Nepali stand-up comedian Lekhamani Trital, who has carved out a unique place in Nepal’s comedy scene, visited SBS’s Sydney studio to revisit memories from his childhood. From his love for the cartoon series Moomin to the importance of photo albums, and from memorising advertisements to the code language among his pals, Trital reflects on the personal moments and nostalgic experiences that shaped his early years.
Disclaimer: We would like to inform you that the opinions expressed in the segment are those of the talents themselves.
This podcast has been transcribed using AI.
नमस्ते, SBS नेपालीको नयाँ podcast Ankhमा स्वागत छ र अब पालो कान्छो millennials र जेठा GenZ पुस्ताका बारे कुरा गर्ने।
[संगीत]
गत हप्ता SBSको आर्थमन स्थित studioमा आएर standup committeeबाट चर्चित बनेका लेख मणि त्रितालले आफ्नो बच्चाबेलाका सम्झनाहरू ताजा गरेका छन्। मुमिनका याददेखि फोटो एल्बमसम्मको महत्त्व र कन्ठस्थ विज्ञापनदेखि साथीहरूसँग लुकेर कुरा गर्दाका मजा। त्रितालसँग सहकर्मी सुनिता पोखरेलले गर्नुभएको कुराकानी अबको प्रस्तुतिमा।
[संगीत]
अझ अहिलेखेरि अल्पासल्पा बेटासेटा भनिन्छ रे। अब त्यो धेरै थाहा चाहिँ छैन।
इनिहरू सबै अलिकति AI computerized हुन्छ नि अब यिनरू यो digital world सँग।
computerized त हामी पनि छौं तर हामी चाहिँ-
जस्तै हामी चाहिँ यस्तो भयो नि त हामीले बिस्तारै त्यो हुन्छ नि बानी पर्दै आको।
हामी सिक्दै गको हो नि त।
उनीहरू त जन्मिँ, जन्मिँदैखेरि त्यसैमा जन्मे हो र कि।
अँ भन्या, उनीहरू त जन्मि, जन्मनु अगाडिदेखि नै हो क्या उनीहरू त।
अँ।
बुझ्यो भयो नि अब हामी चाहिँ कस्तो हुन्छ, हामी जन्मि सकेको फोटो हुँदैन क्या।
अँ।
हामी जन्मि सकेर लुगासुगा लाइदिएर फोटो हुन्छ। उनीहरूको पेटभित्रैको फोटो हुन्छ क्या अहिले। ultrasoundको फोटोहरू बाउआमाले राखिराखेको हुन्छ क्या। त्यो गर्दाखेरि निकालिदिने रहेछ।
अँ।
ultrasoundदेखि नै उनीहरू digitally-
आइसके।
आइसके क्या अब। होइन, त्यो भनेपछि त-
बच्चाहरूको videoहरू हेर्दाखेरि क्या आम्मामा यस्तो बोलेको video आफू, म त्यो बच्चाबेलामा कस्तो थिएँ हेर्न पाएँ जस्तो हुन्छ, हुँदैन?
हुन्छ नि अब।
अब उनीहरूको त हाँसेको, ङिच्च, first walk, first हुन्छ नि talk सबै recorded.
सप्पै recorded छ क्या। त्यही भनेर कस्तो lucky पनि भन्छु म तिनीहरूलाई है।
अँ।
तर फेरि कस्तो हुन्छ भने हाम्रो बच्चाको फोटो थियो हाम्रो हराउँदैन के जुन धुलाएर राखेको छ नि।
अँ, छु, छु।
अब अहिले केटाकेटीको कहाँ तपाईं फोनको space बढी भयो भने सुरुमा त्यो बच्चाकै video delete गर्नु पर्यो।
[हसाको आवाज]
ओए यो त दुई GB खाइराखेको छ अहिले भनेर त्यो अब store गरेर राख्न सक्यो भने त ठिकै हो।
फोटो अहिले पनि कसैले धुलाएर राख्छ होला?
