एस्ट्राजेनेका खोप: रगत जम्ने समस्या रहेको इयुको निष्कर्ष, अस्ट्रेलियामा छलफल जारी

युरोपियन युनियन (इयु)को अनुसन्धान टोलीले एस्ट्राजेनेका खोप र रगत जम्ने समस्या एक अर्कासँग सम्बन्धित रहेको ठहर गरेपछि अस्ट्रेलियाले यसलाई गम्भीरताका साथ लिने भएको छ ।

General Director of the Italian Medicines Agency, Nicola Magrini attends the press conference at the 'Cosimo Piccinno' Auditorium of the Ministry of Health in Rome, Italy, 07 April 2021.

EMA continues to recommend the vaccine seeing more benefit than risk in using AstraZeneca's vaccine. Source: ANSA

इयुका अधिकारीहरूले एस्ट्राजेनेकाको खोप र रगत जम्ने समस्या बिचमा सम्बन्ध रहेको निष्कर्ष निकाले पछि अस्ट्रेलियाको औषधि नियामक संस्थाले आकस्मिक बैठक गर्ने भएको हो ।

उता बेलायतले आफ्ना ३० वर्ष मुनीका नागरिकलाई वैकल्पिक खोपको व्यवस्था गर्ने जनाएको छ ।

युरोपियन मेडिसिन एजेन्सीले कुनै पनि विशिष्ट सुझाव नदिएको भएता पनि महिला र ६० वर्ष मुनीका मानिसमा रगत जम्ने समस्याको खतरा हुन सक्ने औँल्याएको छ ।

यता अस्ट्रेलिया खोप कार्यक्रममा एस्ट्राजेनेकामा निर्भर रहेका कारण यसले समस्या सिर्जना गर्ने देखिएको छ ।

मुख्य स्वास्थ्य अधिकारी पल केली र अस्ट्रेलियाको नियामक संस्थाका अधिकारीहरू इयुको फेला पारेको तथ्यलाई बिचार गरी रहेका छन् ।

“तथ्यहरूलाई टेबुलमा ल्याइनेछ र छलफल गरिनेछ,” उनले भने ।

“एस्ट्राजेनेकाको खोप प्रभावकारी र सुरक्षित छ तर खोप सँग सम्बन्धित अत्यन्तै दुर्लभ घटना देखिएको छ, जुन ४० लाख मानिस मध्ये एउटामा देखिन सक्छ।”

सङ्घीय सरकारले खोप सुझाव समिति र नियामक संस्थालाई इयुले फेला पारेको तथ्यका बारेमा अध्ययन गर्न आदेश दिएको छ ।

उक्त तथ्यलाई राज्य र सङ्घीय स्वास्थ्य मन्त्रीहरू माझ छलफल गरी शुक्रवारको मन्त्रीपरिषद् बैठकमा लगिने छ ।

सङ्घीय विपक्षी दलका नेता एन्थोनि एल्बानेजीले भने एस्ट्राजेनेका माथिको अन्तर्राष्ट्रिय सुझावले सङ्घीय सरकार खोपका विषयमा अन्य खोप निर्माण कम्पनीहरू सँग सम्झौता गनै चुकेको देखाउने बताए ।

सरकारका सामु तैयारीका लागि एक वर्षको समय रहेको पनि उनले बताए ।

"सङ्घीय सरकारले अन्य सम्झौताहरू पनि गरेको भए हुन्थ्यो, मोर्डेनका लागि कुनै पनि सम्झौता भएका छैनन्, जोनसेन एन्ड जोनसेनका लागि पनि कुनै सम्झौता भएका छैनन् ।”

उनले ती खोपहरू अमेरिकामा सुरु गरिसकिएको बताए ।

नेशनलक सिनेटर म्याट क्यानाभानले पनि सरकारले अन्य कम्पनी सँग सम्झौता गरेको हुनु पर्ने धारणा राख्छन् ।


Share

2 min read

Published

Updated

By SBS News

Presented by Krishna Pokhrel

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now