Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

'नेपाली महिलाहरू अस्ट्रेलियामा पनि हिंसाको जोखिममा छन्': प्रतिज्ञा अधिकारी

could_the_coronavirus_pandemic_see_more_people_suffer_from_domestic_violence

अस्ट्रेलियामा सामान्यतया प्रत्येक हप्ता एक महिलाको आफ्नो वर्तमान वा पूर्व पार्टनरबाट हत्या हुने गरेको एक तथ्याङ्कले देखाएको छ। उक्त तथ्याङ्कमा परिवारका सदस्यबाट हुने हत्याका २१३ घटनामा महिलाहरूको सङ्ख्या १३८ रहेको छ।


Published

Updated

By Sunita Pokharel

Source: SBS




Share this with family and friends


अस्ट्रेलियामा सामान्यतया प्रत्येक हप्ता एक महिलाको आफ्नो वर्तमान वा पूर्व पार्टनरबाट हत्या हुने गरेको एक तथ्याङ्कले देखाएको छ। उक्त तथ्याङ्कमा परिवारका सदस्यबाट हुने हत्याका २१३ घटनामा महिलाहरूको सङ्ख्या १३८ रहेको छ।


२०१७ मा प्रकाशित मानव हत्याबारे निगरानी राख्ने राष्ट्रिय कार्यक्रम (एनएचएमपी) को उक्त तथ्याङ्कले २०१२ देखि २०१४ सम्मको अवधिमा १२६ घरेलु हिंसाका कारण मृत्यु भएकोमा पीडित महिलाहरूको सङ्ख्या ९९ रहेको छ।

एक विकसित राष्ट्रमा महिला हिंसाको यो स्वरूप छ भने नेपाल जस्तो अल्प विकसित राष्ट्रमा यो अवस्था झनै चिन्ताजनक रहेको बताउने गरिन्छ।

आवासीय नेपाली सङ्घ को हटलाइन सेवामा एक महिनामा दुई दर्जनको हाराहारीमा घरेलु हिंसा, मानसिक स्वास्थ्य वा यौन दुर्व्यवहारका गुनासो भएका फोन आउने गरेको बताइएको छ।

हिंसाको कुनै भूगोल हुँदैन भन्छिन् गैर आवासीय नेपाली सङ्घ को महिला फोरम नारी निकुञ्ज अस्ट्रेलिया कि संयोजक प्रतिज्ञा अधिकारी।

उनका अनुसार अस्ट्रेलियामा शिक्षित र स्वावलम्वी नेपाली महिलाहरूको बसोबास हुने गरे ता पनि उनीहरूको नकेलाइएको पाटो पनि रहेको छ।

उनीहरूको अवस्थाका बारेमा कुनै तथ्याङ्क नभएकाले यकिन सङ्ख्याबारे जानकारी नभएको अधिकारीले बताइन।

Pratigya Adhikari
Pratigya Adhikari talking to SBS Nepali Source: sbs nepali

यही कुरालाई मध्यनजर गर्दै अस्ट्रेलियामा बसोबास गर्ने नेपाली महिलाहरूमा घरेलु हिंसा, मानसिक स्वास्थ्य र कार्यक्षेत्रमा हुने यौन दुर्व्यहारको अवस्था थाहा पाउन मार्च ९ देखि एक सर्वेक्षण गर्ने तयारी गरिएको पनि उनले जानकारी दिइन।

अधिकारी सँगको पुरा कुराकानी सुन्न माथिको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्

प्रतिज्ञा अधिकारीका अनुसार आफ्ना अधिकार र हिंसा बारे बोल्नु पर्छ भन्ने चेतना भएका महिलाहरूमा पनि नेपाली समाज, नेपालमा रहेका आफन्त तथा चिनजानका मानिसहरूले के भन्ने हुन् भन्ने चिन्ताका कारण आफू पीडित भएको विषयबारे बोल्न सङ्कोच रहेको पाइन्छ।

२०१८ मा प्रकाशित अस्ट्रेलियाको मानव अधिकार आयोगको तथ्याङ्कले अस्ट्रेलियाका ८५ % महिलाहरू १५ वर्षको उमेर देखि नै यौन दुर्व्यवहारको सिकार भएको देखाएको छ।

न्यु साउथ वेल्स राज्यको अपराध अनुसन्धान र तथ्याङ्क ब्युरोले घरेलु हिंसाका घटना सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा बढी हुने गरेको देखाएको छ।

 

 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now