राख्छ त।
राख्छन्?
राख्छ मान्छेहरूको सोख हुन्छ नि त भित्ता भित्तामा टक्क सजाएर।
होइन त्यो भित्ताको त ओके।
एल्बम त गइसक्यो।
एल्बम नै बनाएन।
गइसक्यो जस्तो लाग्छ जमाना।
है?
म धुलाएर राख्छु [दुवैले एकैसाथ बोल्छन्] अस्ट्रेलियाको हरेक चीजको धुलाएर राखेको भए तर खोई कहिल्यै हेर्छ र भने आफैले पछि बुढेसकालमा हेऱ्यो भने।
होइन हेरिन्छ, के भन्नुहुन्छ? तपाईंलाई जस्तै कस्तो हुन्छ भने नि अहिले फोटो खिच्दाखेरि पोइ थाहा हुँदैन त तपाईं दुई वर्ष अगाडिको फोटो हेर्नु त "म यस्तो थिएँ" भनेजस्तो लाग्छ नि त।
लाग्छ, लाग्छ।
होइन?
आफ्नो फोटो आफूलाई मात्र फेरि चाख लाग्छ नि अरूलाई वास्ता हुँदैन नि।
[हसाको आवाज]
त्यो पहिला नेपाल जाँदा, नेपालमा हुँदाखेरि अब पहिला पहिला एउटा time आउँदा जस्तै कतै गयो भने कसो कसो गफ गर्यो अनि फोटो एल्बम निकालेर देखाइहाल्ने हुन्थ्यो नि त।
अँ।
वाक्क लाग्ने क्या बच्चाबेलादेखि म यिनीहरूलाई चिन्दै नि चिन्छु मलाई वास्ता पनि छैन अनि काहीँनिर यो फोटोमा तँ पनि छस् नि भनेपछि चैँ त्यही फोटो मात्रै हेर्छु म अहिले।
अहिले अहिले के तपाईं जस्तै ग्रुपमा फोटो खिच्नुभयो भनेदेखि त्यो जो, जसलाई देखाउनुभाछ उसले सुरुमा जुम गरेर पहिला आफूलाई हेर्छ।
आफूलाई हेर्छ क्या। उसलाई अरूको वास्तै छैन क्या। अर्कोले होइन नि मैले आँखा चिम्ल्याछु भने पनि होइन केही छैन राम्रो आछ त।
अँ, किनभने उसको आफ्नो राम्रो आछ।
आफू राम्रो आएछ भइहाल्यो नि त।
अँ, हो है एल्बम, तर त्यो एल्बमको छेउछेउमा त सेतो सेतो हुन्थ्यो नि थाहा छ। त्यो एल्बम राख्दाखेरि प्लास्टिक टाँसेर क्या।
अँ।
अलि पुरानो भाकोमा त।
त्यो बिग्रिन्छ त्यो। पहिला पहिलाको black and white फोटोहरू तिनीहरू चाहिँ अझै धेरै बिग्रिन्छ।
अँ, कलर पनि बिग्रिन्थ्यो।
कलर पनि बिग्रिन्थ्यो।
त्यो त छेउछेउमा अँ त्यो टाँसिन्छ नि जब त्यो प्लास्टिक-
टाँसिन्छ सेतो सेतो ढुसी परेर जस्तो।
अँ ढुसी परेर जस्तो हुन्छ क्या। अँ अब त्यसबाट चाहिँ जोगाउने तरिका खोज्नु पऱ्यो होइन। नभएदेखि त होइन एल्बम त एकदमै राम्रो हुन्छ जस्तो लाग्छ मलाई।
राख्न सक्यो भने चाहिँ एल्बम चाहिँ एकदमै राम्रो। इ यसो हराउँछ भने यो मैले यहाँ अस्ट्रेलिया आएदेखि खिचेको फोटोहरू मसँग यहाँ हेर्ने हो भने अहिले recent recent होला पहिला पहिलाको त छैन। जति मैले Facebookहरूतिर upload हानेँ त्यति नै मात्र होला अरू त मेमोरि फुल हुन्छ के हुन्छ कसो हुन्छ।
