Coming Up Thu 4:00 PM  AEDT
Coming Up Live in 
Live
Nepali radio
एसबीएस नेपाली पोडकास्ट

सुडानी मूलका पिटर बोलको सफलताले शरणार्थीहरू प्रति अस्ट्रेलियाली दृष्टिकोणमा सुधार होला त?

Peter Bol of Australia in action during the Men’s 800m final at the Olympics Games. Inset: Parsuram Sharma-Luital. Source: AAP and Parsuram Sharma-Luital

अस्ट्रेलियाली धावक पिटर बोलको सफलता बारे चर्चा चलिरहँदा एक पटक शरणार्थी समुदायबारे समय समयमा सञ्चार माध्यमहरूमा आउने गरेका भनाइहरूबारे हामीले रेफ्युजी कम्युनिटिज अफ अस्ट्रेलियाका महासचिव परशुराम शर्मा लुइँटेललाई पिटर बोलको प्रदर्शन र अस्ट्रेलियाली सञ्चार माध्यमहरूमा व्यक्त गरिएका विचार बारे तपाईँको भनाइ चाहिँ अलि फरक रहेको छ नि हैन भनेर सोधेका थियौँ।

जापानी राजधानी टोकियोमा जारी ओलम्पिक्स खेलमा अस्ट्रेलियालीहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय कीर्तिमान बनाउने क्रम जारी रहेको छ।

गत हप्ता महिला स्विमिङ च्याम्पियन एम्मा मक्किएन ले सात स्वर्ण सहित कुल १० पदक जित्ने पहिलो अस्ट्रेलियाली बनेकी थिइन् भने गत बुधवार चाहिँ गए ५३ वर्षमै पहिलो पटक पुरुष तर्फको आठ सय मिटर दौडको फाइनलमा सहभागी हुने पहिलो अस्ट्रेलियाली बने पिटर बोल।

सन् १९६८ पछि पहिलो पटक उक्त दौडमा अस्ट्रेलियाको प्रतिनिधित्व गर्न सफल भएका बोलले चौथो स्थान हात पारेका छन् - तर उनले पदकको सट्टा अस्ट्रेलियालीहरूको मन जित्न चाहिँ सफल भएका छन्।

आफ्नो प्रतिस्पर्धा पछि च्यानल सेभेनसँग कुरा गर्दै उनले आफूलाई पुरै अस्ट्रेलियाको नै समर्थन रहेको भन्दै त्यसप्रति खुसी व्यक्त गरेका थिए।

२७ वर्षका पिटर बोलको जन्म अफ्रिकी राष्ट्र सुडानमा भएको हो।

सुडानको दोस्रो युद्धका कारण आफ्नो देश छाड्न बाध्य भएका उनी र उनका परिवार चार वर्ष इजिप्टमा शरणार्थीको रूपमा समय बिताएका थिए र सन् २००४ मा शरणार्थी भिसामा अस्ट्रेलिया आएका हुन्।

शर्मा-लुईँटेलसँगको हाम्रो कुराकानी सुन्नुहोस्:
सुडानी मूलका पिटर बोलको सफलताले शरणार्थीहरू प्रति अस्ट्रेलियाली दृष्टिकोणमा सुधार होला त?
00:00 00:00
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा यहाँबाट नि:शुल्क डाउनलोड गर्न सक्नुहुन्छ

 

Coming up next

# TITLE RELEASED TIME MORE
सुडानी मूलका पिटर बोलको सफलताले शरणार्थीहरू प्रति अस्ट्रेलियाली दृष्टिकोणमा सुधार होला त? 06/08/2021 10:28 ...
चिनिया राजदूतको कम्युनिष्ट पार्टीहरू एक हुनुपर्ने भनाइ विवादित र भीषण वर्षाले ठुलो जन धनको क्षति: गत ७ दिन नेपालमा 24/10/2021 04:52 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार २४ अक्टोबर २०२१ 24/10/2021 11:39 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रवार २२ अक्टोबर २०२१ 22/10/2021 05:25 ...
भर्खरै लकडाउन मुक्त भएको मेलबर्नमा घरेलु हिंसा विरुद्ध "रिभर वक" आयोजना हुँदै 22/10/2021 10:14 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहिबार २१ अक्टोबर २०२१ 21/10/2021 14:28 ...
“भारतको प्रशिक्षक रिसाए भन्दैमा म र मेरो फुटबल टोलीमाथि अन्याय गर्न पाइँदैन”: अलमुताइरी 21/10/2021 03:03 ...
जलवायु नीतिका कारण सङ्घीय गठबन्धन सरकारमा देखिएको फाटो 21/10/2021 03:05 ...
अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूको सन् २०२१ को दशैं कस्तो रह्यो त? 20/10/2021 05:48 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधबार २० अक्टोबर २०२१ 20/10/2021 07:13 ...
View More