्तसंगको हाम्रो कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्।

Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now