फेरि यो पुरानो रहेछ भने झन् delete गरें होइन पुरानै चाहिँ चाहिने हो नि खासमा त।
पुरानै चाहिँ चाहिने हो। अनि फेरि केटाकेटीको फोटोहरू जस्ताको तस्तै अहिले पनि नेपाल गऱ्यो भने त्यो
एल्बमहरूमा जस्ताको तस्तै-
बसीराखेको।
तर मैले यो के हरे मान्छेहरूले Kmartतिर कता कता धुलाई राखेको त देख्छु क्या।
अँ Kmartमा धुलाउन मिल्छ।
मान्छेहरूले धुलाई राखेकै देख्छु क्या। मैले चाहिँ एकचोटि
passport sizeको चाहिँ धुलाको थिएँ।
अँ।
एउटा चीजको लागि चाया भएर। होइन नत्र त्यहाँ त्यतिखेर जाँदाखेरि मान्छेले normal फोटोहरू पनि धुलाई राखेको चाहिँ मैले देख्छु।
अँ, आम्, अब जस्तै बच्चा पाएपछि चाहिँ फेरि त्यो हुन्छ कि। अनि नत्र त्यो धुलाउने त गएर धुलाउँ भन्ने त खासै हुँदैन।
होइन, अहिले त धुलाउने पनि होइन नि print हान्ने भयो नि त।
अँ print हान्ने।
हामीले पो धुलाउने भन्छ त अब अहिले त फोटो print हान्ने हो क्या।
अँ।
पहिला पो त्यो negativeमा हुन्थ्यो अनि-
अनि त्यो फोटो पनि त कस्तो कस्तो हुन्थ्यो। कुनै कुनै pose त्यो हल्लेको फोटो के त।
अँ।
त्यो पनि precious हुन्थ्यो के अब जस्तै भन्छ अलिअलि अनुहार चिनिएको छ नि आ अनुहार त अलि अलि चिन्याछ ।
भयो अनुहार चिन्या छ भयो क्या। अब त्यति अहिले जस्तो हामीसँग option धेरै थिएन नि त यो select गर्ने कि delete गर्ने।
उम् उम्।
होइन, अब त्यो भयो त्यो नत्र छैन क्या केही पनि।
अँ।
त्यस्तो खालको थियो नि त। अब धुलाएपछि त्यतिखेर जुन फोटो पनि राम्रो क्या।
अँ।
अब अहिले चाहिँ option धेरै भएपछि चाहिँ हामी अलिक अझै choosy हुन थालेँ क्या। हामीलाई अझ perfect perfect चाहियो। त्यही perfect नै फोटो पनि अहिले perfect लाग्यो फोटो दुई वर्षपछि हेऱ्यो भने ताँ तेतिखेरको कस्तो होला यो फोटो मैले के कस्तो खालको pose दिएँ होला, के सोचेर खिचेँ होला।
अँ।
यस्तो अझै पनि हुन्छ क्या हुन चैँ।
होइन तर धेरै देख्न बाँकी नै छ है।जिन्दगीमा। Change अझै कति आउँलान्त अब यो यति मात्रै त कहाँ होला त नि?
आए हाल्छ नि भन्या अब यसरी यस्तो podcast गरिन्छ भन्ने चिज त दुई चार वर्ष अगाडि सोचेकै थिएन कसैले पनि। अब हामी बच्चा बच्चा हुँदा कार्टुन हेऱ्या हेरी गर्थ्यौँ, म त ठुलो भइसकेपछि हेर्छु जस्तो लाग्थ्यो, [हँस्ने आवाज] होइन, हेरिँदैन। अब अहिले के केटा केटीले कार्टुन हेर्या दिन झर्को लाग्छ कहिले काही।
कुन कार्टुन हेर्नु भयो तपाईंले?
