घरेलु हिंसा पीडितका लागि बैंकहरुको विशेष सुविधा

घरेलु हिंसाबाट पीडितहरूलाई आत्मनिर्भरता दिने उद्देश्यले बैंकहरुले आफ्नो व्यवस्थाहरूमा केही लचकता अपनाएका छन्।

domestic violence with young man and abused womanNSW domestic violence organisations are calling for increased support for temporary migrants experiencing domestic violence.

Foto ilustrativa: As organizações de apoio às vítimas da violência doméstica pedem maior apoio para migrantes temporários que sofrem abuso em casa. Source: Getty Images

घरमा नै बस्नु पर्ने र सामाजिक रूपमा घुलमिल हुन नपाउने यो परिस्थितिमा घरेलु हिंसाबारे जानकारी नदिइने हो कि भन्ने चिन्ताहरूका बिच पीडितहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले बैंकहरुले आफ्नो व्यवस्थामा परिवर्तन गरेका हुन्।

घरेलु हिंसाका कारण घर छोडेर भागेकी लिजा म्याकएडम्स आर्थिक रूपमा निकै ठुलो समस्यामा परेकी थिइन। ३३ डलरका साथ घरबाट भागेकी उनलाई  बैंक खाता खोल्न नै समस्या परेको थियो।

उनी भन्छिन् शरण लिएर बसेको बेला त्यो ठेगाना राख्न नमिल्ने भएकाले ब्याङ्क खाता खोल्न आफ्नो पहिलेको नै ठेगाना राख्नु पर्ने थियो।

Family Violence
On average a woman in Australia dies every nine days at the hands of their current or former partner. Source: AAP

“मेरो साथीहरूले मलाई आर्थिक रूपमा सहयोग गर्ने बताए पनि उनीहरूलाई पैसा कहाँ पठाऊ भन्ने मलाई समस्या थियो। म सँग त केही पनि थिएन। र हामी यहाँ आए देखि नै मेरो  बैंक खाता पनि उसको सँगै जोडिएर संयुक्त खाता मात्रा थियो।“

सेन्टरलिङ्क र अन्य आर्थिक सहयोगहरू पनि कहाँ राख्ने भनेर निर्णय लिन सक्ने अवस्था नहुँदा लिजा भन्छिन् आर्थिक रूपमा कमजोर भए पछि के गर्ने भन्ने बारे धेरै रोजाइ हुँदैनन्।

सेफ स्पेस वोर्कप्लेसका निर्देशकले पनि घरेलु हिंसाका कारण घर छोडेर भागेका महिलाहरूको लागी अझै धेरै सहयोग आवश्यक रहेकोमा जोड दिएका छन्।

उक्त विषयलाई अस्ट्रेलियाली बैंकिंग क्षेत्र र अस्ट्राकले पनि समर्थन गरेको छ।

यसै हप्ता अर्थात् २८ मे देखि ब्याङ्कहरूले खाता खोल्नका लागी चाहिने परिचय पत्रका सम्बन्धमा परिवर्तन गरिएको घोषणा गरेका छन्।

उक्त व्यवस्था अनुसार नयाँ खाता खोल्न आवेदकले एक मात्र रेफरेन्स दिए हुने भएको छ जसमा आफ्नो चिकित्सक अथवा शरण लिइरहेको केन्द्रको व्यवस्थापकलाई राख्न सकिने छ।

Flowers at a domestic violence vigil
Source: AAP

पहिले आवेदकहरूले १०० पोइन्ट पुर्‍याउने गरी परिचयका प्रमाणहरू पेस गर्नु पर्दथ्यो।

अस्ट्रेलियाली ब्याङ्क एसोसिएसनकी प्रमुख कार्यकारी अधिकृत एना ब्लाईले एबीसीसँग कुरा गर्दै उक्त कदम निकै महत्त्व पूर्ण रहेको बताएकी छन्।

म्याकएडम्सलाई पनि सामाजिक आइसोलेसनका कारण हिंसाका घटनालाई घरभित्रै सीमित राख्न सहयोग पुगेको हो कि भन्ने लाग्छ।

"यदि तपाई घरमा सातै दिन २४ घण्टा नै बन्द रहनु हुन्छ सहयोग माग्ने अवसर हुँदैन। र मलाई लाग्छ जब हामी काममा जान थाल्छौँ र मानिसहरूको हिँडडुल सुरु हुन्छ त्यसपछि जुन र जुलाई महिना तिर यो सङ्ख्या बढ्ने छ। जो मान्छेले सहयोग माग्न सकेका थिएनन् त्यसपछि उनीहरूले त्यसो गर्न सक्नेछन्।"

साथै उनले ब्याङ्कहरूले ल्याएको नयाँ व्यवस्था एउटा राम्रो कदम भए पनि अझ धेरै गर्न बाँकी रहेको बताएकी छन्।

यदि तपाई वा तपाइले चिनेको कोही घरेलु हिंसाको जोखिममा भए:

आकस्मिक सेवाका लागी ००० मा फोन गरेर प्रहरीसँग कुरा गर्नुहोस्।

घरेलु हिंसा र यौन आक्रमण लगायतमा परामर्शका लागी १८००RESPECT को हेल्प लाइन नम्बर १८०० ७३७ ७३२ मा फोन गर्नुहोस्।


Share

3 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now