Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अपाङ्गता भएका महिलाहरू माथि बढी हिंसा: अधिकारकर्मी मिना पौडेल

Mina Poudyel

हाल महिला माथि हुने सबै किसिमका हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ। महिला माथि हुने हिंसा भित्र पनि सबैभन्दा धेरै अपाङ्गता भएका महिला माथि हिंसा हुने गरेको बताइन्छ। यही विषयमा आज हामीले अपाङ्गता भएका महिलाहरूको अधिकारका लागि लामो समय देखि विभिन्न अभियान चलाइरहेकी एक जना अधिकारकर्मी मिना पौडेलसँग अपाङ्गता भएका महिला माथि हुने हिंसाबारे कुराकानी गरेका छौ।


Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


हाल महिला माथि हुने सबै किसिमका हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ। महिला माथि हुने हिंसा भित्र पनि सबैभन्दा धेरै अपाङ्गता भएका महिला माथि हिंसा हुने गरेको बताइन्छ। यही विषयमा आज हामीले अपाङ्गता भएका महिलाहरूको अधिकारका लागि लामो समय देखि विभिन्न अभियान चलाइरहेकी एक जना अधिकारकर्मी मिना पौडेलसँग अपाङ्गता भएका महिला माथि हुने हिंसाबारे कुराकानी गरेका छौ।


हाम्रो पुरा कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्

अपाङ्गता भएका महिला माथि हुने हिंसाको स्थिति कस्तो छ?

अन्य महिला भन्दा अपाङ्गता भएका महिलाहरू माथि बढी हिंसा हुने गरेको छ। अपाङ्गता भएकै कारण उनीहरू माथि हिंसा गरिन्छ जस्तै मानिसक, शारीरिक र यौन जन्य हिंसा।

यसका कारण के हो?

अन्य महिला भन्दा पनि अपाङ्गता भएका महिलाहरूको स्थिति अझ नाजुक छ। उनीहरूले घरपरिवार र समाजबाट पाउने सहयोग पनि कम छ। त्यसैले धेरैले उनीहरूले प्रतिकार गर्न सक्दैनन् भनेर पनि हिंसा गरेको देखिन्छ।

शाररिक र मानसिक हिंसाको बारेमा त धेरैलाई थाहा नै छैन।

यसरी हिंसामा परेका महिलाले न्याय पाउन कत्तिको सजिलो छ?

अपाङ्गता भएका महिलाहरूलाई न्याय पाउन एकदमै गाह्रो छ। हामीले भर्खरै गरेको एउटा अध्ययनले पनि यस्तै देखाएको छ। हिंसामा परेका ती महिलाहरूलाई हामीले सोधेका थियौँ न्याय पाउनका लागि पहल गर्नु भयो भनेर तर करिब ८१ प्रतिशत अपाङ्गता भएका महिलाहरूले त्यसो नगरेको बताउनुभयो।

हिंसा भनेको के हो भन्ने थाहा नभएर यस्तो भएको हो की अन्य कारण ले?

कतिले थाहा नपाएरै हो। धेरैले यौनजन्य हिंसा त्यसमा पनि बलात्कार मात्र हिंसा हो भन्ने बुझ्नु भएको देखियो। शाररिक र मानसिक हिंसाको बारेमा त धेरैलाई थाहा नै छैन।

म माथि अन्याय भएको छ भनेर थाहा भएर न्याय प्राप्तिका लागि जानेहरूको स्थिति चाहिँ कस्तो छ?

न्याय पाउन त्यति सहज छैन। एक त सामाजिक कारणले गर्दा जस्तै धेरैले अपाङ्गता भएको महिलालाई पनि कसैले हिंसा गर्छ र भनेर यो विषयलाई गम्भीरताका साथ नलिएर पनि हो। अर्को गरिबीका कारण पनि हो। र, अर्को चाहिँ यस्ता घटनाका पीडित र पीडकबीच मेलमिलाप गर्न खोज्ने भएकाले पनि यस्तो देखिएको हो।

धेरैले यौनजन्य हिंसा त्यसमा पनि बलात्कार मात्र हिंसा हो भन्ने बुझ्नु भएको देखियो

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now