जुन पनि नि, मुमिनहरूदेखि। मुमिनहरू त अहिले पनि रमाइलो लाग्छ। पहिला पहिला डोरेमन, निन्जा हत्केली, परभ्यान, होइन?
अँ, अँ, अँ।
यताउता पावर रेन्जर।
अँ।
अरू कार्टुन नेटवर्कमा आउने पावर पफ गल्स, धुन्न जति पनि आउँथ्यो नि।
उम्, उम्।
म त यो ठुलो भएपछि हेरिरहन्छु।
मलाई त मुमिन मनपर्ने के।
मुमिन त मलाई अहिले पनि मनपर्छ।
अहिले हेर्दा पनि रमाइलो लाग्छ कि?
अँ, त्यो हामी connect छ के मुमिनसँग चैँ।
अँ।
अरू अरूसँग त्यति connect छैन। मुमिन भनेको चैँ त्यो कुरेर नै हुन्छ नि शनिबार बेलुका पाँच बजे आउँछ, होइन, आइतबार यतिखेर आउँछ भनेर कुरेर नै हेर्ने चिज थियो।
त्यो भ्यालू पनि कस्तो हुन्थ्यो प्रोग्रामहरूको के। अब यो यो यति बजे आउँछ, त्यो [हँस्ने आवाज] टुइँ गरेको त्यो धर्का धर्का देखाउँथ्यो नि त।
अँ, बिहान।
टिभी start हुनुभन्दा अगाडि बिहान के।
पाँच बजेपछि चैँ, पाँच बजे चैँ सुरुमा आरती आउँथ्यो।
अँ।
अनि त्यसपछि आरती आइसकेपछि समाचार आउँथ्यो।
अँ।
अनि अलि पछि पछि चैँ पत्र पत्रिका भन्ने कार्यक्रम आउँथ्यो। मान्छे पत्रिका पढ्ने।
ए अँ।
त्यो सबै नै ठ्याक ठ्याक ठ्याक थाल्ने।
सबैको कण्ठ हुन्थ्यो।
एउटा इन्द्रेणी कि यस्तै कि त्रिवेणी के भन्ने गीतको वालाहरू आउँथ्यो।
अँ, ad हरू। सबै कण्ठ हुन्थ्यो।
हजुर, उम्।
[संगीत] अब पहिला पहिला बज्ने विज्ञापनहरू तपाईंलाई कतिको याद छ कुन्नि, यसो सम्झिँदै गर्नुहोला त्यतिन्जेल हामी पनि छोटो break लिन्छौँ।
[विदेशी संवाद]
दिउँसो चैँ शनिबार बाहेक अरू बेला चैँ दुई बजीपछि स्काई सप् नेपाल। [हँस्ने आवाज] अहिले फोन गरिहाल्नुभयो भने यो belt पाउनुहुनेछ तपाईंहरूले मात्र दुई हजार नौ सय उनान्सयमा र साथै तपाईंहरूले पाउनुहुन्छ सात सय रुपियाँ बराबरको यो चिज बिल्कुलै सित्तैमा र अझै अहिले फोन गरिहाल्नुभयो भने तीन सय रुपियाँ बराबरको त्यो easy slim belt हरू पहिला कलाई थाहा थियो र?
