वेस्टर्न अस्ट्रेलियाको बन्दी गृह मुनि भाग्न बनाइएको सुरुङ भेटियो

पर्थ भन्दा केही पर रहेको एक अध्यागमन बन्दी गृह मुनि २० मिटर लामो सुरुङ भेटिएको छ।

Federal police outside Yongah Hill Immigration Detention Centre where activists called for an end to mandatory imprisonment. Aug 26.

Federal police outside Yongah Hill Immigration Detention Centre. Source: AAP

उक्त सुरुङ योङ्गाह हिल अध्यागमन बन्दी गृहमा सोमवार बिहान करिब १० बजेको आसपास पत्ता लागेको हो।

 

सुरक्षागार्डका केही सदस्यहरुले लगभग तीन मिटर गहिरो सो सुरुङ पत्ता लगाएका थिए।

बन्दी गृहको सबैभन्दा बाहिरको सुरक्षा पर्खालभन्दा करिब पाँच मिटर वरै उक्त सुरुङ अन्त्य भएको पनि रेफ्युजी एक्सन कोअलिसन (आरएसी) भनिने एक शरणार्थीहरूको हितमा काम गर्ने संस्थाले बताएको छ।

माइग्रेसन ऐनको ५०१ दफा अनुसार भिसा रद्द भएका एक मानिसको ६ एफ नम्बरको कोठा मुनिबाट सुरु भएर सो सुरुङले बन्दी गृहको भित्री दुई सुरक्षा घेराभन्दा बाहिरसम्म भने पुगेको बताइएको छ।

Yongah Hill Immigration Detention Centre in Northam, Western Australia
Yongah Hill Immigration Detention Centre in Northam, Western Australia Source: AAP

आरएसीका अनुसार के-कस्ता साधन तथा औजारहरू प्रयोग गरेर सो सुरुङ खनिएको हो भनेर स्पष्ट जानकारी हाल उपलब्ध भइसकेको छैन।

तर उसले उक्त सुरुङ खन्न तीन महिना जति समय लागेको विश्वास गरेको छ।

"छानाका वा पाइपका केही टुक्रा वा त्यस्तै अन्य वस्तु विगतमा प्रयोग भएका थिए," आरएसीका एक प्रवक्ताले भने।

उनका अनुसार उक्त सुरुङ पत्ता लागेपछि प्रहरीलाई छानबिनका लागि बोलाइएको थियो।

अस्ट्रेलियामा पछिल्लो पटक करिब २० वर्ष अघि सिड्नीको भिल्लावूड अध्यागमन बन्दी गृहमा सुरुङ भेटिएको थियो जहाँबाट २३ जना शरणार्थीहरू भाग्न सफल भएका थिए।

एसबीएस समाचारले अस्ट्रेलियाली सीमा बल तथा अध्यागमन विभागसँग यसबारे थप बुझ्न सम्पर्क गरेको छ।


Share

1 min read

Published

Updated




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now