SKIP TO MAIN CONTENT

घरेलु हिंसाको अन्त्यका लागि अस्ट्रेलिया सरकारको १० वर्षे योजना कस्तो छ त?

सामाजिक रूपान्तरणको आधारमा घरेलु हिंसा पीडितहरूको सहयोग लिएर सरकारले महत्त्वाकाङ्क्षी योजना अगाडी बढाउने बताइएको छ।

man and woman fighting in background kid covering ears
Picture for representational purposes only. Source: Getty / Getty Images/Nattakorn Maneerat / EyeEm

2 min read

Published

Updated

By Gloria Kalache

Presented by Krishna Pokhrel

Source: SBS



Skip to article content

घरेलु हिंसाको अन्त्यका लागि सङ्घीय सरकारले थालेको पहलमा अस्ट्रेलियाका राज्य एवम् प्रदेशका नेताहरू एकबद्ध भएका छन्।

केही समय अघि सामाजिक सेवा मन्त्री ऐमेन्डा रिसवर्थले सार्वजनिक रूपमा हिंसाको अन्त्यका लागि बृहत् योजनाको घोषणा गरेकी हुन्।

“यसलाई पुरा गर्ने प्रतिबद्धता स्पष्ट छ, त्यसैले हामीले सँगै काम गरेर एउटै दिशामा कार्य गर्न हाम्रो कोसिस हुनुपर्छ,” उनले भनेकी छन्।

डरलाग्दो तथ्याङ्क

अस्ट्रेलियामा हुने घरेलु हिंसाको तथ्याङ्क डरलाग्दो छ।

प्रत्येक १० दिनको अन्तरालमा आफ्नो वर्तमान वा पूर्व पार्टनरको हातबाट एक महिलाको ज्यान जाने बताइएको छ।

यस बाहेक प्रत्येक तीन मध्ये प्रत्येक एक महिलाले जीवनको कुनै न कुनै समयमा शारीरिक र पाँच मध्ये एक महलाले यौन हिंसाको अनुभव गर्ने सरकारी तथ्याङ्क छ।

Domestic Violence
Credit: Public Domain

सरकारी कदम

हिंसाको रिपोर्ट भए पछिको बलियो प्रतिक्रिया र पहिले कै अवस्थामा फर्कनका लागि सहज वातावरण बनाउने जस्ता कुराहरूलाई प्राथमिकतामा राखेर सरकारले कदम चाल्ने भएको छ।

मन्त्री रिसवर्थ हिंसाको रोकथाम लगायतका कुरामा प्राथमिकता नदिने हो भने महिला र बालबालिका प्रति हुने हिंसा कम गर्न नसकिने बताउँछिन्।

यता घरेलु हिंसाको अन्त्यका लागि काम गरिरहेका सङ्घ संस्था र व्यक्तिहरूले भने रोकथाममा जोड दिँदा हिंसा कम गर्न सकिने धारणा राख्छन्।

सामुदायिक प्रतिक्रिया

Domestic Violence, victim, Help in Australia

सेफ एन्ड इक्वएल नामक संस्थाकी प्रमुख कार्यकारी टानिया फार्हा हिंसाको कारणलाई नै निर्मूल पार्न कोसिस गरिनु पर्ने बताउँछिन्।

“हिंसा हुनबाटै रोकिएन भने एक पुस्ताबाट यसलाई निर्मूल पार्न सकिँदैन, लक्षण भन्दा पनि कारण माथि प्रतिक्रिया जनाउनु पर्छ,” उनले भनिन्।

घरेलु हिंसाको सिकार बनी सकेकी लुला डेम्बेले भने सरकारको योजना आफू जस्ता महिलाहरूका लागि बलियो आवाज बनेर प्रस्तुत हुने भन्दै दुई कुराले योजनाको सफलता मापन गर्ने बताउँछिन्।

अपराधको आकार कत्रो छ भन्ने निर्धारण र व्यक्तिगत वा समग्र राष्ट्रिय रूपमै बढी रहेको छ वा घटिरहेको छ भनेर थाहा पाउनुले अर्थ राख्ने उनको भनाइ छ।

यसका लागि अघिल्लो सरकारले प्रतिबद्धता गरेको १.३ अर्ब डलर भन्दा बढी रकम खर्च गर्ने एल्बनिजी सरकारको योजना छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now