अँ, हो त के।
जल्लै थाहा थियो easy slim belt। त्यही टिभीमै आको भर क्या।
Magic।
अँ, magic सोफा मलाई आफूले own गर्न पायो भने कस्तो खतरा। खाट पनि हुने, सोफा पनि हुने, डस्ना पनि हुने, ल पानीमा पनि तैरिने वाला देखाउँथ्यो पछि थाह पाएँ होइन।
अँ, हो त के।
घिसार्दाखेरि पनि दुलो नपर्ने। ओहो यो त खतरा चिज रहेछ जस्तो लाग्ने के। अनि हाम्रोमा पहिला सोफा थिएन क्या नेपालमा। अनि त्यहाँ चाहिँ मम्मीहरूलाई चाहिँ यही ल्याउनु पर्छ है। यो चाहिँ सोफा पनि हुन्छ, खाट पनि हुन्छ भनेर।
मान्छे आबेलामा यसो bed पनि बनाऊ होइन।
भन्ने जस्तो खालको लाग्थ्यो क्या। तर पछि किनिएन किन्न चैँ तर last त किन्न मन लागेथ्यो मलाई।
अँ, अब अहिले त ad हेर्ने भनेको त अब content तै हेरिन्दैन problem।
Ad त skip कतिचोटि ad आयो भने त झर्को लाग्छ। पहिला ad पनि मजाले आउँथ्यो नि त हेर्न।
मेरो छोरीले एउटा technique सिकाको के। म त अचम्म परेको होइन। त्यही भएर बच्चालाई हेप्नु हुँदो रहेछ भनेर चाहिँ त्यहाँबाट। उल्ले त्यो YouTube मा हामीले त थिचेपछि त्यो ad आउँछ नि।
उम्।
अनि त्यस्तो skip गर्ने option नआउञ्जेलसम्म हामी पर्खेर बस्छौँ अनि skip गर्छौँ नि होइन? त्यस्तो होइन रहेछ नि त?
कस्तो?
पहिला थिच्ने रहेछ। अनि ad सुरु भएपछि back जाने अनि फेरि थिच्ने। Ad गायब।
हो र?
अँ, try।
म खै मेरो त premium छ।
ए, धनीमनी मान्छे हो।
धनीमनी होइन हौ, student को दिन्छ के $199 मा।
ए, ए, अँ।
अनि त्यही भको भर।
अँ, त्यस्तो हुँदो रहेछ।
केटा केटीलाई त अनेक थाह हुन्छ त यो फोनको बारेमा त उनीहरू त उनीहरूको कामै फोन चलाउने सबै last last टै उनीहरूलाई हामीलाई थाहा नभको कति चिजहरू थाह हुन्छ के।
अब अब उनारले त्यही technology नै बोल्छन् के अब। गाह्रो छ।
कुराकानी नै technology मा हुन्छ उनीहरूको। हाम्रै पनि कति मान्छे भेला भयो भने सबजना फोन फोन फोन फोनमा दुईजना साथी साथीको कुरा भइरहन्छ, "ओइ निस्किनु हो कि के यहाँबाट?"
अँ।
भनेर त्यहाँ आँखा आँखामा नि कुरा हुँदैन। message message मा।
मेरो एकजना colleague, यहीँको colleague ले भनेको, "अचेल कहाँ" उनारको generation अब जसरी Gen Z भन्छ नि, उनारको generation मा चाहिँ कस्तो हुन्छ अरे भने उनारले word लेखेर communicate गर्दैन रे emojiबाट अरे के।
अँ।
Emojiको पनि उनारको different meaning हुने के हरेक emoji को।
Emoji emoji को meaning हुन्छ। त्यो message पठाउँदा like पठाए भने त्यो त जिस्काको अरे क्या।
ए!
Ignore गरेको।
ए!
त्यो कसैले message पठाउँदाखेरि हाम्ले हाम्रो चाहिँ अब पहिला पहिला त्यो like पठाएपछि मैले पढेँ।
अँ, अँ।
मैले acknowledge गरेँ भन्ने हुन्छ नि। आजकल त्यो thumbs up मात्र पठाए भने चाहिँ उनीहरू रिसाको बेलामा।
ए!
