मेलबर्नमा चौथो चरणको छ हप्ते लकडाउन र भिक्टोरियाका अन्य स्थानमा चाहिँ तेस्रो चरणको नियमका साथ, त्यहाँ रहेका नेपाली विद्यार्थी लगायत अस्थायी भिसामा रहेकाहरूको सहायताका लागि हाल स्थानीय नेपाली समुदायद्वारा विभिन्न प्रकारका कदमहरू चालिएका छन्।
यसअन्तर्गत भिक्टोरियन नेपाली कम्युनिटी कोभिड-१९ टास्कफोर्स नामक समूहद्वारा हाल उपलब्ध सहायतादेखि कोरोनाभाइरस सङ्क्रमित भएको पुष्टि भएका विरुद्ध दुर्व्यवहारका घटनाहरू विरुद्ध पनि आवाज उठाएको छ।
पछिल्लो समयमा उक्त समूह समक्ष ५०० भन्दा बढी विद्यार्थीहरूले सहायताको लागि आवेदन हालेको पनि बताइँदै गर्दा हामीले नेपाली कम्युनिटी कोभिड-१९ टास्कफोर्सकी एक सदस्य माधुरी मास्केसँग सम्पर्क गरेर विद्यार्थीहरूलाई कसरी सहयोग गरिँदै छ त भनेर प्रश्न राखेका थियौँ।
मास्केसँगको कुराकानी सुन्न माथिको मिडिया प्लेयरमा थिच्नुहोस्
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।
मेलबर्न महानगरीय क्षेत्रमा हाल चौथो चरणको प्रतिबन्ध लागू छ र त्यहाँका बासिन्दाहरूले प्रत्येक दिन बेलुकी ८ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कर्फ्यु आदेशको पालना गरेर घरबाट निस्कन हुँदैन।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि तलको ब्यानरमा थिच्नुहोस्:




![[JPG]_How-Australia-Works_Ep1.jpg](https://assets.sbs.com.au/dims4/default/d1d4da1/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2Fe9%2F46%2F56cf4ff54074a36476e0bcb73e13%2Fjpg-how-australia-works-ep1.jpg&imwidth=1280)
![[JPG]_How-Australia-Works_Ep0.jpg](https://assets.sbs.com.au/dims4/default/9a0f61e/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2F8f%2F15%2F83a000db458f9fc153fde8cde907%2Fjpg-how-australia-works-ep0.jpg&imwidth=1280)