चित्त नबुजेको बेलामा like जाने त्यस्तो त्यस्तो हुन्छ। emoji emoji ले चाहिँ उनीहरूको-
Communication हुने।
अँ, communication र emotion।
आफ्नै meaning कि अब आफ्नै meaning निकाल्ने, अँ।
अनि आफ्नै आफ्नै slangहरू पनि हुन्छ क्या, ग्रुप ग्रुपको क्या। यो भने भने चैँ यो है। त्यो ताकि के त्यो code language जस्तो अरूले नबुझोस् भन्ने खालको पनि हुन्छ क्या।
त्यो त हाम्रै पालामा पनि हुन्थ्यो।
हाम्रो पनि हुन्थ्यो तर chat, chat मै त अब उनीहरूको, तर हाम्रोमा chat पनि थिएन त। [दुवै जनाको हास्य]
हामीले बोलेरै गर्थ्यौँ नि त।
बोलेरै गर्थ्यौँ। त्यो ग्रुप ग्रुपमा भको कुराहरू चैँ आफै आफै-
अँ त्यो, त्यो हुन्थ्यो, त्यो पहिला पनि हुन्थ्यो तर-
हाम्रो भने च भाषा अनि के रे?
च भाषा?
अँ।
जस्तै चक्क, चत्ता, चक्क, चत्ता च जा च नि।
त्यो चैँ, त्यो चैँ कसैलाई थाहा छैन जस्तो लाग्ने तर सबैलाई थाहा हुने क्या। [दुवै जनाको हास्य] जसलाई पनि यो त हामीलाई मात्र आउँछ जस्तो लाग्ने रैछ तर जसलाई पनि थाहा हुने रैछ है त्यो।
तपाईँ कहाँको, नेपालमा चैँ कुन ठाउँ?
ललितपुर।
ललितपुर।
तर पूर्व हो पहिला चैँ।
कहाँ पूर्व?
पूर्व संखुवासभा।
ए, ए।
अनि अर्को-
ए हाम्रो, हाम्रो अर्को उर्फ पनि थियो के।
कस्तो? माड भाषा हो। माइक माडा।
होइन, होइन।
मा भयो केटा यस्तो यस्तो।
ए होइन, होइन, त्यो होइन, त्यो होइन। हाम्रो चैँ यस्तो क्या कर्फत्ता जार्फान्ने, केरफे खारफान्छस् type को क्या। त्यस्तो खालको।
अँ, अँ, अँ, बुझें, बुझें।
त्यही च नै जस्तो हो तर फरक type को।
अलिगती फरक। त्यो चैँ फासफास बोल्यो भने चैँ-
बुझिँदैन।
बुझ्दैन। normally बोल्यो भने चैँ त्यो बुझ्ने मान्छेले चैँ फासफासमा पनि बुझ्छ।
बुझ्छ।
हैन, त्यो-
च हटाउने त हो नि minus च अथवा फ त हो नि।
अनि त्यो लामो sentence पनि बोल्नुहुँदैन के। अर्को मान्छेले figure out गरिहाल्छ क्या। फटाफट भने अर्कोले फटाफट बुझिहाल्ने, गरिहाल्ने खालको हो क्या त्यो चैँ।
कुरा ठ्याक्क। एल्ले यस्तो भयो भने एल्ले एकदम अल्छी लाउन थाल्यो भागौँ भन्ने type को conversation चैँ हुने के त्यस्तोमा।
हाम्रो already हामी त नेपालीमै depend हुनुपऱ्यो। अनि त्यो भएपछि केही न केही त अब आफू आफूमा मात्र conversation गर्न बनाउनु पऱ्यो भनेर भयो होला क्या।
मलाई, मलाई त्यो यहाँको अहिले अब नेपाली, त्यो kids हरुले नेपाली बोल्दैनन् भनेर भन्नुभयो नि होइन। तर I think उनारले यो नेपाली भाषालाई चैँ आफ्नो secret language हुन्छ नि। आफ्नो आफ्नो ग्रुप ग्रुपको लागि communicate गर्नलाई use गर्छन् जस्तो रैछ। म, म अस्ति ट्रेनमा जाँदाखेरि उल्ले मलाई नेपाली भनेर थाहा पाएन केही होला होइन, त्यो स्कुलको बच्चाहरू थिए कि त्यहाँनिर। मलाई पनि अब उनीहरू नेपाली त्यही तपाईँले भनेजस्तो हुन्छ नि अब बच्चाहरू धेरै देखेपछि अब उनीहरूले हल्ला खल्ला गर्छन् नि, यो गर्छन्, त्यो गर्छन्। बोरु भनेर आनन्दले सुतेजस्तो गऱ्या, सुतेकै जस्तो आँखा चिम्लेर बसिराथेँ अनि उल्ले आएर त्यहाँनिर
नेपाली भाषामा जोस कुनै अपशब्द बोलाए रैछ होइन। तर त्यो बुझिनँ मैले। किनभने देख्यो अब English tone मा आयो।
[दुवै जनाको हास्य] त्यही भयो, बुझिँदैन क्या उनीहरूले भने।
अँ, अनि त्यसपछि अनि एकछिनसम्म चुप लागेर बसिराथेँ अनि फेरि पनि त्यही repeat गर्छ। अनि त्यसपछि तीन चार वटा उल्ले, उल्लाई आको जति चैँ अपशब्द सबै आफ्नो साथीलाई भन्दैथियो होइन। अनि भन्दै, भन्दै जाँदाखेरि चैँ एउटा शब्द चैँ ट्याक्कै त्यो, त्यो बुझ्ने type को भयो कि English tone मा पनि। अनि, अनि म त मैले रोक्नै सकिनँ के त्यो नेपाली शब्दलाई। त्यो पनि त्यो एउटा छाडा शब्दलाई उल्ले English tone मा भन्दाखेरि कति funny सुनियो होइन। अनि मैले सहने सकेनँ, खुत्त्तुत हासिहालेछु होइन। अनि त्यसले "ओ यू नेपाली" भन्यो होइन। अनि त्यसपछि अनि "यस" भनेर भागे के तिनीहरू भाग्न चैँ।
अनि लाज भयो होला है।
लाज भयो नि त हौ। like किनभने अब आमाकै age को जस्तो भए म पनि। अनि त्यसपछि ल मेरै आमा जस्तो त भन्छ नि सोच भन्ने त थाहा होला नि त। अनि उनीहरू भागे के त्यहाँबाट अनि अर्को carriage मा गए जान चैँ होइन। अनि तर मैले यस्तो सोचेको है यिनारूको त code language नै यो भयो नि त भनेजस्तो क्या।
उनीहरूलाई त अब normal ठाउँमा बोल्दाखेरि त कसैले बुझ्दैन यो भाषा भन्ने जस्तो हुन्छ नि।
अँ, अँ।
तर सिड्नीमा त हुँदैन होला। जहाँ गयो नेपाली ठोकिन्छ भने। यहाँ त कस्तो हुन्छ भने
विदेशी होला यो, foreigner होला यो, हुन त हामी नै foreigner हो यहाँ तर पनि अरू नै देशको होला भनेर मान्छे नि कस्तो विदेशी जस्तो भएर हिँड्नुभइसकेको नेपालीहरू। specially त्यही अहिलेकै teen हरू।
लेखमणि त्रितालसँग दुई तीन दशक अगाडिको सम्झनासहितको कुराकानी सुन्नुभयो SBS नेपाली podcast मा। त्रितालसँग कुरा गर्दै हुनुहुन्थ्यो सहकर्मी सुनिता पोखरेल। र हामी तपाईंलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन् र यी विचारहरूप्रति SBS को समर्थन वा विरोध छैन। यस कुराकानीको अर्को भागमा चाहिँ हामी digital युग र त्यसमा चल्ने content बारे त्रितालका कुरा सुन्ने छौँ। हाम्रो बारे थाहा पाउन sbs.com.au/nepali जानुहोस् र हामीसँग जोडिन मन छ भने socials मा SBS नेपाली भनेर search गर्नुहोस् वा email पनि गर्न सक्नुहुन्छ। ठेगाना हो Nepali.program@sbs.com.au।
SBS salvation
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? Apple podcast, Google podcast, Spotify मा हामीलाई खोज्नुहोस् वा तपाईंले podcast सुन्ने अन्य सेवामा।





